‘प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन’

महात्मा गान्धीको खास नाम मोहनदास करमचन्द गान्धी हो । उनलाई भारतीय राजनीतिक पुरुष तथ भारतीय स्वतन्त्रता संग्राममा नायक मानिन्छ । गान्धी सन् १८६९ अक्टोबर २ का दिन भारत को गुजरात प्रान्तको पोरबन्दर भन्ने ठाउँमा जन्मिएका थिए । सत्य, अहिंसा र सत्याग्रह उनको सिद्धान्त हो । यहाँ हामीले उनका केही भनाईहरु उल्लेख गरेका छौं । जुन तपाईंका लागि पनि जिवन उपयोगी बन्न सक्छ । – प्रेम नहुने ठाउँमा जीवन नै हुँदैन – कुनैपनि स्वतन्त्र राष्ट्रको अन्त्य भनेको यौन हो । – मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा । – कसैले क्षमा दिन्छ भने बुझ्नुस त्यो बलिष्ठ व्यक्ति हो, किनकि कमजोरले कहिल्यै कसैलाई क्षमा दिँदैन । – यतिकुरा बुझिराख पहिले तिनिहरुले तिमलाई बेवास्ता गर्ने छन्, त्यसपछि हाँस्नेछन् अनि – लड्ने छन् र अन्तमा तिमीले जित्ने छौ । – तिमीले संसार बदल्ने सोच लिएका छौ भने पहिले आफैंलाइ परिवर्तन गर । – तिमी जे सोच्छौ त्यही नै बन्छौ । – अल्पमतमा परेपनि सत्य सँधै सत्य नै हुन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here