काश्मीरमा बलिउड फिल्म सुटिङ रोकियो

जम्मु काश्मीरलाई प्राप्त विषेश राज्यको दर्जा प्राप्त संविधानको धारा ३७० खारेज गरेपछि देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु काश्मीरमा बलिउड फिल्मको छायांकन सुरु गर्न आग्रह गरे ।

प्रधानमन्त्री नरेन्द्र मोदीले भने, ‘जम्मु काश्मीर र लद्दाखमा संसारको अन्य मुलुकभन्दा सर्वाेत्कृष्ट पर्यटकीय हबको क्षमता भएको क्षेत्र हो । एक समय जब काश्मीरमा बलिउडका फिल्ममेकरले छायांकनका लागि उत्कृष्ट मान्थे । त्यो बेला काश्मीरमा सुटिङ नभएको फिल्म नै निर्माण हुँदैनथ्याे ।’

उनी भन्छन्, ‘अब काश्मीर सामान्य अवस्थामा फर्किसकेको छ । बलिउड मात्रै नभएर संसारकै फिल्म सुटिङ गर्न उत्तम हुनेछ । हरेक फिल्म सुटिङले काश्मीरका नागरिकलाई रोजगारीको सिर्जना गर्नेछ । आर्थिक उपार्जनको अर्काे माध्यम पनि बन्नेछ ।’

केही दिनयता काश्मीरमा कुनै पनि बलिउड फिल्मको सुटिङ भएको छैन । कुनै पनि निर्देशक तथा निर्माताले जोखिम मोल्न चाहेका छैनन् ।

रोजगारी बन्द

जोखिम

बलिउडका कोही पनि निर्माता र निर्देशक घाँटीमा अचानक भएको परिवर्तनले तत्कालै बलिउड फिल्ममा छायांकनका लागि काश्मीर फर्कने सम्भावना नरहेको निर्माता निर्देशक बताउँछन् ।

निर्माता मुकेश भट्ट भन्छन्, ‘जबसम्म त्यहाँको अवस्था समान्य हुँदैन र सुरक्षाको दृष्टिकोणले हामी सुरक्षित हुँदैनौं तबसम्म कसैले पनि जोखिम मोल्न चाहँदैन ।’

‘मेरो ‘सडक–२’ को सुटिङ यसै महिनाबाट सुरु हुन लागेको थियो । फिल्मको सुटिङ रद्द गर्नु पर्‍यो । सबै कलाकारको समय मिलाइसका थियौं  त्यसैले रद्द गर्न गाह्रो भयो । सुटिङ स्थल अर्कै ठाउँमा सार्नुपर्ने भयो । यो हाम्रा लागि ठूलो दुर्भाग्य हुन गयो,’ उनले थपे ।

श्रीनगरमा रहेका मोहमद अब्दुल्लाहले २२ वर्ष बलिउडमा बिताइसकेका छन् । पेसाले उनी लाइन–प्रोड्यसर हुन् । उनको नेतृत्वमा जम्मु कश्मीरमा बलिउडका अधिकांश फिल्मको सुटिङ हुँदै आइरहेको थियो ।

फिल्म छायांकनका लागि होटल, सुटिङ स्थल, सुरक्षा, सुटिङमा काम गर्ने सबै कामको जिम्मा काश्मीरमा उनले नै गर्दै आइरहेका थिए ।

अब्दुल्लाह भन्छन्, ‘यो क्षेत्रमा लाइन प्रोड्युसरका रुपमा काम गरेको २०–२२ वर्ष भइसक्यो । यो सात वर्षभित्र धेरै फिल्म सुटिङ भए । रकस्टार, हाइवे, रेस ३, फितुर, हैदर, उरी, कलंक, मनमर्जिया, भाग मिल्खा भाग, माहिद, स्टुडेन्ड अफ द इयर, अययारी, राजी, जब तक है जान, बजरंगी भाइजान, फैटम, लैला मजनु, रोमियो, ट्युबलाइटलगायत फिल्म सुटिङ भएको थियो । अहिलेसम्म यस्ता बाधा अवरोध भएको थिएन ।

महेश भट्टले निर्माण गर्न लागेको फिल्म ‘सडक २’ को छायांकन लद्दाखमा तय भएको थियो । अब फिल्मको सुटिङ रद्द भएको छ ।

अब्दुल्लाह भन्छन्, ‘म फिल्मको नाम लिन चाहन्नँ । तर, जुन दक्षिण भारतीय फिल्मको सुटिङ पनि रद्द भएको छ ।’

उनी भन्छन्, ‘काश्मीरमा पर्यटकको बाक्लो उपस्थित हुन्थ्यो । पुरै यसमा निर्भर थियो । अब पर्यटक पनि आउँदैनन् हामी के गर्ने ? मसँग ६० जना छन् र उनीहरुको पाँच सय जना फिल्ममा रोजगारी पाउँथे । तर, अहिले सबै बन्द भएको छ ।’

जब यहाँ फिल्मको सुटिङ हुन्छ । सबै जना खुसी हुन्छन् । किनकि, काश्मीरको प्रमोसन हुन्थ्यो र पर्यटकको पनि आगमन पनि बढ्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here