परोहा नगरप्रमुख शेख वकिलले गरे मनपरी , हुलाकी सडक अवरोद्ध हुनेगरी बिच बाटोमै टावरबती निर्माण

रौतहट । रौतहटको परोहा नगरपालिकाले राष्ट्यि गौरवको हुलाकी सडक आयोजनामा अवरोद्ध हुनेगरी मनपरी ढंगले बिचबाटोमै सडकबती निर्माण गरीरहेको छ ।
मधेशको लाईफलाईनको रुपमा निर्माणाधिन १२ मिटर मात्र चौडाई रहेको बाटोको बिचमा दुईमिटर बर्गाकारमा नग।पालिकाले टावरबती राखेर हुलाकीसडकको निर्माणनै प्रभावित गरेको हो ।
टेण्डर पश्चात निर्माण प्रकृयामा रहेको हुलाकीसडक आयोजनालाई कुनै जानकारी नै न दिएर परोहा नगरप्रमुख शेख वकिलले मनपरी ढंगले टावरबती निर्माण गर्नलागेको देखेर स्थानिय बासिन्दाहरु आलोचना गर्नथालेका छन ।
दुई आर्थिक बर्षको बजेट सञ्चालन गरीसकेर अन्य कुनै वडामा रहेका दलित बस्ती तथा गाँउटोलमा सोलारबती समेत राख्न नसकेका नगरप्रमुख शेख वकिलले सस्तो लोकप्रियताको लागी टाबरबती राख्नलागेको स्थानिय शिक्षक एवं समाजशेवी अनिल यादवले टिप्पनी गरेका छन ।
तराई मधेश विकासको मेरुदण्ड भनिएको हुलाकीसडक आयोजना अन्तरगतको मुल सडक मधेशकै जनप्रतिनिधीको अदुर्सिताको कारण मुलबाटो नै विकासको नाउमा परोहा नगरपालिकाले अवरुद्ध गरीरहेको छ ।
हुलाकीसडहका साईड ईन्जिनियर श्याम नारायण मिश्राले लौकाहा स्थित टावरबती निर्माण बारे परोहा नगरपालिकाले कुनै जानकारी न दिएको बताए ।
कुराकानीमा ईन्जिनियर मिश्रा आश्चर्य चकित हुँदै उक्त निर्माणकार्य निरिक्षण गर्न आजै जाने बताएउदै १२ मिटर मात्र चौडाई रहेको हुलाकी सडकमा स्थानिय निकायद्धारा कुनै पनी संरचना निर्माण गर्नु अबैध ठहर हुने जानकारी दिएका छन ।
रौतहटमा हुलाकी सडकको लम्बाई कुल साढे १९ किलोमिटर रहेको र १२ मिटर चौडाई रहेको बाटो नाला भएको ठाँउमा पुरै र नाला नभएको ठाँउमा मात्र ७ मिटर कालोपत्रे निर्माण गर्न ७७ करोडमा भुकुचु निर्माणशेवाले टेण्डर लिएको ईन्जिनियर मिश्राले जानकारी दिएका छन ।
हुलाकी सडक आयोजनाका प्रमुख दिपेन्द्र पाण्डेको ९८५११४३७७८ र ठेकदार प्रतिनिधीको ९८५१०४७२५०मा प्रतिकृयाको लागी पटक पटक फोनगर्दा पनी रिसिव भएन ।
नगरपालिकाले बिना टेण्डर सार्वजनिक खरीद एनलाई समेत बेवास्ता गरी आफुखुसी लाखौंको लगानीमा टावरबती निर्माण गर्नलागेका हुन ।


बिना अध्ययन अनुसंधान तथा तथा खरीद गरीएको सामानको गुणस्तरियता परिक्षण बिना नै झण्डै १५ लाखको लागतमा भनिएको टावरबती निर्माण गर्नलागेको पाईएको छ ।
परोहा नगरपालिकाको कार्यालयको अगाडी लौकाहा चौक स्थित हुलाकी सडकको बिच भागमा टावरबती निर्माणगर्ने भन्दै नगरपालिकाले दुईमिटर लम्बाई चौडाई ढलान गरेको छ ।
ढलान भएको उक्त ठाँउमा टाबरबती राख्न भारतको कलकता बाट टावर र बिज्ञको टोलीसमेत मगाएर पछिलो दुईदिन देखी टावर राख्नेकाम नगरपालिकाले सुरु गरेको छ।
बतीको योजना बारे बुधmदैजाँदा परोहा नगरपालिकाका योजना शाखा प्रमुख अब्दुलरब अन्सारीले एकसय दुई फिट अग्लो रहेको टावर ठडयाउन पछिलो तिन दिनदेखी प्रयास भईरहेको छ । तर सानो क्रेन मेशीनले नसकेर ठुलो मेशिनको खाजी भईरहेको बताए ।
करीव १५ लाखको टावरबतीको योजना बारे नगरपरिषद तथा कार्यपालिका बाट निर्णय नभएपनी निर्माण पुराहुना साथ अगामी बैठक बाट योजनाको अनुमोदन हुने अन्सारीले बिश्वास ब्यक्त गरेका छन ।
नगरपालिकाका ईन्जिनियर दिपेन्द्र यादवले रौतहट वरपरका स्थानियतहका लागी नमुना काम भईरहेको उक्त योजना १० लाख र भ्याट छुटै खर्चहुने जनाएका छन ।
नगरप्रमुख शेख वकिलले मात्र दुईमिटर बर्गाकार हुने टावरले सडकमा आवत जावत गर्न खासै प्रभाव न पर्ने बरु चौबाटो रहेकाले दुर्घटना समेत न्युन हुने जिकिर गरेका छन ।
बिना अध्ययन अनुसंधानको स्थानिय तहले गरीरहेको विकासको कामले राष्ट्यि महत्वका योजना प्रभावित भईरहेको अवस्थामा हुलाकीसडक निर्माण लिएका निर्माण बयवशायी र आयोजना प्रमुख समेतले वास्ता नगरेका कारण स्थानियहरु आक्रोसित मात्र नभई उनीहरुको खुलेरै आलोचना गर्न थालेका छन ।
यस अघि गौर चन्द्रपुर सडकखण्डको मध्यभाग गरुडामा एकजना प्रदेश सांसद तथा प्रदेश विकास समितिका अध्यक्ष अब्दुलकलाम आजद फुलबाबुले बिच बाटोमै घन्टाघर निर्माण गर्न सिलान्यास समेत गरसिकेका थिए ।
स्थानियको अनुरोधमा सडक डिविजन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दरोगा साहले उक्त निर्माण अबैधभएको ठहर सहीत निर्माणकार्य रोका गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here