राष्ट्रपति विधा देवी भण्डारी फाल्गुन ६ गते मौलापुर आउने

रौतहटको मौलापुर नगरपालिका वाडा नं. ५ पतौरा स्थित पुरातात्त्विक महादेव मन्दिरको एतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वलाई झलकिने गरि भव्यताका साथ मधानी महायज्ञ एवम् शिवलिला प्रदर्शन हुने भएकोलाई राष्ट्रपति विधा देवी भण्डारीले फाल्गुन ६ गते शिलान्यास गरिने बताएको छ ।

मौलापुर नगरपालिकाले पुरातात्त्विक महादेव मन्दिरमा आयोजना गरेको पत्रकार सम्मेलनमा ऐतिहासिक, धार्मीक तथा सास्कृतिक महत्व लाई झल्काउनको लागि मधानी महायज्ञ एबम शिबलिला प्रर्दशन गर्न लागिएको बताएका छन् ।

मौलापुर नगरपालिकाको आयोजनामा हुने सो प्रर्दशनी कार्यक्रम अन्तर्गत २०७६ फाल्गुण ६ गते राष्ट्रपति बिद्या मण्डारी बाट बिशेष पुजा गरिनुको साथै महादेब मंन्दिरको शिलन्यास गरिने कार्यक्रम रहेको जनाइएको छ ।

पत्रकार सम्मेलन गर्दै मौलापुर नगरपालिकाका प्रमुख रीना देबी साहले नेपाल भ्रमण बर्ष २०२० शुरुवात भैसकेको बताउनु हुदै नेपाल सरकारको एक सय गन्तब्य स्थल मध्ये रौतहटको चन्द्रपुर नगरपालिका–८ स्थित मरधर सिमसार क्षेत्र र मौलापुर नगरपालिका–५ स्थित ११ औ शताब्दिको पुरातात्विक महादेब मंन्दिर रहेकोले यस्को प्रचार प्रसार गरिनुको साथै पर्यटक भित्रयाउन सबैको सहयोग जरुरी रहेको बताउनु भयो ।

कर्नाटककालिन ऐतिहासिक मंन्दिर तथा मंन्दिरमा गरिने शिब पुजा अनुष्ठा पनि एक पृथक एबम मौलिक शैलीको रहेको जनाइएको छ । राष्ट्रपति बिद्या भण्डारी बाट सोही दिन एकिकृत नमुना दलित बस्ती मौलापुर र पिक्निक स्थल मौलापुरको उदघाटन गरिने कार्यक्रम तय गरिएको मौलापुर नगरपालिकाले जनाएको छ ।

प्रेस विज्ञप्तिका अनुसार २०६७ फाल्गनु ४ गते बोलबमहरुको आगमन तथा कलश यात्रा, फाल्गनु ५ गते महायज्ञ शुभारम्भ एवं शिवलिला प्रदर्शन, फाल्गनु ५ गते समाननिय राष्ट्रपतिबाट विशेष पुजा तथा सांस्कृतिक कार्यक्रम भारतका प्रसिद्द कलाकारहरु दिनेशलाल यादव (निरहुवा), अभिनेत्री अम्रवाली दुबे, नेपाली कलाकार नायक नाजीर हुसेन, मैथली तथा भोजपुरी गायक सुनिल पंडित लगायतका नेता मन्त्रीहरु आउने बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here