चित्रकार र मेरो प्रेम

-राधिका गुरागाईं

मेरो मनको किनारबाट
बेखुसी आवाजहरू
बेसुरा धुनहरू
र अलिनो बसन्तजस्ता
जीवनका कुईनेटाहरू
अनन्त(अनन्त बगिरहँदा
मेरो चित्रकार १
कुचीका रङ भरेर किन सजाईरहेछौ तिमी
केवल प्रेमविहीन तस्बिरहरू १

मूर्ति कुँदेर ढुंगा फुटाइरहँदा
एउटा सग्लो चित्रमा
कलाआभुषण भरेर
हजारौं आँखामा सजिने
तिमीभित्रको सुन्दर शिल्पकार
किन बस्न खोज्छ मौन १

कलाको सागरमा चुर्लुम्म डुबेर
ढुंगाभित्र मान्छेको आकार खोज्दै गर्दा
मेरो प्रेमको रङले
तिम्रो कुनै चित्रलाई पनि
रङ्ग्याउन नसकेको किन होला १

तिमीले खोप्दै गरेको ढुंगाभित्र
म भित्रको धुकधुकी
कला बनेर कुँदिन सकेन होला
प्रेममा सजाईएको घडाजस्तो
तिम्रो कलाको अनुपम सौन्दर्य
किन ओझेल परिरहेको होला १

खोजिरहेछु यति बेला
तिम्रो चित्रको फराकिलो आकाशमा
डुब्दै गरेको रातो सूर्य र
सिम्रीके रङमा कोरिएका
देशको मानचित्रजस्ता बादलका आकृतिहरू

प्रिय चित्रकार १
अब कुन कलमको मसीले उघारिन्छ निरासाको परेली
कि कोरिदैन कहिल्यै तिम्रो चित्रमा
गुँरास फक्रेको सौन्दर्य र
कुरुप बस्तीमा नजिकिँदै गरेको
एक अञ्जुली कुमारी घाम १
(((((((((((((((((((((

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here