कपिलबस्तुमा आँपको रुखमुनि आस्थायी क्वारेन्टिन

कपिलबस्तु । जिल्लाको यशोधरा गाउँपालिका वडा नं. ८ का चन्द्रभुषण मल्लसहित २३ व्यक्ति २ साताअघि भारतको मुम्बईबाट आए । वडा नं. ८ को बाँसकोर, खोरिया, सिहोखोरलगायतका विद्यालयमा भारतबाट आएका व्यक्ति भरिभराउ छन्।

१४ दिन क्वारेन्टिनमा बस्नु पर्ने सरकारको नियमअनुसार स्थानीय विद्यालय खाली नभएपछि मधुनगरामा आँपको रुखमुनि आस्थायी क्वारेन्टिनमा बस्नु परेको मल्लले दुखेसो पोखे ।

त्यस्तै यशोधरा गाँउपालिका वडा नं. ८ का विक्रम पासी माहामारीमाको पीडामा जनता छट्पटिरहेका बेला निर्वाचित प्रदेश र संघीय जनप्रतिनिधि कता हराए भन्दै प्रश्न गरेका गरेका छन् । चुनावका बेला ठुला गफ गर्ने नेताहरुले अहिले मुख देखाउनै छाडिसकेको उनले बताए।

यशोधरा गाँउपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेले गाउँपालिकाको वडा नं. ८ मा बाँसखोर, खोरिया र सिहोखोरस्थित विद्यालयमा भारतका विभिन्न शाहरबाट आएका व्यक्तिले विद्यालयका क्वारेन्टिन भरिभराउ रहेकोले रुखमुनि आस्थायी क्वारेन्टिनमा राख्न आफूहरु बाध्य भएको बताए । अध्यक्ष पाण्डेले त्यहाँ राखिएकाहरुलाई खानाको व्यवस्थापन गरिरहेको जानकारी दिए।

उनका अनुसार क्वारेन्टिनमा राखिएकाहरुको पीसीआर परीक्षणका लागि सोमबार काठमाडौं पठाइएको भए पनि अहिलेसम्म रिपोर्ट आएको छैन । यो महामारीको बेला न संघ न त प्रदेशका प्रतिनिधिले जनताको समस्या बुझ्न आएका छन् । नेपाल रेडक्रस सोसाइटीमा पालको लागि पहल गरे पनि उपलब्ध नभएको अध्यक्ष पाण्डेको भनाई छ ।

जिल्ला स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांकअनुसार जिल्लाको १० वटै स्थानीय तहले निर्माण गरेको २ सय क्वारेन्टिनमा १ हजार १९० बेड रहेका छन् ।कपिलबस्तुमा कोरोना संक्रमितको संख्या १ सय ३६ पुगेको छ जसमा १५ जना कोरोना जितेर घर फर्किसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here