नेपाल प्रेस इन्टिच्यूटद्वारा भर्चुअल माध्यमबाट पत्रकारिता तालिमको सुरुवात


सपना झा
काठमाडौं, २२ असार ।
पत्रकारितामा आफ्नो भविष्य बनाउन चाहनेहरुको लागि नेपाल पे्रस इन्टिच्यूटद्वारा १० महिने पत्रकारिता तालिम ३६औं समूहको यही असार १७ गतेबाट सुरुवात गरेको छ ।
लकडाउनको विषम परिस्थितिमा हाल भर्चुृअल माध्यमबाट सुरु गरिएको तालिम कोभिड–१९ को संक्रमणको जोखिम कम भएपछि नेपाल प्रेस इन्टिच्यूटको त्रिपुरेश्वरस्थित कार्यालयबाटै सञ्चालन गरिने तालिम संयोजक कपिल काफ्ले बताउनुभयो ।
छ महिना सैद्धान्तिक र चार महिना प्राक्टिकल रुपमा प्रदान गरिने यस तालिमको ३६ औं व्याचमा २१ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ ।
पत्रकारिताको आधाभूत तथा विभिन्न विटहरुमा तालिम दिंदै आएको नेपाल प्रेस इन्टिच्यूटबाट पत्रकारिता तालिम लिएका व्यक्तिहरु देशका विभिन्न सञ्चार माध्यमहरुमा कार्य गरिरहेका छन् ।
२०४१ सालबाट सुरु भएको नेपाल प्रेस इन्टिच्यूट गैरनाफामुलक पत्रकारिता सम्बन्धी तालिम दिने तथा अनुसन्धान गर्ने नेपालको पुरानो संस्था हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here