किशोरीलाई आत्म रक्षा तालिम शुरु

गौर,पुस २९ गते ।ईस्लामिक रिलिफको सहयोग ग्रामिण विकास केन्द्र नेपाल रौतहटको आयोजनामा रौतहटको बसतपुर स्थित जनता माध्यमिक विद्यालयमा दुई दिने आत्मरक्षा तालिम शुरु भएको छ ।
आत्मरक्षा तालिमको प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पानसमा बती बालेर उदघाटन गर्नुभएको छ ।उदघाटन गर्दै प्रजिअ यादवले तालिमले किशोरीलाई भौतिक तथा शारिरीक रुपले आत्मनिर्भर बन्ने विश्वास व्यक्त गर्नुभयो ।


उहा“ले महिला शिक्षित भए कसैले पनि उनीहरुलाई हेप्न नसक्ने र महिलामाथि हुने विभेद तथा घरेलु हिंसा न्युनिकरण हुने बताउनुभयो ।
राजदेवी नगरपालिकाका उपप्रमुख अंशु सिंहले महिलाहरुले आफनो हक अधिकारकालगि कसैको आशामा नबसी आफै अगाडि बढनुपर्ने धारणा राख्नुभयो ।
ग्रामिण विकास केन्द्र नेपालका अध्यक्ष पारस हुसैनले समान र न्यायिक समाजको लागि लैड्ढिक हिंसा न्युनिकरण गर्ने उद्येश्यले किशोरीहरुलाई आत्मरक्षा तालिम दिइएको बताउनुभयो । प्रशिक्षक निरज न्यौपाने र विद्या विष्टले आत्मरक्षा तालिममा सहभागी किशोरीहरुलाई भौतिक तथा शारिरिक रुपले दबाउन प्रयासबाट बच्न तथा त्यसको प्रतिकार गर्न सक्ने क्षमतावान बनाइने बताउनुभयो ।
संस्थाको अध्यक्ष पारस हुसैनको अध्यक्षतामा सम्पन्न उदधाटन कार्यक्रममा सुरक्षा निकायका पदाधिकारी ,राजदेवी नपा ४का वडाधयक्ष भाग्य नारायण साह ,प्रशिक्षक द्धय ,विद्यालयका प्रअ प्रभाष ठाकुर ,संस्थाका प्रतिनिधि तथा संचारकर्मी लगायत तालिम लिने किशारीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here