जुवा खालबाट ९ जना जुवाडेहरु पक्राउ ।


बिमलेश कुमार झा
रौतहट
आज मिति २०७८।०४।१६ गते अं.११:०० बजे जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं.४ चन्द्रनिगाहपुरमा रहेको अशोका होटलमा जुवा खेली रहेको छ भन्ने सूचना प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली उक्त होटलमा खटी गई होटेल खोल्न लगाई हेर्दा कोठा नम्बर ३०१ मा निम्न स्थान बस्ने निम्न मानिसहरु एक आपसमा जुवा तास खेलि रहेको अवस्थामा फेला परेकोले निजहरुलाई नियन्त्रणमा लिई निजहरुले खेलेको खालबाट खुल्ला तासको पत्ती ४१२ थान, WILD KING लेखिएको रातो निलो रंगको सिल प्याक तास बुक थान ८, नगद रु.२,७९,६९०।– ( दुई लाख उन्नासी हजार छ नब्बे मात्र) रुपैया फेला परेकोले बरामद गरी जुवा खेलमा संलग्न रहेको व्यक्तिहरुलाई पक्राउ गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जानकारी गराएका छन् ।
निम्नः–
१) जिल्ला रौतहट गरुडा न.पा.वडा नं.४ गरुडा बजार बस्ने जितु राउतको छोरा बर्ष २५ को रामशरण चौरसिया ।
२) ऐ.ऐ.बस्ने रामपुकार साहको छोरा बर्ष २४ को जय प्रकाश साह ।
३) ऐ.ऐ.बस्ने राजेन्द्र चौधरीको छोरा बर्ष २६ को अशोक चौधरी ।
४) ऐ.ऐ.बस्ने जोगेन्द्र प्रसाद जयसवालको छोरा बर्ष ३६ को हरिष जयसवाल ।
५) ऐ.ऐ.बस्ने बिकाउ साहको छोरा बर्ष २२ को मुकेश साह ।
६) ऐ.ऐ.बस्ने सुकुल प्रसाद जयसवालको छोरा बर्ष २७ को रोहित जयसवाल ।
७) ऐ.ऐ.वडा नं.१ जयनगर टोल बस्ने रामएकवाल राय यादवको छोरा बर्ष ३० को जंग बहादुर यादव ।
८) ऐ.ऐ.बस्ने गंगाराम रायको छोरा बर्ष २३ को उमेश राय ।
९) ऐ.ऐ.वडा नं.७ बस्ने गणेश राउतको छोरा बर्ष ४२ को उपेन्द्र राउत रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here