VSO र Aasman Nepal को जोखिम मूल्यांकन छलफल कार्यक्रम सम्पन्न


११ गते, गौर। गौर नगरपालिका का मेयर अजय गुप्ता ले ,कोभिडले हामी लाई धेरै क्षति पुर्याउनु को साथै स्वास्थ्य संरचना लाई बलियो बनाउने सुनौलो अवसर प्रदान गर्यो भन्ने कुरा बताएका छन्।
शुक्रबार गौर को सिया पैलेस को सभा हलमा सम्पन्न भएको ” जिल्ला स्तरीय जोखिम मूल्यांकन प्रसार तथा उपलब्धि एवं छलफल कार्यक्रम”मा मेयर गुप्ता ले प्रतिवद्धता जनाउँदै , स्वास्थ्य संस्था लाई अझ प्रभावकारी रुपमा अगाडि बढाउने छौं, भने कुरा बताउनु भयो। गौर नगरपालिका ले Disaster management planning बनाई सकेको समेत बताउनुभयो। नेपाल रेडक्रस सोसाइटी का सभापति संजीव कुमार मल्लिक ले स्वास्थ्य संस्था लाई अझ सबल एवं प्रभावकारी बनाउने दायित्व सरकारको हो,नकि गैससको ! कोभिड महामारी मा स्वास्थ्यकर्मी साथी हरुले पुर्याउनु भएको योगदानको लागि विशेष धन्यवाद छ ।
प्रादेशीक अस्पताल गौर का प्रमुख डाक्टर कृष्णा शाह ले भन्नु भयो, संघीय सरकार, प्रादेशीक सरकार र WHO को त्तव आवधान मा Emergency operation system लागु भई सकेको छ । दैविक प्रकोप सँग सामना गर्न को लागि आपतकालीन योजना मा साधारण एवं विशेष योजना पनि बनाउनु पर्यो,जुन कार्य को लागि हामी पनि हातेमालो गर्न तयार छौँ। जिल्ला स्वास्थ्य कार्यालय का महेश शाह ले महिला स्वयं सेविका लाई धन्यवाद दिदै स्वास्थ्य केन्द्रहरूमा कुर्सी लगायत आवश्यक फर्निचर को अभाव रहेको खण्डमा उचित सेवा दिन पनि गार्हो हुने कुरा बताउदै आसमान नेपाल को कामको प्रतिफल के त ? भन्ने प्रश्न गर्नु भएको थियो।
नेपाल पत्रकार महासंघ संघ को अध्यक्ष प्रेम चन्द्र झा ले स्वास्थ्य सेवा मा कुनै पनि बेला सानो सानो रकमको आवश्यकता पर्ने गर्दछ, जुन स्वास्थ्य संस्था मा अभाव रहन्छ । यसको साथै सानो सानो उपकरण को अभाव मा स्वास्थ्य सेवा कसरी दिन सम्भव छ भन्ने प्रश्न गर्दै,उता तिर ध्यान दिन जरुरी छ भन्ने कुरा बताउनु भएको थियो।
गौर नगरपालिका का सुचना अधिकारी सरोज कुमार लाल दास ले कार्यक्रम, तथ्यगत भयो तर तथ्याङ्कगत भएन ! स्वास्थ्यकर्मी साथी हरुलाई तालिम दिएर अझ सक्रिय बनाउने कुरा मा जोड दिनुभएको थियो।
कार्यक्रम को मुख्य उद्देश्य बारे VSO का राष्ट्रिय प्रकोप तथा जोखिम विशेषग्य रोहित यादवले प्रकाश पार्नु भएको थियो। सबै भन्दा बढी बाढी को प्रकोप रौतहट जिल्ला र त्यसमा पनि गौर रहेको ले यस जिल्लाको अवस्था कहालीलाग्दो हुनु को कारण ले नै स्वास्थ्य क्षेत्र पछाडि परेको मा राम्रो गर्नु पर्ने आवश्यकता रहेको छ भन्ने कुरा यादवले बताउनु भएको थियो। यसका साथै रोहित यादवले आम जनतालाई समयमा स्वास्थ्य सेवा उपलब्ध गराउनु मा निजी क्षेत्रको पनि ठूलो योगदान रहेको छ साथै महिला स्वयं सेविकाको योगदान एवं सेवा अति नै महत्वपूर्ण रहेको कुरा बताउनु भएको थियो।
कार्यक्रम मा VSO का Disaster consultant किरण सेढाई ले कार्यक्रम को बारेमा विस्तृत व्याख्यान एवं उपयोगीता तथा आवश्यकता माथि प्रकाश पार्नु भएको थियो।
कार्यक्रम मा गढीमाई तथा गौर नगरपालिका का सबै स्वास्थ्य केन्द्र का प्रमुख तथा प्रतिनिधि लगायत महिला स्वयं सेविका, सरोकार वाला एवं संचारकर्मी हरूको उपस्थिति रहेको थियो। कार्यक्रम छोटो समयमा धेरै नै उपयोगी तथा प्रभावकारी रहेको कुरा सहभागी हरूको भनाई रहेको थियो। कार्यक्रम का संचालन डा. वीरेन्द्र सिंह ले गर्नु भएको थियो भन्ने कार्यक्रम मा सहभागी हरू लाई स्वागत दिनेश शाहले गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here