धिरज पटेल केन्द्रमै सिमित रहयो,मौलापुर नगर क्षेत्र भित्र कुनै योगदान पुर्याएन: युवा नेता यादव


बिमलेश कुमार झा
२०७८ चैत २१ गते
जसपा नेपालको रौतहट जिल्ला कार्यकारिणी सदस्य एवम् युवा नेता लखिन्द्र यादवले नेकपा माओवादी पार्टीबाट मौलापुर नगरपालिका मेयर पदको उमेदवार धिरज पटेलले जसपा नेपालको केन्द्रीय सदस्यमा बस्दा केन्द्रमै सिमित रही नगर क्षेत्र भित्र कुनै किसिमको योगदान नपुर्‍याएको बताएका छन्।
पत्रकार सँग संक्षिप्त कुराकानी गर्दै युवा नेता यादवले मौलापुर नगरपालिकाले गरेको भ्रष्टाचार, अनियमितता तथा जनताको हितमा गरेको विभिन्न आन्दोलनमा पटेलको सहभागिता नदेखिएकाले पटेललाई मेयर पदमा कुनै पनि नैतिकताले स्विकार नगर्ने खुलासा गरेका छन।

तत्कालीन राजपाबाट लडको चुनावमा विभिन्न सहानुभूति तथा हामीहरुको अथक प्रयासले दोस्रो स्थान प्राप्त गरेको थियो तर टिकट र साताको लोभमा पार्टी परिवर्तन गरि चुनाव जितने सपना पटेलको कहिलै पुरा नहुने समेत टिप्पणी गरेका छन्।

मिति २०७८ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मौलापुर नगरपालिका भित्र रहेका प्रतिगमनकारीलाई हराउन सता गठबन्धनले सहकार्य गरि चुनाव लडन आवश्यक देखिएकाले निस्वार्थ भावनाले लागन सबैमा आग्रह समेत गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here