Krantidwar - यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु
शिक्षा

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु


शिक्षा 45 पटक पढिएको क्रान्तिद्वार दैनिक


यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

गाउपालिका प्रमुख श्री प्रसाद मुखिया तथा प्रशासकिय प्रमुख पुष्कर चन्द घिमिरे लगायत अन्य सबै पदाधिकारी र कर्मचारीहरुको पनि गाउपालिका प्रतिको माया र स्नेहले नै विकासमा अगाडि बढेको प्रतिक्रिया दिए ।

रौतहट, १५ माघ । रौतहट जिल्लाको यमुनामाई गाउपालिकामा रहेका विधालयहरुको अनुगमन मंगलबारबाट सुरु भएको छ ।

गतसाता  गाउपालिकाको कायापल्टिने बताएको गाउपालिकाका जननिर्वाचित प्रतिनिधीहरु अहिले सो कार्य अन्र्तगतका योजनाहरुमा लागेका हुन् । 

गाउपालिका भित्र रहेका पाँच वटै वडाका विधालयहरुको अनुगमन तथा समस्याहरुबारे गाउपालिकाले साचो राख्दै अनुगमन तथा निरिक्षणको कार्य आरम्भ गरेको हो । 

अनुगमनको पहिलो चरणमा मंगलबार वडा नं। २ स्थित रहेको माध्यमिक विधालय भेडियाही, वडा नं। १ स्थित रहेको माध्यमिक विधालय चिकना जेठरहिया र जगदम्बा आधारभुत विधालय सुकदेवचौकको अनुगमन गरिएको गाउपालिका प्रमुख श्रीप्रसाद मुखियाले बताउनु भयो । 

जिल्लाकै नमुना तथा विकसीत गाउपालिकाको परिकल्पना सहित यी कार्यहरु सबै वडाहरुमा रहेको विधालयहरुमा भएका शिक्षक समस्या तथा विधालयका भौतिक समस्या लगायत अन्य समस्याहरु समेत समाधान गरिने बताए । 

गाउपालिकाका प्रवक्ता तथा वडा नं। १ का अध्यक्ष नन्दलाल यादवले आफुले रेडखबर एक साता भित्र गाउपालिकाको कायापल्टिने घोषणा गरेको जस अन्र्तगत शिक्षा पनि रहेको र गाउपालिका प्रमुख श्री प्रसाद मुखिया तथा प्रशासकिय प्रमुख पुष्कर चन्द घिमिरे लगायत अन्य सबै पदाधिकारी र कर्मचारीहरुको पनि गाउपालिका प्रतिको माया र स्नेहले नै विकासमा अगाडि बढेको प्रतिक्रिया दिए । 

विधालय अनुगमनका क्रममा विधालय रहेको शिक्षक कमिलाई लिखितरुपमा प्रधानाध्यपकहरुले चिठी मार्फत माँग समेत गरेका छन् 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मधेशीया सडकमा

बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

पढाइसँगै खेलकुद पनि आवश्यक रहेको उपमेयर रंगीलादेवी जयसवालको भनाइ

विकास प्रेमी नगर प्रमुख महम्मद सकिल अख्तरद्धारा प्राथमिक विद्यालय उद्घाटन

कटहरीया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले गरे छात्रवृति वितरण
1 2 3 4 5 6 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847816 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top