Krantidwar - रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता
शिक्षा

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता


शिक्षा 48 पटक पढिएको संजय मिश्रा क्रान्तिद्वार दैनिक


रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

बच्चाको सरसफाईमा ध्यान दिदै समग्र गतिबिधीमा निगरानी राख्ने छु ।समय समयमा शैक्षिक सामग्री उपलब्ध गराई बच्चाको हौसला बढाउने छु ।बिधालयको कृयाकलापमा सहयोग गर्न प्रतिवद्धता ब्यक्त गर्द छु ।


रौतहट । मानव सुचकांकमा सब भन्दा पुच्छारमा रहेका जिल्ला रौतहटमा बिगत देखी चल्दैआएको शिक्षा अन्तरगत बिकृतीलाई निमुल पार्न र जेहेन्दार बिधार्थी बनाउन जिल्लामै पहिलो पटक एक सामुदायीक बिधालयमा गुणस्तरिय शिक्षाका लागी सरोकारवाला सबैले प्रतिवद्धता जनाएका छन ।क

नेपाल कम्युनिष्ट पार्टीका प्रदेश २ का अध्यक्ष पुर्वमन्त्री सघिय सांसद प्रभु साहको पहलमा उनकै गाँउ मौलापुर नगरपालिका ८ सोनरनिया स्थित जनता मावीका सरोकारवाला सबैले एक समारोह बिच गुणस्तरिय शिक्षाका लागी मौखिक र लिखितरुपमा सामुहिक प्रतिवद्धता जनाएका हुन ।

कुनै सार्वजनिक पदको जिम्मेवारी लिन सपथ ग्रहन लिए जस्तै कार्यक्रमका प्रमुख अतिथि सांसद साह,उनकी श्रीमती एवं मौलापुर नगर प्रमुख रिना कुमारी साह,प्रदेश सांसद कुन्दन कुश्वाहाले अगाडी अगाडी प्रतिवद्धतापत्र पढेका थिए र पछाडी बाट प्रधानाध्यापक रामएकवाल यादव लगायतका सबै शिक्षकहरुले दोहरयाएका थिए ।

सो पश्थात सांसद साह लगायतका जनप्रतिनिधीले अर्को प्रतिवद्धतापत्र अगाडी अगाडी पढेका थिए र अभिभावकले दोहरयाएका थिए ।

शिक्षकले पढने प्रतिवद्धतापत्रमा म तपाईहरुलाई शाक्षी राखी यो प्रतिवद्धता गर्दछु की म बिर्धारित समयमा नियमित बिधालयमा आउने छु,। बिधालयमा स्वच्छ बाताबरण निर्माण गर्दै बिधार्थीहरुको उज्वल भविष्य बनाउने लक्ष्यराखी आफनो पेसा प्रति समर्पित रहने छु ।

त्यसैगरी अभिभावकले पढेका प्रतिवद्धतापत्रमा म आफनो बच्चालाई तोकिएको समयमा बिधालय पठाउने छु, ।

बच्चाको सरसफाईमा ध्यान दिदै समग्र गतिबिधीमा निगरानी राख्ने छु ।समय समयमा शैक्षिक सामग्री उपलब्ध गराई बच्चाको हौसला बढाउने छु ।बिधालयको कृयाकलापमा सहयोग गर्न प्रतिवद्धता ब्यक्त गर्द छु ।

कार्यक्रमका प्रमुख अतिथी सांसद प्रभु साहले बिधालयको भौतिक संरचना देखी बिधालयको स्तरबृद्धी,बिधालयमा चाहिने सबै सामग्री उपलब्ध गराउन प्रतिवद्धता जनाए ।

उनले नेता सुध्रे समाज सुध्रिने भएकाले बिधालयको गतिबिधी राम्रो बनाउन सबै जनप्रतिनिधी लाग्नुपर्ने र बिधालयमा स्तरिय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई अनुरोध गरेका थिए ।

प्रदेश सांसद कुन्दन कुश्वाहाले शिक्षा बिनाको सन्सार अन्धो जस्तै हुनेभएकाले आफना छोरा छोरीले राम्रो पढीरहेका छन की छैनन सोको निगरानी गर्नुपर्ने बताए ।

मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले स्मार्ट नगरपालिका बनाउन स्मार्ट शिक्षा पनी आवशयक रहेकाले गुणस्तरिय शिक्षा दिन सबै लाग्नु पर्ने बताईन ।

दुईबर्ष भित्र मौलापुर साक्षर नगरपालिका बनाउन बिधालयका सबै बालबालिका घरमा गएर आफना निरक्षर बाबु,आमा,हजुरबुवा,हजुरआमा लाई फुर्सतको समय पढाएर साक्षर बनाउन मेयर साहले अनुरोध गरेकी छिन ।

कार्यक्रममा शिक्षक अभिभावकका अलावा मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवालका साथै सबै नौवटै वडाका वडा अध्यक्षहरुले बिधालयमा गुणस्तरिय शिक्षाका लागी आफनो स्थान बाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

उक्त बिधालयमा एकहजार दुईसय बिधार्थी अध्ययनरत रहेका छन ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



विधार्थी फोरम नेपालका केन्द्रीय अध्यक्ष उम्मेदवार प्रकाश भाई मधेशीया सडकमा

बलबालिकाहरु मेडल तथा प्रमाण पत्रबाट सम्मनित

रौतहटमा गुणस्तरिय शिक्षाका लागी सामुहिक प्रतिवद्धता

प्रभु साहले गरे जनता माध्यमिक विद्यालय सोनरनीयाको ४ कोठे विद्यालय भवन उदघाटन

यमुनामाई गाउपालिकाका विधालयहरुको अनुगमन सुरु

बालबालिकालाई पढाइप्रति आकर्षित गराउन छात्रवृत्तिले पनि महत्वपूर्ण भूमिका खेल्ने --उपमेयर रंगिलादेवी जयसवाल

पढाइसँगै खेलकुद पनि आवश्यक रहेको उपमेयर रंगीलादेवी जयसवालको भनाइ

विकास प्रेमी नगर प्रमुख महम्मद सकिल अख्तरद्धारा प्राथमिक विद्यालय उद्घाटन

कटहरीया नगरपालिकाकी उपमेयर नूरजहाँ खातुनले गरे छात्रवृति वितरण
1 2 3 4 5 6 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847942 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top