Krantidwar - विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै
समाज

विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै


समाज 20 पटक पढिएको क्रान्तिद्वार दैनिक


विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै

जिल्लाको विभिन्न ठाउ“मा कडाइका साथ कारवाही गर्न थालेपछि अहिले घटेर ३० प्रतिशतमा आएको हो ।

रौतहट । विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै गएको छ ।

 जिल्लामा अत्यधिक विद्युत चुहावट रहेकोमा विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणका लागि छुट्टाछुट्टै मोबाइल गस्ति टोली परिचालन गरी जिल्लाको विभिन्न ठाउ“मा कडाइका साथ कारवाही गर्न थालेपछि अहिले घटेर ३० प्रतिशतमा आएको हो ।

 प्राधिकरणका कर्मचारी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सम्मिलित विद्युत चुहावट नियन्त्रण टोलीले पहिलो चरणको अभियानमा जिल्लाको अत्यधिक विद्युत चोरी हुने ठाउ“मा पुगी हुक लगाएर विद्युत चोरी गरिरहेको अवस्थामा बल्छी तथा दर्जनौ मोटर जफत गरेको नेपाल विद्युत प्राधिकरण गौरले जनाएको छ । 

    अत्यधिक विद्युत चुहावट हुने जिल्ला अन्तर्गत परेका यस जिल्लामा प्राधिकरणले मार खेप्दै आइरहेकोमा कडाइका साथ विद्युत चुहावट नियन्त्रण गर्नका लागि परिचालन गरेको तथा नियन्त्रण टोलीले दैनिक रुपमा जिल्लाको विभिन्न ठाउ“मा गइ विद्युत चोरी गर्ने माथि कारवाही गरी चुहावट नियन्त्रण गर्नमा उत्सुक रहेको गौर शाखा प्रमुख उमेश यादवले बताउनुभयो ।

  चुहावट नियन्त्रण गर्ने क्रममा जिल्लाको विभिन्न ठाउ“मा बल्छी हटाउन लाग्दा सम्बन्धित ठाउ“को वासिन्दाहरुको अवरोध वावजुद चुहावट नियन्त्रणमा कठिनाइ उत्पन्न भएपनि चुहावट नियन्त्रण जारी रहेको तथा क्रमशः जिल्लाबाट चुहावटमा कमी हुदै गइरहेको प्रमुख यादवले दावी गर्नुभयो ।  

 यसैगरी चुहावट नियन्त्रण टोलीले दिन र राति समेत गरी विद्युत चोर्नेलाइ पक्राउ गरी दण्ड जरिवाना समेत असुल उपर गरेको तथा लामो समयसम्म विद्युत महसुल बक्यौता राख्ने ग्राहक तथा कार्यालयको लाइन काटेर महसुल उपर गर्न सफलता भएको नेपाल विद्युत प्राधिकरण गौरले जनाएको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा

व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने

शिव मठ पर राम खेलैए होली।।।

रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु

विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै

वीरगन्जमा गायत्री अश्वमेध महायज्ञको तैयारीका लागि टोल. टोलबाट कलश यात्रा

अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा

प्रचार प्रसार समितिका पदाधिकारीद्धारा कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन

ज्यो. दीपक गुरुले दुर्घटना घट्नसक्छ भनेका थिए
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537127 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top