Krantidwar - पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा
समाज

पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा


समाज 420 पटक पढिएको क्रान्तिद्वार दैनिक


 पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा


रौतहट । राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रीय अध्यक्ष मण्डलका सदस्य एवं रौतहट क्षेत्र नम्बर एकका सांसद अनिल कुमार झाले समृद्धि भन्दा अधिकार जरुरी रहेको कुरा बताउनु भएको छ । 

क्रान्तिद्धार दैनिक पत्रिकाको सातौं वार्षिकोत्सवको अवसरमा आयोजित होली महोत्सव २०७५ रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा समारोह तथा रौतहटकोविकासमा संचार माध्यमको भूमिका विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको आसनबाट बोल्दै सांसद झाले संविधान संसोधन गरेर पहिचान र स्वभिमान सहितको अधिकार दिन माग गर्नु भयो ।

सरकारको भेदभाव पूर्ण रवैयाका           कारण मधेशको विकास हुन नसकेको आरोप लगाउँदै समानरुपले विकास बजेट वितरण गर्न आग्रह गर्नु भयो । यहाँ सतापष नजितेका कारण विकास हुन नसकेको बोल्नु भयो । समयमा लालवकैया नदीमा पुल बनेको भए पाँच जना सर्वसाधारणको ज्यान जाने थिएन पूर्वमन्त्री झाले बोल्नु भयो । 

क्रान्तिद्धार दैनिकले आफ्ना वार्षिकोत्सव पारेर गरेको कार्यक्रमको प्रशंसा गर्दै सांसद झाले रौतहटको ढेला उपाधी पाउनु हुने पूर्व शिक्षक विजय किशोर झालाई बधाई दिनु भयो । 

संघीय सांसद नेकपा प्रदेश सदस्य एवं समारोहका विशिष्ट अतिथि रेखा कुमारी झाले रौतहटमा नयाँ किसिमको कार्यक्रम क्रान्तिद्धार दैनिकले ल्याएकोमा धन्यवाद दिनु भयो ।

कार्यपालिका व्यवस्थापिका न्यायपालिका पछिको चौथो अंगको रुपमा रहेको प्रेस जगतले हरेक तह तप्काबाट हुने कमिकमजोरी ढिल्ला सुस्ती उजागर गरी रहन आग्रह गर्नु भयो ।

प्रदेश नम्बर दुईका भौतिक योजना  राज्यमन्त्री एवं राजपाका प्रवक्ता डा.डिम्पल झाले प्रदेश सरकार आफ्ना कामले जनताको मनजित्ने वताउनु भयो । गौर नगरपालिका नगरप्रमुख अजय कुमार गुप्ता र उपनगर प्रमुख किरण कुमारी ठाकुरको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार चन्द्रकिशोर झा, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, गरुडा नगरपालिकाका उपप्रमुख र्रगिता देवी जयसवाल, संघीय समाजवादी फोमरका नेता रेवन्त झा, यूवा नेता राजकुमार दास, पूर्व प्रधानाध्यापक विन्दा सहनी, जेष्ठ नागरिक समाजका अधयक्ष विजय किशोर झा, प्रमुख जिल्ला अधिकारी किरण थापा, पूर्वप्रधानाध्यापक योगेन्द्र यादव, नागरिक समाजका अध्यक्ष जगरनाथ केशरी लगायतले रौतहटको विकासमा संचार माध्यमको महत्वपूर्ण भूमिका रहेको बोल्नु भयो 

कार्यक्रममा विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्ति तथा संघ संस्थालाई सम्मानीत गरिएको थियो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485521 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top