Krantidwar - सामुदायिक रेडियोहरु प्राविधिकको क्षमता अभिबृद्धिका लागि अकोरावले तालिमको आयोजना
समाज

सामुदायिक रेडियोहरु प्राविधिकको क्षमता अभिबृद्धिका लागि अकोरावले तालिमको आयोजना


समाज 13 पटक पढिएको क्रान्तिद्वार दैनिक



प्राविधिकको क्षमता अभिबृद्धिका लागि अकोरावले तालिमको आयोजना गरेको

सामुदायिक रेडियो प्रसारक संघका महासचिव गोविन्द देवकोटाले सामुदायिक रेडियोलाई लक्षित समुदाय सम्म कार्यक्रम लैजान नयाँ प्रविधिलाई उपयोग गर्नुपर्ने वताएका छन् ।उनले सामुदायिक रेडियोहरुले मल्टी मिडियाहरुको अवधारण अनुसार रेडियोमा टेक्नोलोजिको विकास नगरे प्रतिस्प्रर्धामा पछाडी परिने अवस्था सृजना भएको समेत बताए ।

चितवनको सौराहामा सामुदायिक रेडियो प्रसारक संघ तथा बिबिसी मिडिया एक्सनको सहयोगमा आजदेखि सुरु ५ दिने सामुदायिक रेडियोका प्राविधिकहरुकक लागि आयोजना भएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सौराहमा रहेको जंगल सफारी लजमा शुरु भएको तालिमको उदघाटन गर्दै महासचिव देवकोटाले सामुदायिक रेडियोमा सामान्य प्राविधिक ज्ञान नहुदाँ रेडियो वन्द हुने स्थितीलाई अन्त्य गर्न प्राविधिकको क्षमता अभिबृद्धिका लागि अकोरावले तालिमको आयोजना गरेको स्पष्ट पारेका थिए।

सोही अवसरमा उनले समुदाय मैत्री विषयवस्तुलाई रेडियोले उठाउन नसकेको गुनासोहरु आउन थालेका वताउदै नीति निमार्णको तहमा सामुदायिक रेडियोका विषयमा टिकाटिप्पणी हुन थालेको प्रति रेडियो संचालकहरु सचेत हुनुपर्ने धारणा समेत व्यक्त गरे।


कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघका कोषाध्यक्ष लक्षमण खड्काले रेडियोमा स्रोतको अभावले राम्रा जनशक्ति टिक्न नसक्ने खतरा वढेको वताए । उनले रेडियोमा काम गर्ने हरेक जनशक्ति अव प्राविधिक ज्ञान भएको हुनुपर्नेमा जोड दिए।

क्षेत्रिय होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले सामुदायिक रेडियोले पर्यटन प्रर्वद्धनमा महत्वपूर्ण भूमिका खेलेको वताए।

पाँच दिन सम्म चल्ने उक्त तालिममा देशभरका ३५ वटा रेडियोका प्राविधिकहरुको सहभागीता रहेको छ । तालिममा अकोरावका इन्जिनियर रादिप महर्जनले सहजिकरण गर्नेछन् ।तालिममा रेडियो बिजयवस्तिका प्राविधिक सनम श्रेष्ठ समेत सहभागी छन् ।

तालीमको पहिलो दिन आज ट्रान्समिटरमा आउने सामान्य खराबीबारे जानकारी र सहज समाधानका बारेमा छलफल भएको प्राविधिक श्रेष्ठले जानकारी दिए।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



रौतहटको बडहर्वामा तराई मधेस समृद्ध कार्यक्रमबाट ३ सय ५० मिटर सडक ढलान

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

नेपाल पत्रकार महासंघ स्थापना दिवसको शुभकामना

सामुदायिक रेडियोहरु प्राविधिकको क्षमता अभिबृद्धिका लागि अकोरावले तालिमको आयोजना

पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा

व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने

शिव मठ पर राम खेलैए होली।।।

रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु

विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

628322 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top