Krantidwar - नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना
समाज

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना


समाज 349 पटक पढिएको क्रान्तिद्वार दैनिक


नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

६४ बर्ष अघि स्थापना भएको नेपाल पत्रकार महासंघ संग आबद्ध भएका संचारकर्मीहरु विभिन्न बाधाअवरोधहरु पार गर्दै राष्ट्र निर्माणमा निर्वाह गरेको अग्रणी भुमिकाको सराहना गर्दै अहिले संघिय शासन प्रणालीमा स्थानीय तह, प्रादेशिक सरकार र केन्द्रीय सरकारको भुमिकालाई जनमानस समक्ष प्रस्तुत गर्न ठूलो चुनौती रहेपनि त्यसलाई सहज रुपमा लिएर अघि बढ्न उनले सुझाव दिए

रौतहट, १६ चैत । नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा शनिवार गौरमा अन्तरक्रिया कार्यक्रम आयोजना गरियो ।

नेपाल पत्रकार महासंघ रौतहटको गौर स्थित कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधित गर्दै प्रमुख जिल्ला अधिकारी किरण थापाले समाज परिवर्तनको सम्बाहकको रुपमा स्थापित रहेका पत्रकारित पेशालाई संयमित, मर्यादित एवं अनुशाषित बनाउनु अति नै आवश्यक रहेको बताए । विकास निर्माणको कार्य देखि लिएर जिल्लाको चौतफी विकासमा पत्रकारको भूमिका सकारात्मक एवं पार्दर्शी भएमा मात्रै गाउँ समाजको विकास हुने स्पष्ट पारे ।

६४ बर्ष अघि स्थापना भएको नेपाल पत्रकार महासंघ संग आबद्ध भएका संचारकर्मीहरु विभिन्न बाधाअवरोधहरु पार गर्दै राष्ट्र निर्माणमा निर्वाह गरेको अग्रणी भुमिकाको सराहना गर्दै अहिले संघिय शासन प्रणालीमा स्थानीय तह, प्रादेशिक सरकार र केन्द्रीय सरकारको भुमिकालाई जनमानस समक्ष प्रस्तुत गर्न ठूलो चुनौती रहेपनि त्यसलाई सहज रुपमा लिएर अघि बढ्न उनले सुझाव दिए । स्थापना दिवशको अवसरमा सम्पूर्ण संचारकर्मीहरुलाई उत्तरोत्तर प्रगतीको शुभकामना प्रजिअ थापाले दिए ।

जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले प्रहरी र पत्रकार सम्बन्ध नंग र मासु समान भएको हुँदा हरेक सकारात्मक कार्यलाई जनमानस समक्ष पुर्याउने कार्य संचार जगतको भएको बताउदै उनले समाजलाई सभ्य र संयमित बनाउन पत्रकारहरु एक आपसमा नअल्झि समाज प्रति प्रतिबद्ध हुन शुभकामना व्यक्त गरे । 

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष प्रेमचन्द्र झा, पत्रकारद्धय प्रभातकुमार झा र जयप्रकाश यादवले पत्रकारको आवरणमा लुकेका केही व्यक्तिहरुका कारण रौतहटको पत्रकारिता क्षेत्र बदानम भएको छ, विभिन्न गैर पेशामा लागेका व्यक्तिहरुलाई पत्रकार महासंघबाट निहित स्वार्थका लागि पुर्व पदाधिकारीहरुद्धारा सदस्यता दिदा आज यो अवस्था सृजना भएकोमा दुख व्यक्त गर्दै त्यसता व्यक्तिहरुलाई महासंघले कठोर कदम उठाई जनताको पक्षमा काम गर्ने पत्रकारलाई मात्रै सदस्यता दिई महासंघबाट सुद्धिकरण अभियान संचालन गर्न नयाँ कार्य समितिलाई सुझाव दिए ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाका कार्यवाहक अध्यक्ष उत्तमकुमार उपाध्यायको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा महिला उपाध्यक्ष रजनी ठाकुर सहितका संचारकर्मीहरुको उस्थिति रहेको शाखाका सचिव गौतम श्रेष्ठले जानकारी दिए ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485538 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top