Krantidwar - डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बनाएको नाला कामै नलाग्ने खालको
समाज

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बनाएको नाला कामै नलाग्ने खालको


समाज 767 पटक पढिएको


डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बनाएको नाला कामै नलाग्ने खालको

रौतहट । जिल्लाको चन्द्रपुर नगरपालिकाको मुख्य चोकमा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरले बनाएको नाला कामै नलाग्ने खालको भएको स्थानीय बासिन्दाले बताएकाछन् ।

 पुर्ब पश्चिम राजमार्गसंग जोडिएको ब्यास्त बजार चन्द्रनिगाहपुरमा सडक डिभिजन कार्यालयले बनाएको नाला एक झरपानीमै भरिने खालको भएकोले त्यसको कुनै अर्थ नरहेको स्थानीयको भनाई रहेको छ । सो कार्यालयले असार मसान्त सकिनै लाग्दा बजेट सक्नको लागि कामै नलाग्ने नाला बनाएको स्थानीय बासिन्दा ले बताए । 

सडक डिभिजन कार्यालयले बनाएको एकहाते नालाको बिषयमा समाजिक संजालमा समेत चर्को बिरोध भईरहेको छ । सडक डिभिजन कार्यालय रहेको साईडमा बनाउदै गरिएको नाला नगरको चाप र ती स्थानमा रहेका होटल तथा घरबाट निष्कने पानीको बहाव समेत थेग्न नसक्ने खालको बनाउदा समेत स्थानीय राजनैतिक दलका नेताहरुले सो बिषयमा कुरा उठाउन नसकेको चन्द्रनिगाहपुरका अर्का स्थानीय बासिन्दा केदार तिमलसिनाले बताए । 

चन्द्रनिगाहपुरको मुख्य चोकमा रहेका ठुला होटल घर र बढदो जनसंख्यालाई समेत ख्यान नगरिकन साना आकारको नाला बनाएर बजेट सक्ने काम मात्र भएको चन्द्रनिगाहपुरका युवा सुमन कार्कीको भनाई रहेको छ । सडक डिभिजन कार्यालयले गत साल राजमार्गमै बनाएको नाला अहिले पुरिएको अवस्थामा रहेको र यो नाला समेत अर्को बर्ष सम्म पुरिएर जाने भन्दै स्थानीयको चर्को बिरोधका बाबजुद समेत सडक डिभिजन कार्यालयले नाला बनाउने नाममा बजेट सक्ने काम गरेको स्थानीयको भनाई रहेको छ । सो बिषयमा डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुमन योगेससंग कुरा गर्ने प्रयास गर्दा सम्पर्क हुन सकेन् । रौतहट जिल्लाभरीमा गत आर्थिक बर्षमा सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरकै बजेट फ्रिज भएको थियो । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



डा. रामवरण यादवकी छोरी अनिता यादवको विवाह सम्पन्न

रौतहटका इञ्जिनियर रमेश यादवसँग पूर्व राष्ट्रपतिका छोरीको २३ गते विवाह हुने

प्रचण्डले भने प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्

जनकपुरधाममा पाग रैली, १० जिल्लाका व्राह्मणहरुको सहभागिता

३० हजार रुपैया बराबरको खाद्य सामग्री अनाथालयलाई

रौतहटको बौधिमाइ नगरपालिका वडा नम्वर ०७ बन्कुल मा दुई तले वडा कार्यालय को भवन सिलन्यास

रौतहटको बडहर्वामा तराई मधेस समृद्ध कार्यक्रमबाट ३ सय ५० मिटर सडक ढलान

नेपाल पत्रकार महासंघको ६४ औं स्थापना दिवशको उपल्यक्षमा रौतहट शाखाद्धारा अन्तरक्रिया कार्यक्रम आयोजना

नेपाल पत्रकार महासंघ स्थापना दिवसको शुभकामना
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848099 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top