Krantidwar - २२ लाखको सामान सशस्त्र प्रहरीद्धारा बरामद
अर्थ / व्यापार

२२ लाखको सामान सशस्त्र प्रहरीद्धारा बरामद


अर्थ / व्यापार 49 पटक पढिएको प्रभातकुमार झा क्रान्तिद्वार दैनिक



नेपालबाट भारत तर्फ फर्निचर लोड गरेर गइरहेका नम्वर प्लेट नभएको ट्रेक्टरलाई सशस्त्र प्रहरीको ११ नम्वर गणबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो

रौतहट, ७ फागुन । जिल्लाको विभिन्न स्थानहरुबाट सशस्त्र प्रहरीले २२ लाख मूल्य बरावरको मालसामानहरु बरामद गरेको छ ।

नेपालबाट भारत तर्फ फर्निचर लोड गरेर गइरहेका नम्वर प्लेट नभएको ट्रेक्टरलाई सशस्त्र प्रहरीको ११ नम्वर गणबाट खटिएको गस्ती टोलीले बरामद गरेको हो । यस्तै वृन्दावन नगरपालिकाको हर्षाहामा बनबाट काठ चोरेर ल्याईरहेको अवस्थामा ना. १ त. ६९९१ नम्वरको ट्रेक्टरलाई आज दिउसो नियन्त्रणमा लिएको बताइएको छ । बरामद नियन्त्रणमा लिएका दुवै ट्रेक्टर काठ सहित जिल्ला वन कार्यालयलाई आवश्यक कारवाहीको लागि जिम्मा लगाइएको गणका एसपी कृष्ण ढकालले जानकारी दिए ।

यसैगरी सिमापारी भारतीय बजारबाट अबैध रुपमा लक्ष्मिपुर वेलविछवा नाका भएर नेपाल प्रवेश गराएका कष्मेटिक र कपडालत्ता सहित दुई वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको जानकारी दिदै उक्त सामान करिव ३ लाख २० हजारको बरामद गरेर आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयको जिम्मा लगाइएको बताए ।

काठ सहित दुई वटा ट्रेक्टर, दुई मोटरसाइकल, कष्मेटिक सामान, कपडा सहित २२ लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिएर अबैध कारोवार संचालन गर्ने व्यापारीको ढाँड भाँच्चिएको बताउदै सशस्त्र प्रहरीका एसपी ढकालले अबैध व्यापार गर्न पल्केका व्यापारीहरु यहाँबाट पलायन हुने विश्वास व्यक्त गरे । अबैध कार्यलाई नियन्त्रण गर्नमा स्थानीय बासिन्दाहरुको सहयोगको अपेक्षा समेत उनले गरे ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847837 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top