Krantidwar - राजस्व संकलन २६ प्रतिशतले वृद्धि
अर्थ / व्यापार

राजस्व संकलन २६ प्रतिशतले वृद्धि


अर्थ / व्यापार 284 पटक पढिएको



काठमाडौं । आर्थिक वर्ष २०७३÷०७४ असार महिनासम्मको राजस्व संकलनको लक्ष्य रु. २ खर्व ३३ अर्व ६० करोड १५ लाख १७ हजार रहेकोमा रु. २ खर्व ५८ अर्व १७ करोड ४९ लाख ८५ हजार संकलन भई लक्ष्यको तुलनामा १११ प्रतिशतको प्रगति भएको छ भने गत वर्षको तुलनामा २६ प्रतिशतले वृद्धि भएको छ ।

शीर्षकगत रूपमा हेर्दा आयकर तर्फ रु. १ खर्व ४८ अर्व २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर रु. ६१ अर्व १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ रु. ४७ अर्व २१ करोड ५४ लाख २३ हजार संकलन भएको छ । सो रकम लक्ष्यको तुलनामा आयकर तर्फ ११६ प्रतिशत, मूल्यअभिवृद्धि कर तर्फ १०३ प्रतिशत र अन्तशुल्क तर्फ १०५ प्रतिशत हो । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः रु. ७३ करोड ९७ लाख २५ हजार र रु. ८६ करोड ३३ लाख ६६ हजार संकलन भएको छ । शिक्षा सेवा शुल्क तर्फ लक्ष्यको तुलनामा ९८ प्रतिशत र स्वास्थ्यसेवा कर तर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत संकलन भएको छ । गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३÷७४ को बार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको छ ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847955 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top