Krantidwar - के महिला भनेका योनी मात्र हुन् ?
मनोरञ्जन

के महिला भनेका योनी मात्र हुन् ?


मनोरञ्जन 219 पटक पढिएको –स्वरा भाष्कर, बलिउड अभिनेत्री




प्रिय सञ्जयलीला भन्सालीज्यू,

सुरुमा त तपाईंलाई बधाइ छ किनभने तपाईंको फिल्म रिलिज भयो । हुन त यसका लागि फिल्मकी मुख्य अभिनेत्री दीपिका पादुकोणको आकर्षक कम्मरसँगै अन्य ७० वटा दृश्य गायब भएको छ तर ठूलो सफलता नै मान्नुपर्छ, एउटा सिर्जनशील काम गरेबापत तपाईंको टाउको गायब पारिएको छैन १ मासुको नाममा मानिसकै हत्या हुने आजको ‘सहिष्णु’ भारतमा तपाईंको फिल्म रिलिज हुनु नै ठूलो कुरा थियो, त्यसका लागि पनि तपाईं बधाइको पात्र हुनुहुन्छ । तपाईं बधाइको हकदार हुनुको अर्को कारण चाहिँ फिल्मका कलाकारहरूले गरेको गज्जबको अभिनय, फिल्मको अतिभव्यता र आश्चर्यचकित पारिदिने काम पनि हो । हरेक चिजमा आफ्नो छाप छोड्ने तपाईंजस्ता निर्देशकबाट यत्तिको फिल्मको आशा गर्नु स्वाभाविक पनि हो ।

 हिन्दी फिल्मकी अभिनेत्री स्वरा भाष्करले सञ्जयलीला भन्सालीको फिल्म हेरिसकेपछि निर्देशक भन्सालीको नाममा लेखेको यो चिठ्ठी पछिल्लो समय इन्टरनेटमा भाइरल बनेको छ । द वायर वेबसाइटबाट यसलाई अनुवाद गरिएको हो ।हुन त सर, हामी एकअर्कालाई टाढैबाट चिन्छौँ । तपाईं मलाई चिन्नु हुन्छ कि हुन्न मलाई थाहा छैन तर मैले तपाईंको फिल्म ‘गुजारिश’मा एउटा सानो भूमिका पाएकी थिएँ । खासमा दुई दृश्यको भूमिका मैले पाएकी थिएँ । मैले बोल्ने संवादका विषयलाई लिएर तपाईंले मसँग छोटो राय लिनु भएको सम्झना छ । तपाईंले मसँग लिनु भएको रायका विषयमा एक महिनासम्म मैले गर्व महसुस गरिरहेँ । मजस्तो जुनियर कलाकारसँग लिएको रायपछि मलाई लाग्यो, ‘वाह १ यो मानिस कति गतिलो १ मजस्तो सानो कलाकार र सानो दृश्यका लागि पनि मिहिनतामा मतलब राख्छ ।’ त्यसपछि त म तपाईंबाट प्रभावित नभइरहन सकिनँ ।

म तपाईंका फिल्महरू उत्साहपूर्वक प्रतीक्षा गर्ने दर्शकमध्येकी हुँ । जसरी तपाईंले आफ्ना हरेक फिल्मबाट आफैँले बनाएका मानकहरूलाई अझै माथि उठाउनु हुन्छ, जसरी तपाईंको समर्थ निर्देशनमा कलाकारहरू ‘जीवित’ गहिरो अभिनेतामा परिवर्तित हुन्छन्, यस कुराले मलाई आश्चर्यचकित पारिदिन्छ ।

यादगार प्रेमकथा कस्तो हुनुपर्छ भन्नेबारे मेरा विचार बनाउनेमा तपाईंको भूमिका पनि कम छैन । म सपना देख्थेँ, कुनै दिन तपाईंले कुनै फिल्मको मुख्य चरित्रका लागि मलाई निर्देशन गर्नु होला १ म तपाईंको प्रशंसक थिएँ र छु ।

‘पद्मावती’ फिल्मका बारेमा जब विरोध सुरु भयो, मैले तपाईंको यस फिल्मका लागि लडाईं नै लडेँ । ट्वीटरको टाइमलाइनमा धुँवाधार लडाईं भयो । ट्रोलहरूसँग मेरो त झगडा नै प¥यो तर पनि मैले यो लडाईं तपाईंका लागि लडेँ । मैले टिभी क्यामेराका अगाडि त्यही कुरा भनेँ, जुन कुरा मलाई पनि लागिरहेको थियो कि तपाईं १८५ करोड रुपैयाँ फँसेका कारण भन्न सकिरहनु भएको थिएन ।

मैले त्यो बेला जे भनेँ, त्यस बेला पूरै सत्यताका साथ विश्वास गरेँ । मैले पूरै सत्यका साथ विश्वास गरेँ र आज पनि गर्छु– यस देशका हरेक दोस्रो व्यक्तिलाई त्यो कथा भन्ने हक छ, जुन ऊ भन्न चाहन्छ । जसरी भन्न चाहन्छ, उसले त्यसरी नै भन्न पाउनु पर्छ ।

उसले आफ्नी नायिकाको पेटलाई जतिसुकै उघारेर देखाउन सक्छ र यस्तो गर्दा उसको सेट जलाउने, मारपिट खाने, अंग काटिने, ज्यानै जाने डरले ऊ लुक्दैन । साधारण शब्दमा भन्ने हो भने मानिसलाई फिल्म बनाउने, त्यो फिल्म रिलिज गर्ने क्षमता रहिरहनु पर्छ र यस्ता फिल्म बनाएका कारण उसका सन्तान सुरक्षित तरिकाले विद्यालय जाने अधिकार कुण्ठित हुनुहुँदैन । तपाईंले बुझ्नु जरुरी छ, तपाईंको फिल्मले साँच्चिकै जबरजस्त सफलता हासिल गरोस् भनेर म चाहन्थेँ । यसले बक्स अफिसमा सफलताका सारा कीर्तिमान भंग गरिदिओस् । यस फिल्मको कमाइ तपाईंको विरोध गरिरहेका करणी सेनाजस्ता आतंकवादी र तिनप्रति सहानुभूति राख्नेहरूको गालामा थप्पड हान्नुजत्तिकै हुन्थ्यो । त्यसैले उत्साहका साथ मैले पहिलो दिनको पहिलो सोको टिकट बुक गरेँ र परिवारका साथ मात्र होइन, मेरी भान्सेसमेतलाई लिएर फिल्म हेर्न गएँ ।

सायद फिल्ममा यति गहिरो गरी जोडिएका र सरोकारका कारण यो फिल्म हेरेपछि म ‘सन्न’ भएँ । त्यसैले पनि म यति स्वतन्त्र भएर यो लेख्ने दुस्साहस गरिरहेकी छु । तपाईंलाई भन्नुपर्ने अनेक कुरा भए पनि सिधा र संक्षेपमा भन्ने प्रयास गर्छु ।

सर, बलात्कृत भएपछि पनि कुनै स्त्री ज्यूँदो हुने अधिकार हुन्छ ।

पति र उनीहरूको यौनिकताको रक्षा गर्ने पुरुष रक्षक, स्वामी, नियन्त्रकको मृत्युपछि पनि कुनै स्त्रीले बाँच्ने अधिकार हुन्छ ।

पुरुष ज्यूँदो होऊन् या नहोऊन्, स्त्रीहरूलाई स्वतन्त्र रहेर जिउने अधिकार हुन्छ ।

मासिक धर्म र स्त्री जाति ज्यूँदो रहने अधिकार छ, हुन्छ ।

यो त आधारभूत कुरा हो र अर्को कुरा के पनि हो भनेः

स्त्री कुनै हिँडडुल गर्ने, बोल्ने योनी होइन ।

अँ, स्त्रीहरू योनी भन्दा कहीँ बढी नै हुन् । त्यसैले उनीहरुको पूरा जीवनलाई योनीलाई बाहिरै राखेर, उसलाई नियन्त्रित गर्ने, त्यसलाई रक्षा गर्ने र त्यसलाई रखरखाव गर्नेभन्दा पनि यसलाई अलग्गै हेर्नुपर्ने आवश्यकता छ । ९१३ औँ शताब्दीमा त्यस्तो हुन्थ्यो होला तर २१ औँ शताब्दीमा यस्ता विचारलाई अनुशरण गर्नु कुनै आवश्यक छैन, झन् यस कुरालाई महिमामण्डन गर्न त हुँदै हुँदैन० ।

योनीहरूलाई सम्मान गरिएको भए राम्रो हुन्थ्यो तर दुर्भाग्यपूर्ण तरिकाले त्यस्तो भएन भने पनि कुनै स्त्रीले आफ्नो जीवन बाँच्न सक्छे । कुनै अर्को व्यक्तिले उसको इच्छाबेगर उसको योनिको अपमान गर्ने दुस्साहस ग¥यो भन्दैमा स्त्रीलाई सजायस्वरुप हत्या गर्नु आवश्यक छैन ।

योनिभन्दा बाहिर पनि जीवन छ । त्यसैले बलात्कारपछि पनि एउटा जीवन हुनसक्छ । ९मलाई थाहा छ, मैले यो कुरा यहाँ दोहो¥याएँ तर यस कुरालाई जति बढी जोड दिए पनि कम नै हुन्छ ।०

सामान्य शब्दमा भन्दा जीवनमा योनिका अतिरिक्त अन्य कुरा पनि निकै छन् ।

तपाईं दिक्क हुनुभयो होला आखिर म किन यही योनिमा अड्किरहेकी छु।।। किनभने सर तपाईंको भव्य फिल्म हेरिसकेपछि मलाई मलाई म आफूलाई योनिजस्तो केही भएको महसुस भयो । म आफूलाई स्त्री होइन, योनि हुँ कि, स्त्री जातिलाई मात्र एउटा योनिमा सीमित पारिएको हो किजस्तो महसुस भयो ।

फिल्म हेरिसकेपछि मलाई गएका केही वर्षमा स्त्री र स्त्री आन्दोलनले जुन ‘स–साना’ सफलता आर्जित गरेका थिए–– जस्तो मताधिकार, सम्पत्तिमाथिको स्वामित्वको अधिकार, शिक्षाको अधिकार, बराबरी कामको बराबरी ज्यालाको अधिकार, प्रसूति बिदा, बालबालिकालाई अपनाउने अधिकारजस्ता कैयौँ सफलता निरर्थक महसुस भयो । हामी फेरि घुम्दैफिर्दै आधारभूत प्रश्नमै पुग्यौँजस्तो लाग्यो । तपाईंको फिल्मले हामीलाई अन्धकार युगकै प्रश्नमै पु¥याइदियो– के कुनै स्त्री विधवा छे, बलात्कृत भई भने त्यो बूढी, गर्भवती, नाबालिग भए पनि उसको बाँच्ने अधिकार छ रु

मलाई थाहा छ, सती जानु हाम्रो सामाजिक इतिहासको अंग हो । यो वास्तविकता हो । मलाई के लाग्छ भने तपाईंजस्तो गज्जबको फिल्मकारले पर्दामा उतार्नु भयो भने यसलाई सनसनीखेज, डरलाग्दो, नाटकीय, भड्किलो र सम्मोहक बनाउन सक्नुहुन्छ भन्ने मलाई थाहा छ । तर बनाउन सकिन्छ भन्नेबित्तिकै त्यसलाई यति कुरुप तरिकाले ‘नश्लीय’ कुरा नबुझी वा यसको गम्भीरता नसोची बनाउनु कति उचित हुन्छ रु यस्ता फिल्म बनाउँदा नश्लीय घृणाविरुद्ध टिप्पणी नगरी बनाउनु खतरनाक हुन्छ । जघन्य अपराधलाई कसरी महिमामण्डित गर्न सकिन्छ रु म छक्क पर्छु ।

सर, म पक्का छु, तपाईंलाई पनि सती र जौहर प्रथालाई महिमामण्डित पक्कै गर्नु हुन्न । प्रतिष्ठा, त्याग, शुद्धताजस्ता आदिम विचारका कारण स्त्री र पुरुष यस्ता परम्परा रुचाउँछन् तर सती र जौहर, स्त्री खतना र अनर किलिङजस्तै गहिरो गरी पितृसत्तात्मक, स्त्रीविरोधी र समस्याले भरिउको विचारमा डुबेको चिज हो । यो त यस्तो मानसिकता हो, जसले के मान्छ भने कुनै स्त्रीको मूल्य उसको योनिमा निहित हुन्छ, जुन स्त्री पुरुष मालिकको नियन्त्रणमा हुँदैन त्यस्ता स्त्रीको जीवन मूल्यहीन हुन्छ ।

सती, जौहर, स्त्री खतना अनर किलिङ आदिजस्ता प्रथालाई महिमामण्डित गर्नु हुँदैन किनभने यसले स्त्री समानताको अधिकार खोस्ने मात्र होइन, उल्टै महिलाको व्यक्तित्व पनि खोस्छ । तिनले स्त्रीको मानवताविहीन बनाउँछ । तिनले महिलाको ज्युने अधिकार खोस्छ । यो गलत होइन र रु यो फिल्म हेर्दा तपाईं कतै स्त्री खतना र अनर किलिङलाई स्वीकृति दिनु हुन्छ ।

सर, तपाईं भन्नुहोला, मैले तिललाई पहाड बनाइरहेकी छु । मैले त यसलाई सन्दर्भका आधारमा हेर्नुपर्छ । १३ औँ शताब्दीका मानिसहरूबारे बनाइएको फिल्म हो । त्यसबेला बहुविवाह स्वीकृत थियो । मुस्लिमहरु जनावरजस्तै थिए, उनीहरु मासु खानु र स्त्री भोग गर्नु उस्तै ठान्थे । अधिकांश महिला त्यो बेला खुसीखुसी आफ्ना मृत लोग्नेको चितामा बस्थे । कतिसम्म भने उनीहरु सामूहिक आत्महत्याको सोचलाई यति रुचाउँथे कि साजशृंगारका बेला उनीहरु यसबारे हाँस्दै कुरा गर्थे र यस्तो सम्भव छ भनी तपाईंले मलाई बुझाउन खोज्नु होला ।

अँहँ, म यो मान्दिनँ सर । आफ्ना क्रूर प्रथाका साथ १३ औँ शताब्दीको राजस्थान त्यस महाकाव्यको ऐतिहासिक रंगमञ्च हो, जसको रुपान्तरण तपाईंले आफ्नो फिल्म ‘पद्मावत’ मा गर्नुभएको छ । तर तपाईंको फिल्मको सन्दर्भ २१ औँ शताब्दीको भारत हो, जहाँ देशको राजधानीमा एक युुवतीको बसभित्रै सामूहिक बलात्कार हुने गर्छ ।

उसले आफ्नो सम्मान अपवित्र भएका कारण आत्महत्या गरिन । सर, बरु ऊ त आफ्ना ६ जना बलात्कारीसँग जुझी । उसको लडाईंमा यति शक्ति थियो कि बलात्कारीमध्ये एक राक्षसले फलामको छड गुप्ताङ्गमै छिराइदियो । ऊ सकडमा फ्याँकिई । यो घटना यहाँ घुसाएकामा माफी माग्छु तर सर तपाईंको फिल्मको वास्तविक ‘सन्दर्भ’ यही हो ।

तपाईंको फिल्म रिलिज हुनु एक साता पहिले एक १५ वर्षीया दलित युवतीका साथ हरियाणाको जिन्दमा बर्बरतापूर्वक सामूहिक बलात्कार गरियो । यो अपराध निर्भयता बलात्कार घटनासँग उस्तै मिल्दोजुल्दो थियो । तपाईंलाई थाहै छ, सती र स्त्रीका साथ बलात्कार एकै किसिमको मानसिकताका दुई पाटा हुन् । एउटा बलात्कार, स्त्रीलाई नियन्त्रित गर्नका लागि, उसमाथि वर्चश्व स्थापित गर्नका लागि या उसकै अस्तित्व मेटाउनका लागि उसको स्त्रीअंगमाथि आक्रमण गर्न र उसलाई अनादर गर्न र उसलाई क्षतविक्षत गर्ने प्रयास गर्छ ।

सती–जौहरमा रुचि नदेखाउने वा अमरमगर गर्ने स्त्रीलाई त्यो बेला के गरिन्थ्यो रु कुनै स्त्रीको योनिको अनादर गरिए वा त्यो योनि उसको ‘वैध’ पुरुष मालिकको नियन्त्रणमा नभए स्त्रीलाई उसकै योनिमा सीमित पारिन्छ ।

कुनै पनि कलाको सन्दर्भ त्यो समय र स्थान हुन्छ जहाँ र जहिले त्यसको निर्माण र उपभोग हुन्छ । तपाईंले आफ्नो फिल्ममा सती र जौहर प्रथाको आलोचना गर्न सक्नुहुन्थ्यो तर गर्नु भएन । भन्नलाई त तपाईंले सुरुवातमै ‘डिसक्लेमर’ दिइएको छ भन्नु होला । तर फिल्मको २ घण्टा ४५ मिनेटभरि नै राजपुती आनबानशान, चितामा जलेर मर्ने जुन बाटो छाने त्यसलाई राजपुत स्त्रीको साहसको जयगीत सुनाइरहनु भयो नि १

ती महिला आफ्ना पतिका अतिक्ति कुनै दुस्मनद्वारा छोइएकामा, जो संयोगले मुस्लिम थिए, चितामा जली मर्ने बाटो रोज्छन् । ती पटकभन्दा बढी तपाईं कथाका राम्रा चरित्रले सती÷जौहरलाई एक सम्मानलायक विकल्प भनी बताए ।

तपाईंकी नायिका सुन्दरता र बुद्धिको साक्षात उदाहरण छिन्, उसले आफ्नी लोग्नेसँग जौहरको स्वीकृति माग्छे किनभने उसको स्वीकृतिबेगर उसले यो गर्न सक्तिन थिई । यसपछि उसले सत्य–असत्य, धर्म–अधर्मबारे सामूहिक सतीलाई सत्य र धर्मको बाटो भन्दै लामो भाषण दिन्छे । अनि, क्लाइमेक्समा, जसलाई ज्यादै भव्य तरिकाले फिल्माङ्कन गरिएको छ, देवी दुर्गाले झैँ रातो रङको कपडामा सजिएका सैयौँ स्त्री जौहरको आगोमा हाम्फाल्छन् ।

अर्कोतर्फ एउटा उन्मादी मुस्लिम मनोरोगी खलनायक ऊतर्फ हेरिरहन्छ र ब्याकग्राउन्डमा एउटा सङ्गीत बज्छ, जसमा कुनै राष्ट्रगानजस्तै शक्ति छ । यस दृश्यमा दर्शकलाई अचम्मित पारिदिने र यस खेलको प्रशंसक बनाइदिने क्षमता छ । सर, यसले सती र जौहरलाई महिमामण्डन गरेको होइन भने गरेको के हो त रु

फिल्मको क्लाइमेक्समा जब गर्भवती महिला र साना काखे बालिका बोक्दै आगोमा कुदिरहेका महिला देख्दा मलाई अति असहज महसुस भयो । मलाई लाग्यो– ईश्वरको कानमा नपरोस्, ममाथि कुनै नराम्रो घटना भयो भने त मेरो पूरै अस्तित्व नै गैरकानुनी हुने रहेछ १ त्यसबाट जोगिन मैले आगोमै हाम्फाल्नु पर्नेरहेछ १ म यस्तो अवस्थामा के गर्थें होला रु जीवनभर म खिलजीजस्तो राक्षसको सधैँका लागि दासी बन्नु नै परे पनि हाम्फाल्दिन थिएँ होला १ मृत्युको साटो जीवन चुन्नु मेरो गल्ती हो रु फिल्म हेर्दैगर्दा मलाई त के लाग्यो भने सायद म मृत्यु नै रोज्थेँ होला । सर, फिल्मको शक्ति यही हो, मानिसलाई मानसिक रुपमा तयार पार्नु नै तपाईंको शक्ति हो ।

सर, तपाईंको सिनेमा खासगरी प्रेरणादायक, भावना जगाउने र शक्तिशाली हुन्छन् । यसले दर्शकलाई भावुकताको ज्वारभाटामा हुत्याउन सक्छन् । यसले सोचलाई प्रभावित तुल्याउन सक्छन् र सर यही कारण तपाईं सचेत हुनुपर्छ कि तपाईंले फिल्ममार्फत् के भन्दै हुनुहुन्छ र के गर्दै हुनुहुन्छ १

१८२९ देखि १८६१ का बीच केही सुधारवादी सोच राख्ने भारतीय तथा बेलायती प्रान्तीय सरकार र राजाहरूले सतीप्रथालाई प्रतिबन्ध लगाए र यसलाई अपराध घोषित गरे । स्वतन्त्र भारतमा इन्डियन सती प्रिभेन्सन एक्ट ९१९८८० ले सतीका लागि सहयोग पु¥याउने, सतीका लागि उकास्ने र सतीलाई कुनै तरिकाले महिमामण्डन गर्नेलाई अपराधी र अपराधको श्रेणीमा पु¥याएको छ । यसलाई समेत सोच्दै नसोची यस स्त्रीविरोधी आपराधिक प्रथालाई जसरी महिमामण्डन गर्नुभएको छ, त्यसबारे तपाईंले जवाफ दिनुपर्छ । सर, टिकट किनेर तपाईंको फिल्म हेरिसकेकी एक दर्शकको हैसियतले तपाईंलाई यो प्रश्न सोध्ने अधिकार छ र सोध्छु– तपाईंले यस्तो किन गर्नुभयो रु

तपाईंलाई थाहै होला, आधुनिक भारतमा जौहरजस्तो कृत्यका कैयौँ उदाहरण पाइन्छन् । भारत र पाकिस्तानको रक्तरञ्जित विभाजनका बेला करिब ७५ हजार महिलाका साथ बलात्कार, अपहरण गरियो । उनीहरुलाई ‘अन्य’ धर्मका पुरुषले बलपूर्वक गर्भवती बनाए । त्यस बेला स्त्रीले स्वैच्छिक या सहयोग दिई आत्महत्या गराइएको कैयौँ घटना पाइन्छन् । केही घटनामा ‘अन्य’ धर्मका मानिसले स्त्रीलाई छुन पाइयोस् भनेर पहिले लोग्ने र बाबुले आफ्ना पत्नी र छोरीहरूको टाउको गिँडेका थिए । पञ्जाबको थोआ खालसामा दंगाको भुक्तभोगी वीरबहादुर सिंहले आत्महत्या गराउनका लागि गाउँको इनारमा महिलाहरू हाम्फालेको दृश्य वर्णन गरेका थिए । उनले आधा घण्टामा नै कसरी इनार भरिएको थियो र जो महिला माथि थिए, उनीहरु बाँच्न पुगे भनी वर्णन गरेका थिए । बच्नेमध्येकी उनकी आमा पनि थिइन् ।

सिंहले उर्वशी बुटालियाकी सन् १९९८ मा प्रकाशित पुस्तक ‘द अदर साइड अफ साइलेन्स’मा स्मरण गर्दै भनेका थिए, उनी आफ्नी आमा ज्यूँदै भएकीमा लज्जित थिए । यो भारतीय इतिहासको सबैभन्दा कालो अध्यायमध्ये एक थियो र यसलाई शर्म, डर, दुःख, आत्मचिन्तन, सहानुभूति, सतर्कताका साथ स्मरण गर्नु आवश्यक छ । यसलाई विचारहीन, सनसनीखेज तथा महिमामण्डन गर्नु अपराधसरह हुनेछ ।

विभाजनको यो पीडादायी कथा उति प्रत्यक्ष रुपमा नभए पनि तर तपाईंको फिल्म ‘पद्मावत’को सन्दर्भ चाहिँ बन्छ । भन्साली सर, म तपाईंसँग झगडा गर्ने मूडमा यो पत्र समाप्त गर्न चाहन्नँ । तपाईंको इच्छाअनुसार अझै धेरै फिल्म बनाउन, त्यसको सुटिङ गर्न र तिनलाई रिलिज गर्नका लागि धेरैधेरै शुभकामना दिन्छु । म चाहन्छु, तपाईं, तपाईंका कलाकार, निर्माता, स्टुडियो र दर्शक धम्कीहरु र उपद्रवीहरूबाट सुरक्षित रहनुहोस् ।

तपाईंको अभिव्यक्ति स्वतन्त्रताका लागि मैले ट्रोलहरू र टेलिभिजन टिप्पणीकारहरूसँग अझै पनि लड्छु, उनीहरुसँग भिड्छु । तर, म तपाईंसँग के पनि भन्छु भने तपाईं जनताका लागि जुन कला रच्नु हुन्छ, त्यसबापत तपाईंलाई प्रश्न सोध्नबाट चुक्दिनँ । यसका साथै म के पनि कामना गर्छु भने करणी सेना या मरणी सेनाका कुनै उन्मादी सदस्यको मनमा सती प्रथालाई अपराधको श्रेणीबाट हटाउने माग गर्ने सोच नआओस् १

तपाईंकी

स्वरा भाष्कर




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848012 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top