Krantidwar - निशुल्क स्वास्थ्य शिबर प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नु भयो उदघाटन
स्वास्थ्य/जीवनशैली

निशुल्क स्वास्थ्य शिबर प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नु भयो उदघाटन


स्वास्थ्य/जीवनशैली 45 पटक पढिएको क्रान्तिद्वार दैनिक


निशुल्क स्वास्थ्य शिबर प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले  गर्नु भयो उदघाटन

शिबिर उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले ब्यबसायीक उदेश्य मात्र नराखी मानबिय सेबा समेत अस्पतालले ध्यान दिनु पर्ने बताउनु भयो ।

रौतहट २६ मंसिर । रौतहटको चन्द्रपुर नगरपालिका–९ सिन्धुरेघारीमा आज निशुल्क स्वास्थ्य शिबिर भएको छ । ग्रामिण सामुदायिक स्वास्थ्य केन्द्र नेपालको आयोजनामा एपोलो सिटि हस्पिटलको सहयोगमा निशुल्क स्वास्थ्य शिबर भएको हो । सबै प्रकारको उपचार हुने गरी सो शिबिरमा डाक्टर राकेश कुमार र रन्जय कुमार उपाध्यायले जाँच गर्नु भएको छ भने स्टाफनर्स खुस्बु कुमारी चौधरी र कन्चन चौधरीले समेत बिरामीको उपचारमा सहयोग पुरयाउनु भएको छ ।

 सो शिबिरको उदघाटन प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले उदघाटन गर्नु भएको छ । शिबिर उदघाटन गर्दै प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले ब्यबसायीक उदेश्य मात्र नराखी मानबिय सेबा समेत अस्पतालले ध्यान दिनु पर्ने बताउनु भयो । यस भेगका अति बिपन्न बर्गका बासिन्दाहरु र दीर्घजीबि रोगीको उपचारमा समेत एपोलो सिटी हस्पिटलले उपचारमा देखाएको उदारताको उहाले प्रंशसा गर्नु भएको छ । सो कार्यक्रममा नर बहादुर कार्कीले स्वागत मन्तब्य राख्नु भएको थियो । ग्रामिण सामुदायिक स्वास्थ्य केन्द्र नेपालको अध्यक्ष खडक बहादुर कार्कीको सभापतित्वमा भएको कार्यक्रममा बिष्टि अतिथिमा अस्पतालका म्यानेजिङ्ग डाक्रेटर अमर बहादुर ठाकुर, चन्द्रपुर नगरपालिका वडानम्बर ९ का अध्यक्ष गोबिन्द दुलाल, नगरसभा सदस्य प्रभु चौधरी, बुध्दिमाया बिक, महेन्द्र चौलागाई, प्रकाश चौलागाई, सुर्य थापा, दामोदर दुलाल लगायतको आतिथ्यता रहेको थियो । 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



बौद्धिमाई नपामा विकासको लहर स्वास्थ चौकीको भवन शिलान्यास

जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा

जान्नुहोस् फिटकिरीका २० फाइदा

महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त

टेटामा एक दिने निशुल्क शिविर सम्पन्न

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा मुख्यमन्त्री स्वच्छता अभियानको वीरगन्जबाट सुभारम्भ

निशुल्क स्वास्थ्य शिबर प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नु भयो उदघाटन

गौर अस्पतालमा नगरप्रमुख अजय गुप्ताले ताल्चा फुटाए , सेवा सुचारु हुन सकेन

मिनाक्षी सुवेदीको जीवनमा ठूलो परिवर्तन
1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848082 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top