Krantidwar - टेटामा एक दिने निशुल्क शिविर सम्पन्न
स्वास्थ्य/जीवनशैली

टेटामा एक दिने निशुल्क शिविर सम्पन्न


स्वास्थ्य/जीवनशैली 90 पटक पढिएको क्रान्तिद्वार दैनिक



शिविरमा खुर फाटेका पशुहरुमा लाग्ने चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सीनेशन वडाका सम्पुर्ण गाई, गोरु, भैसिं, पाडा, पाडि, बाच्छा र बाच्छिहरुमा गरिएको छ ।

बाराको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर १० टेटामा शनिबार एक दिने निशुल्क पशु स्वास्थ्य तथा बाझोपन निवारण शिविर सम्पन्न भएको छ ।

सिम्रौनगढ नगरपालिकाको पशु सेवा शाखाको आयोजनामा पशुहरुमा रोग लाग्न नदिनका लागि सिम्रौनगढ नगरपालिका वडा नम्बर १० टेटामा शनिबार शिविरको आयोजना गरिएको हो । सिम्रौनगढ नगरपालिकाको पशु सेवा शाखाको सक्रियतामा शनिबार चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सिन लगाईएको हो । शिविरमा खुर फाटेका पशुहरुमा लाग्ने चरचरे र भ्यागुते रोग विरुद्धको भ्याक्सीनेशन वडाका सम्पुर्ण गाई, गोरु, भैसिं, पाडा, पाडि, बाच्छा र बाच्छिहरुमा गरिएको छ ।

वर्षातको समयमा वर्षेनी चरचरे र भ्यागुतो रोगका कारण नेपालमा पशुहरुको मृत्यु हुने गरकाले उक्त समस्या सिम्रौनगढ नगरपालिकामा देखा नपरुन भन्ने उद्धेश्यका साथ शिविर संचालन गरिएको सिम्रौनगढ नगरपालिकाका पशु सेवा शाखाका पशु विकास अधिकृत महबुब आलमले बताए । 

चरचरे, भ्यागुते र बाझोपन जस्ता रोगहरु गाई, भंैसीहरुमा देखा पर्ने प्रमुख रोग भएकाले सिम्रौनगढ नगरपालिकामा बढी पशु जनघनत्व रहेको ठाउँमा शिविर सँचालन गरिएको पशु सेवा शाखाका पशु स्वास्थ्य प्राविधिक अनसारुल हकले बताएका छन् । 

त्यस्तै शिविरमा ठुला तथा साना पशुहरुमा लाग्ने विभिन्न किसीमका रोगहरुको उपचार गरिनुका साथै आवश्यक औषधि समेत निशुल्क वितरण गरिएको छ । शनिबार संचालन भएको उक्त शिविरमा एक गाविस एक पशु प्राविधिक अन्तर्गतका प्राविधिकहरु रंजय कुश्वाहा, राजकुमार जैस्वाल, रमेश कुमार ठाकुर र स्थानीय प्राविधिकहरुले खोप लगाएका थिए । 





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071796 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top