Krantidwar - महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त
स्वास्थ्य/जीवनशैली

महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त


स्वास्थ्य/जीवनशैली 34 पटक पढिएको क्रान्तिद्वार दैनिक


महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त

मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिनुभयो ।

काठमाडौँ ।  कलाकार प्रियंका कार्की र आयुष्मान देशराज जोशी श्रेष्ठ महिनावारी स्वच्छता दूत नियुक्त हुनुभएको छ । उहाँहरुलाई एक वर्षका लागि स्वच्छता दूत नियुक्त गरिएको हो । 

आज मन्त्रालयमा खानेपानी मन्त्री बिना मगरले दूत नियुक्त गरिएको पत्र दुवै जनालाई हस्तान्तरण गर्नुभएको थियो ।महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न मन्त्रालय र फाउन्डेशनले यो अभियान सुरु गरेको हो । 

मन्त्री मगरले महिलाहरुले महिनावारी हुँदा भोग्नुपरेका समस्याका विषयमा जनचेतना जागृत गराउन कलाकारहरुको भूमिका अति महत्वपूर्ण हुने भएकाले अभियानमा लाग्न दुवै जनालाई शुभकामना दिनुभयो । 

उहाँले महिनावारी हुँदा महिलाहरुले झेल्नुपरेका समस्याका विषयमा सबै जनाले सकारात्मक सोच राख्नुपर्ने बताउनुभयो । 

प्रियंका र आयुष्मानको जोडीले महिलाहरुलाई महिनावारी सम्बन्धी जनचेतना जगाउन लागि पर्ने प्रतिबद्धता जनाएको छ । पहिलो चरणमा  धनुषा जिल्लाबाट यो अभियानको सुरुवात हुने भएको छ । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



बौद्धिमाई नपामा विकासको लहर स्वास्थ चौकीको भवन शिलान्यास

जनस्वास्थ्य प्रयोगशालाको निर्देशकमा डा रुना झा

जान्नुहोस् फिटकिरीका २० फाइदा

महिनावारीका सम्बन्धमा आम मानिसमा रहेको नकारात्मक धारणालाई बदल्न प्रियंका र आयुष्मान महिनावारी स्वच्छता दूत नियुक्त

टेटामा एक दिने निशुल्क शिविर सम्पन्न

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा मुख्यमन्त्री स्वच्छता अभियानको वीरगन्जबाट सुभारम्भ

निशुल्क स्वास्थ्य शिबर प्रतिनिधि सभा सदस्य देब प्रसाद तिमल्सिनाले गर्नु भयो उदघाटन

गौर अस्पतालमा नगरप्रमुख अजय गुप्ताले ताल्चा फुटाए , सेवा सुचारु हुन सकेन

मिनाक्षी सुवेदीको जीवनमा ठूलो परिवर्तन
1 2 3 4 5 6 7 8 9 10 11 12 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

847933 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top