Krantidwar - देवाही गोनाही नपा ३ र ४ का बाकी एक सय पचास घरपरिवारलाई राहत दिन उपमेयर परनिया देवी माग
समाज

देवाही गोनाही नपा ३ र ४ का बाकी एक सय पचास घरपरिवारलाई राहत दिन उपमेयर परनिया देवी माग


समाज 321 पटक पढिएको


देवाही गोनाही नपा ३ र ४ का बाकी एक सय पचास  घरपरिवारलाई राहत दिन उपमेयर परनिया देवी माग

बाढीबाट देवाही गोनाही नगरपालिका वडा नम्बर ३ र ४ का हरेन्द्र साह कलवार, जगरनाथ पटेल (परिक्षण पटेलको छोरा) रामसोगारथ राउत, उमाशंकर जयसवाल, मगनी जयसवाल, डाक बाबु भन्ने चन्द्रशेखर पटेल, जगरनाथ पटेल, बैद्यनाथ पटेल, योगेन्द्र पटेल, संर्युग राय, जगा राय सहितको घर बाढीको पानीले लडे पनि राहत नपाएको समाजसेवी विनोद पटेलले जानकारी दिनु भयो ।

गौर । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ३ र ४ का बाढपीडितले राहत नपाएको गुनासो गरेका छन्। 

राहत वितरणका लागि संकलन                गरिएको नामावलीमा स्थानीय कर्मचारीहरुले पूर्वाग्रही हिसाबले नाम छुटाई दिएकोले पुनः अनुगमन गरी राहत दिन पीडितहरुले स्थानीय प्रशासन संग माग गरेका छन् । 

सरकारले राहत वितरणका लागि बनाएको हरेक क्राइटेरिया आफूहरु संग मेल खाएपनि राहत नपाएकोमा स्थानीय पीडितहरुले क्रान्तिद्धार दैनिकसंगको भेटमा बताए । 

बाढीपिडीतको समस्या बुझ्न तथा राहत वितरण कार्यलाई सुचारु गर्ने २०७४ कार्तिक १ गते बुधवार प्रमुख जिल्ला अधिकारी उद्धव थापा आउँदा जनताले सबै कुरा राखेका थिए । तर प्रमुख जिल्ला अधिकारी थापाले पीडितको माग सम्बोधन हुन्छ भने प्रतिबद्धता व्यक्त गर्न नसक्दा आक्रोसित भिडले पथराव समेत               गरेका थिए ।प्रजिअको गाडीमा भएको पथराव देश विदेशमा समाचार पुगे तर हामी पिडित करिब एक सय पचार घर परिवारलाई राहत नदिने, लिष्टमा नाम नराख्ने, बदमासीगर्ने कर्मचारीको खबर कसैले लिएन । 

देवाही गोनाही नगरपालिका वडा नम्बर ३ र ४ का करिब १ सय घर ५० घरपरिवार राहतबाट बंचित भएका छन् ।प्रायः सबै जसोको घर भत्केको कसैको मर्मत गर्नु पर्ने अवस्थामा रहेका छन् । कतिले राहतको पैसो घर बनउने आशमा घर समेतउखेली सकेका छन् ।सरकारले देवाही गोनाही नपा बडा नम्ब्र ३ र ४ का २ सय आठ परिवारलाई राहत दिएका छन् । करिब बाँकी १ सय ५० घरपरिवारलाई राहत दिन साविक देवाही गाविसका पूर्व अध्यक्ष धर्मेन्द्र पटेलले माग गर्नु भएको छ । 

राहत पाउने परिवारको नामावली संकनमा स्थानीय कर्मचारीले गरेको गल्तीका कारण पीडित उपर अन्याय हुन नदीन प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापालाई पूर्व अध्यक्ष पटेलले अनुरोध गर्नु भएको छ ।

प्रमुख जिल्ला अधिकारी थापाले देवाही गोनाही नगरपालिका वडा नम्बर ३ र ४ का छुटेका पीडित परिवारको पुनः नाम संकलन गरी राहत दिनु पर्ने माग प्रति पूर्नविचार गर्ने बताउनु भयो ।बाढीबाट देवाही गोनाही नगरपालिका वडा नम्बर ३ र ४ का                 हरेन्द्र साह कलवार, जगरनाथ पटेल (परिक्षण पटेलको छोरा) रामसोगारथ राउत, उमाशंकर जयसवाल, मगनी जयसवाल, डाक बाबु भन्ने चन्द्रशेखर पटेल, जगरनाथ पटेल, बैद्यनाथ पटेल, योगेन्द्र पटेल, संर्युग राय, जगा राय सहितको घर बाढीको पानीले लडे पनि राहत नपाएको समाजसेवी विनोद पटेलले जानकारी दिनु भयो । 

घरलड्दा जगरनाथ पटेलको श्रीमतीको हात समेत भाचेको थियो । हातको उपचार गराउँदा करिब लाख रुपैया खर्च हुँदा समेत सरकारी राहत उनी नपाउँदा धेरै दुःख लागेको समाजसेवी पटेलले बताउनु भयो ।

स्थानीय कर्मचारीले आफ्ना पक्की घरमा केही पनि क्षति नहुँदा राहत लिएकोमा जनता निकै आक्रोसित                  रहेका छन् । देवाही गोनाही न.पा. ३ र ४ मा बाँकी पिडित परिवारलाई कुन विधि प्रकृयाबाट राहत वितरण गर्न सकिन्छ । त्यसका लागि उपमेयर परनिया देवीले प्रमुख जिल्ला               अधिकारीसंग माग गरेकी छिन् ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071497 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top