Krantidwar - तराईकै पहिलो फेसन सो ‘फेस अफ द तराई नेपाल’ हुने
मनोरञ्जन

तराईकै पहिलो फेसन सो ‘फेस अफ द तराई नेपाल’ हुने


मनोरञ्जन 219 पटक पढिएको न्युजर्स मिडिया


तराईकै पहिलो फेसन सो ‘फेस अफ द तराई नेपाल’ हुने

तराई मै पहिलो पटक ‘फेस अफ द तराई नेपाल’ प्रतियोगिता तथा ‘फेसन सा’े हुने भएको छ ।

कलैया, ११ मंशिर . आउदो ३१ डिसेम्बरका दिन बिरगञ्जको टाउन हलमा सो प्रतियोगिता हुने भएको हो ।

कार्यक्रमा आयोजक द साईन नेपाल ईभेन्ट एण्ड ईन्टरटेन्मेन्ट मिडिया प्रा.लि. द्धारा कलैया स्थित न्युजर्स मिडियाको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराईएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका अध्यक्ष आकाश कलवारले तराईमै पहिलो पटक हुन लागेको फेसन सो तथा फेस अफ द तराइ नेपाल प्रतियोगिताले तराई–मधेशको पहिचान तथा युवायुवतिहरुको प्रतिभालाई बिश्व सामु चिनाउन प्रभावकारी भुमिका खेल्ने जनाए । स्थानिय भेषभाषा, रहनसहनलाई फेसन सो को मार्फत बिश्वसामु प्रस्तुत गर्ने र युवायुवतिहरुको क्षमतालाई पहिचान गरि ‘फेस अफ तराई नेपाल’ को उपाधिले सम्मान गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको कलवारले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै आयोजक संस्थाका शशि दासले ‘फेस अफ तराई नेपाल’ का प्रथम हुने युवा तथा युवतिलाई नगद रु पचास हजार तथा अन्य पुरस्कार प्रदान गरिने एवम राष्ट्रिय–अन्तरराष्ट्रिय फ्यासन सो हरुमा पठाईने तथा फस्ट रनर–अप र सेकेण्ट रनर–अपलाई १२÷१२ हजार नगद तथा अन्य पुरस्कार ले सम्मानित गरिने जानकारी दिए । आगामि नयांवर्ष २०१८ को मौका छोपि आयोजना गरिनलागिएको सो प्रतियोगितामा तराई–मधेशको करिब १६ जिल्लाका प्रतियोगि सहभागि हुने दास ले जनाए । प्रतियोगिताको प्रथम चरणको अडिसन कलैया, बिरगञ्ज र जनकपुरमा गरिने दासले जानकारी दिए । कार्यक्रममा नेपालका ख्याति प्राप्त गायकहरुले संगित तथा नृत्यको समेत प्रदर्शन गर्नेछन् ।

यसैबिच न्युजर्स मिडिया एण्ड पिआर सर्भिसेस प्रा.लि. ‘फेस अफ द तराई नेपाल’को मुख्य मिडिया प्रायोजक हुने भएको छ । पत्रकार सम्मेलनमा कम्पनिका माकेटिङ्ग म्यानेजर दिनेश साहले सो बारेमा जानकारी दिएका थिए ।





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072787 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top