Krantidwar - दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग
समाज

दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग


समाज 1243 पटक पढिएको



धनुषाको जटही गाउँमा जन्मेका झाले २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेकामा २०२० माघ १५ गते फाँसी दिइएको थियो ।


जनकपुरधाम । प्रथम गणतन्त्रवादी शहीद दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरिएको छ । शहीद झाको ५५ आँैं बलिदान दिवसका अवसरमा दुर्गानन्द झा स्मारक निर्माण समितिद्वारा जनकपुरमा आयोजित समारोहका वक्ताले शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दजस्तै दुर्गानन्दलाई सम्मान दिनुपर्ने धारणा राखे । १९९९ वैशाख १४ गते धनुषाको जटही गाउँमा जन्मेका झाले २०१८ माघ ९ गते राजा महेन्द्रमाथि बम प्रहार गरेकामा २०२० माघ १५ गते फाँसी दिइएको थियो । वरिष्ठ अधिवक्ता युगलकिशोर लालले झाको बलिदानी गुलामीविरूद्ध भएको बताए । प्रा हरेकृष्ण साहले झालाई प्रथम गणतान्त्रिक शहीद घोषणा नगरी शासक वर्गले द्वैध चरित्र प्रदर्शन गरिरहेको आरोप लगाए । गणतन्त्रको घोषणापछि २०६५ असार ९ गते बौद्धिक समाजको सक्रियतामा भएको भेलाले वरिष्ठ पत्रकार राजेश्वर नेपालीको अध्यक्षतामा दुर्गानन्द झा स्मारक निर्माण समिति गठन गरिएको र समितिको मागअनुसार स्मारक निर्माण गर्न गुठी कार्यालयबाट जानकी मन्दिरको अगाडिको उद्यानमा जग्गा उपलब्ध गराइएपछि झाकी धर्मपत्नी काशीदेवीद्वारा साउन २१ गते शिलान्यास भएको थियो । शिलान्यासपछि २०६७ चैत ८ गते जनकपुर पुनरावेदन अदालतद्वारा सो स्थलमा स्मारक निर्माणमा रोक लगाइएका कारण निर्माण स्थगनमा रहेको छ । निर्माण समितिका अध्यक्ष नेपालीले स्मारक निर्माणमाथि लगाइएको रोक हालै खारेज भएको जानकारी दिँदै अब सबैको सद्भाव रहेमा झाको जन्मजयन्तीसम्ममा स्मारक निर्माण गर्न सकिने जानकारी दिए ।





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1070981 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top