Krantidwar - इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं- माधवकुमार नेपाल
राजनीति

इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं- माधवकुमार नेपाल


राजनीति 230 पटक पढिएको प्रभातकुमार झा क्रान्तिद्वार दैनिक


 इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं- माधवकुमार नेपाल



रौतहट, ७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं, अहिलेको सरकार भ्रष्टाचारीलाई कानुनी कारवाही गर्न तत्पर रहेको बताए ।

राजदेमी मिडिया सेन्टरद्धारा मंगलवार रौतहट सदरमुकाम गौरमा आयोजित “सातौं महिला साईकल दौड प्रतियोगिता” मा विजयी भएका छात्रालाई पुरस्कार वितरण गर्दै नेकपाका वरिष्ठ नेता नेपालले उक्त कुरा बताए । इमान्दार भएर जनताको सेवा गरौं, भ्रष्टाचारीलाई दण्डित गरौं, केही नेताहरुको नाम चलेको थिए तर उनीहरु अहिले भ्रष्टाचारका कारण ओझेलमा परेको बताए ।

भ्रष्टाचारको लोभमा जिवन बर्वाद नगरौं, पैसा त आउँछ पछि पछुताउनुको विकल्प नरहेको बताउदै, देशलाई सेवा गरौं जनतालाई न ठगौं, निस्वार्थ रुपमा जनताको वृहत्तर हितमा काम गर्न सुझाव दिदै केन्द्रको होस वा प्रदेशको वा स्थानीय तहका हुन् भ्रष्टाचार गर्नेलाई माफि दिने अवस्था सृजना नहुने नेता नेपालले चेतावनी दिए ।

प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघियता स्थापना भई संविधान जारी भएपनि मुख्य लक्ष्य सुखि नेपाली र विकसित नेपाल बनाउने कार्य अझै बाँकी रहेको बताउदै नेता नेपालले मुलुकलाई संघिय ढाँचामा हिडिरहेको छ तर जनताहरु सुखी एवं समृद्ध हुदैन तव सम्म नेपाल विकसित हुन नसक्ने स्पष्ट पारे । 

मुलुकमा रहेको गरिवीको समस्या समाधान, भेदभावको अन्त्य, पिछडापना अन्त्य, सवैलाई समानता र समाजिक न्यायको व्यवस्थापन नभएसम्म नेकपाको लक्ष्य पुरा नहुने बताउदै उनले वर्तमान केपी ओलीको सरकार निरन्तर रुपमा नेपालीलाई आत्मनिर्भर बनाई यो मुलुकलाई विकसित राष्ट्रको सुचीमा उभ्यान लागिपरेको बताए । 

नेकपाको सरकार भएपनि विना भेदभावपूर्ण तवरबाट सकारात्मक कार्यहरु गरिरहेको चर्चा गर्दै उनले केही कमीकमजोरी भएको होला ? त्यसलाई नकार्न सकिन्न तर धेरै सकारात्मक एवं नयाँ कार्यको थालनी गरेको छ जसबाट आम नेपाली जनतालाई प्रत्यक्ष रुपमा फायदा पुग्ने विश्वास व्यक्त गरे । 

हुलाकी राजमार्ग सम्पन्न गराउने, मध्य लोकमार्ग पुरा गराउने, पुर्व पश्चिम राजमार्गलाई ८ लेनको बनाउने योजना, मेची देखि महाकाली सम्म विद्युतीय रेलको संचालन, समाजिक सुरक्षा भत्ता, मजदुर, श्रमिकलाई सुरक्षा भत्ता, अस्पतालमा इन्सुरेन्स, वेरोजगारलाई भत्ता वा रोजगारको व्यवस्था गर्ने लक्ष्यका साथ वर्तमान केपी ओली नेतृत्वको सरकार अघि बढेको स्पष्ट पारे । वृढलाई पेन्सनको व्यस्थापन गरी महिनाको ५ हजार सम्म कायम गराउनुको साथै तराई मधेश समृद्ध योजनाहरु लागु अहिलेको सरकारको देन रहेको बताए । 

नेपाल कम्युनिष्ट पार्टीको सरकार केन्द्र सहित ६ वटा प्रदेशमा रहेको चर्चा गर्दै प्रदेश नम्वर २ मा सवैभन्दा ठूलो पार्टी नेकपा रहेको भएपनि राजपा फोरमको सरकार रहेको बताए । संख्या अंक गणितको आधारमा कुनै पनि वेला सत्ता परिवर्तन हुन सक्ने आशंका व्यक्त गर्दै जनहितमा काम गर्न प्रदेश २ का सरकारलाई सुझाव दिदै उनले नत्र भने राजनितिक गणितको आधारमा आउदो समयमा केही भन्न नकिने संकेत समेत उनले दिए ।

मुलुकलाई स्वतन्त्र बनाउन तथा राणा जहानिया शासनको अन्त्य गराउन विर नेपाली सपुतहरु आफना छातीमा गोली खाएर आएको दिनको सम्झनामा प्रजातन्त्र दिवशको रुपमा मनाउने गरेकोमा आजको दिनमा विर योद्धा सपुत प्रति श्रद्धान्जिली व्यक्त गरे । राजदेवी मिडिया सेन्टरद्धारा संचालित महिला साइकल दौड प्रतियोगिताबाट सुझाव लिएर प्रदेश सरकारले पनि बेटी बचाउ बेटी पढाउ अभियान संचालन गरेको कार्य सराहनिय रहेको बताए ।

छोरीलाई शिक्षित बनाएपनि बिहे गर्दा दाइजो दिनुपर्ने विवशता रहेकोमा दुख व्यक्त गर्दै नेता नेपालले दाइजो लिनेलाई कानुनी कारवाही गरेमा मात्र तराई मधेशबाट दाइजो प्रथाको अन्त्य गर्नुपर्नेमा जोड दिए ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फतुुआ बिजयपुुरमा सैयौ परिवारलाई निशुुल्क ग्याँस सिलिण्डर चुुल्हो बितरण

नेकपाले पार्टी एकीकरणलाई पूर्णता दिँदै १४७ सदस्यीय पोलिटब्युरो टुंगो लगाए

यथास्थितिमा संविधान सर्व स्वीकार्य हुंदैन- सांसद अनिल कुमार झा

न्यायीक समितिका सदस्यले लिए सपथ

प्रधानमन्त्रीले देशलाई मजाक बनाएको नेपाली काँग्रेसका साँसद मोहम्मद आफताव आलमकोआरोप

सांसद्लाई १० करोड होइन ५० करोड दिएपनि पुग्दैन--अनिल झा

प्रमुख र उपप्रमुख नियमानुसार नचल्दा जिल्लाको विकासमा ठूलो क्षति

नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने-सांसद अनिल झा

मुख्यमन्त्री लालबाबु राउतको बदमासी
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848027 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top