Krantidwar - गाँस, वास, कपास एवं स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवश्यक्ता पुरा गराउन कम्युनिष्टको प्रमुख सिद्धान्त नेता सिपी गजुरेल
राजनीति

गाँस, वास, कपास एवं स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवश्यक्ता पुरा गराउन कम्युनिष्टको प्रमुख सिद्धान्त नेता सिपी गजुरेल


राजनीति 15 पटक पढिएको प्रभातकुमार झा क्रान्तिद्वार दैनिक




रौतहट, १८ फागुन । देशभक्त जनतान्त्रिक मोर्चा नेपालको संयोजक सिपि गजुरेलले भ्रष्टाचारी, बलात्कारी, तस्करी, महगी र कमिशनखोरी जमातले भरिएको वर्तमान ओली सरकार चारै तर्फ असफल रहेको आरोप लगाए ।

मेचीकाली जागरण अभियानको क्रममा रौतहट आइपुगेको अवसरमा क्रान्तिकारी पत्रकार महासंघद्धारा शनिवार शिवनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै संयोजक गजुरेलले उक्त आरोप लगाएको हो ।

गाँस, वास, कपास एवं स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवश्यक्ता पुरा गराउन कम्युनिष्टको प्रमुख सिद्धान्त भएपनि वर्तमान ओली सरकार जनता माथि चर्को करको भार थप्नुको साथै भ्रष्टाचारी, बलात्कारी, कमिशनखोरलाई संरक्षण दिएर आम नेपाली जनताको कम्मर भाँच्ने काम गरेको हुँदा यीनीहरु कम्युनिष्टको मुखौटा लगाएर जनतालाई लुट्नमा व्यस्त रहेको बताए ।

गत निर्वाचनमा आकर्षक नाराहरु एवं प्रलोभनमा पारेर जनताको अभिमत लिई अहिले लोकतान्त्रिक गणतन्त्रको उपहास उडाउनमा ओली र प्रचण्ड लागिपरेको लाञ्छना लगाउदै नेता गजुरेलले बलात्कारीलाई संरक्षण दिएर समाजमा शान्ति कसरी स्थापना हुने, तस्करीलाई संरक्षण दिदा मूल्यवृद्धिलाई कसरी कम गर्ने, भ्रष्टाचारीलाई संरक्षण गरेर मुलुकलाई कसरी समृद्ध बनाउन सकिने जस्ता अहिले जनताहरु बर्तमान सरकारको १ बर्षे कार्यकाल माथि प्रश्न चिन्ह खडा गरेको उनले भने ।

केन्द्रीय सरकार, प्रादेशिक सरकार र स्थानीय सरकारद्धारा करको दायर चर्को गरेको हुँदा जन्मिने र मृत्यु हुने दुवैलाई करको भारी थुपारिएकोमा दुख व्यक्त गर्दै के यही सवैको लागि संघिय गणतन्त्रको स्थापना भएको हो ? उनले प्रश्न गर्दै लोकतान्त्रिक गणतन्त्र केही सामन्ती प्रवृतिका व्यक्तिका लागि आएकोमा यो व्यस्थालाई अन्त्य गरेमा मात्रै नेपाली जनताहरुको भलो हुने विश्वास व्यक्त गरे ।

विदेशी कम्पनीको स्वामित्व रहेको एनसेल संग ७६ अर्व राजस्व असुल्न नसक्ने जनप्रिय सरकार जो भर्खर जन्मिएको छ त्यस संग कर असुल्ने जस्ता निन्दनिय कार्य गर्ने यस्ता सरकारलाई हटाउन नसकिएको हुँदा अब पून ः जनआन्दोलन गरी मुलुकमा जनवादी गणतन्त्रको विकल्प नरहेको आवश्यक्ता औल्याउनु भयो । वाइडवडी प्रकरणमा संसदीय लेखा समितिको रिपोर्टलाई आत्मसाथ गरेर दोषिहरुलाई कारवाहीको दायरामा ल्यानुको साटो उल्टै भ्रष्टाचारीहरुलाई संरक्षण दिनमा मात्रै बर्तमान सरकार तल्लिन रहेको गुनासो उनले व्यक्त गरे ।

ओली सरकारको १ बर्षमा देशको अवस्था धेरै खराव गरिसकेको भएपनि आउदो ४ बर्षमा नेपालको अवस्था कस्तो होला ? कल्पना गर्न नसकिने प्रतिक्रिया दिदै नेता गजुरेलले ओली प्रचण्डको विकल्प खोज्न तथा लोकतान्त्रिक गणतन्त्रलाई विर्सन गरेर जनगणतन्त्रका लागि नेपालीहरु सडक संघर्षमा आउनुको कुनै विकल्प नरहेको समेत स्पष्ट पारे । एका तिर मधेशवादीहरु संविधान नमानी जलाएको अर्को तिर फोरम सरकारमा समावेश रहेको र राजपा बाहिरबाट समर्थन दिएका कारण नै अहिलेको सरकार दुई तिहाई बहुमतको सरकार बनेको जिकिर गर्दै मधेशवादीको ढुलमुले नितिका कारण मधेशी जनताहरु पहिचान र अधिकार बहिन भएको आरोप लगाए ।

प्रचण्ड कम्युनिष्ट पार्टीलाई एमालेमा मिलेर समाप्त पारेकोमा तिव्र रुपमा आक्रोश पोख्दै नेता गजुरेलले कहिल्य कम्युनिष्ट पार्टी नमानेका एमालेलाई आखिरमा त्यसैमा विलय हुनुको अर्थ जनयुद्धको मर्मलाई समाप्त पारेको उनको कथन छ । विप्लव माओवादी संग केही महिना कार्यगत एकता भएको स्वीकार्दै नेता गजुरेलले पछिल्लो घटनाक्रमबाट हाम्रो दुरी बढेको तर आवश्यक परेको खण्डमा देश हितका लागि एकताबद्ध भएर जनआन्दोलन गर्ने उनले स्पष्ट पारे ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह

गाँस, वास, कपास एवं स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवश्यक्ता पुरा गराउन कम्युनिष्टको प्रमुख सिद्धान्त नेता सिपी गजुरेल

नेकपा का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो

सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन

इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं- माधवकुमार नेपाल

गाडी किन्ने पैसाले नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियान शुरु

प्रधानमंन्त्रि केपी शर्मा ओलीको पुत्ला दहन

गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, अभिभावक र नेता बीच मित्रता अनिवार्य शर्त--सांसद प्रभु साह

प्रशासकीय अधिृकत फेर्न मन्त्रालयमा डेलिगेशन
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537142 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top