Krantidwar - शिव मठ पर राम खेलैए होली।।।
समाज

शिव मठ पर राम खेलैए होली।।।


समाज 6 पटक पढिएको क्रान्तिद्वार दैनिक


शिव मठ पर राम खेलैए होली।।।


वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावको कारण लोप हुँदै गएको छ । कल्याणपुर – १२ तिलासी बस्ने ७० वर्षीय फिरङ्गी सदा पुर्खौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुखी मनले भन्छन्, “पहिले पहिले यस्ता फागु गीत जोगिरा वसन्त ऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाउँगाउ,ँ टोलटोल घुमेर फागुपर्वको आगमन भएको बारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अब गाउँका युवा वैदेशिक रोजगारको क्रममा खाडी मुलुक गएकाले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यति मात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागुगीत नै गाइन्छ ।”

पौराणिक कथानुसार सत्ययुगमा राजा हिरण्यकश्यपु ज्यादै अत्याचारी राजा भएकाले आफूलाई देवताभन्दा ठूलो हुँ भन्ने घमण्ड गर्थे । उनका छोरा प्रह्लाद भगवान् विष्णुका परमभक्त थिए । हिरण्यकश्यपुले छोरा प्रह्लादलाई विष्णुभक्तिबाट अलग गराउन होलिकासँंगै आगामा जलाउँदा होलिका डढेर भष्म भइन् भने प्रह्लादलाई केही प्रभाव परेन । सोही परम्परालाई निरन्तरता दिँदै हिन्दू समाजमा फाल्गुण शुक्लपूर्णिमाको रातमा होलिकाको दहन गरी हर्ष बढांइँ गर्ने चलन रहिआएको भनाइ छ ।

उदास हुँदै वृद्ध गनौरी सदा भन्छन्, “होली गीतमा पहिले कामोत्सवको मर्म धार्मिक र आधुनिक विशिष्टता, जीवनको उमङ्ग, ऊर्जा, संस्कृतिको प्रकाश, परम्पराको आधार, पीरति तथा उन्मुक्ति थियो तर अब उच्छृङ्खल गीतहरु आएकाले होलीमा माधुर्य र प्रेम भाव मिसिएको गीत विरलै सुन्न पाइन्छ ।” सोही ठाउँका रामबाबु ठाकुरको गुनासो छ, “जोगिरा सर र र र।।।, कौन ताल पर ढोलक बाजे, कौन ताल मृदङ्ग।।, कौन ताल पर गौरिया नाचे, कौन ताल पर हम ।।जोगिरा सर ।।।र र र गीत सुन्न पाइएन न त मृदङ्ग ढोल डम्फाको स्वर नै सुन्न पाइयो । ”

सांस्कृतिक एवं ऐतिहासिक पर्व फागुले सदा र ठाकुरलार्ई मात्र होइन सिरहा जिल्लाको मुसहर बस्तीमा बस्ने ७० वर्षीय गुलावचन्द्र सदालाई पनि त्यति मनोरञ्जन दिन छाडिसकेको छ । छ । उहाँ भन्नुहुन्छ,“ होलीको पौराणिकता अब हराइसकेको छ । दिनहुँजसो हुने झैझगडा, रागद्वेषको कारण होली गीत गाउन नै छाडिएको छ । होलीको तर्क, दर्शन, लौकिकतालाई गम्भीरतापूर्वक नलिइएकाले अहिलेको होलीमा सङ्कीर्णता छाएको छ । अबको होली होली नभएर भोगवादी र शहरमुखी होली भएकाले यसको पौराणिकतासंँग जोडिएको होली गीत हराउँदै गइरहेको छ ।”

पहिले पहिले बूढापाकाले रात परेपछि गाउँको बीचमा रहेको चौपालमा झ्याल, मृदङ्ग, ढोल, डम्फा र तुरकी लिएर समूहगत रुपमा होली गीत जोगिरा गाउने गरेको मोहम्मद इसराइल बताउँछन् । अब त्यो समय हराएर गएको छ । अधिकांश युवा कामका लागि अरब मुलुक गएकाले होली गीत हराउँदै गएको बताउँदै वीरगञ्ज – २४ रामगढवा बस्ने शेषमन पण्डित भन्छन्, “अबको होली प्रेम र सद्भावको नभएर वैमनस्यतापूर्णतामा पुगेको छ । भाङको ठाउँमा रक्सी, प्रेम र सद्भावको ठाउँमा रागद्वेष देखापरेकाले अबको होलीको पौराणिकता र माधुर्य हराउँदै गएको छ । ”

धार्मिक तथा सांस्कृतिक दृष्टिकोणले अति महत्वपूर्ण रहेको होलीले सबै जातजातिलाई प्रभाव पारेको भए पनि होलीको रौनकता नै हराएर गएको छ । फागु पर्व सबै जातजातिले प्रेम र सद्भावका साथ मनाउँदै आइरहेका छन् । पहिलेका होली गीतमा धार्मिक तथा सद्भावको सन्देश बढी पाइन्थ्यो । अब उच्छृङ्ल गीतका सिडी चक्का बजारमा बढी पाउन थालिएको छ । यस्तो गीतमा अश्लील शब्द बढी भएको वीरगञ्ज – २४ रमगढवाका विजय पण्डितको भनाइ छ ।

मिथिलाको शहरी क्षेत्रभन्दा ग्रामीण क्षेत्रमा गाइने यस्ता होली गीतमा विशुद्ध रुपमा ग्रामीण होलीको महत्व, त्यस भेगको माटाको मन्दमन्द वासना हुने भएकाले यस्ता गीतको रक्षा गर्नु आजको आवश्यकता रहेको संस्कृतिविद्को भनाइ छ । पौराणिक होली गीतमा विषय वासना, प्रेमालाप, सीताराम र शिव पार्वतीमा केन्द्रित भएर जोगिरा गीत गाउने परम्परा थियो । अबको होली गीतमा पश्चिमी सभ्यता, उच्छृङ्खलता अश्लीलताजस्ता गीतले कब्जा जमाउन थालेकाले यसको माधुर्य समाप्त हुँदै गएको छ ।

वसन्त ऋतुको आगमनसंँगसंँगै वसन्तोत्सव पर्वका रुपमा मनाइने होली पर्वका अवसरमा गाइने जोगिरा लोप हुन थालेकाले यसको संरक्षणतर्फ मिथिला क्षेत्रमा काम गर्ने संस्था अगाडि आएर यसको पौराणिकता र सांस्कृतिक महत्वलाई संरक्षण गर्नुपर्ने संस्कृतिविद् बताउँछन् । संस्कृतविद्हरु एकै स्वरमा भन्छन्, होली यस्तो हुनुपर्छ जसमा महिला तथा पुरुष निर्धक्क भएर बाहिर निस्कन सकून् । होलीलाई एउटा यस्तो आदर्श बनाउनुपर्छ कि देश र दुनियाँले होली खेलोस् त मिथिलावासीजस्तो । जोगिरा सर।। सरररररररर।।।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पूर्व शिक्षक विजय किशोर झा रौतहट महामूर्ख (रौतहट के ढेला) घोषणा

व्यावसायिक उद्देश्यले घडेर बिक्री गर्न नपाइने

शिव मठ पर राम खेलैए होली।।।

रौतहटको दुर्गा भगवती ५ वडहर्वामा सेफ सेन्टर स्थलको निर्माण शुरु

विद्युत चुहावट नियन्त्रण टोलीले कडाइका साथ कारवाही गर्न थालेपछि रौतहट जिल्लामा विद्युत चुहावटमा कमी हुदै

वीरगन्जमा गायत्री अश्वमेध महायज्ञको तैयारीका लागि टोल. टोलबाट कलश यात्रा

अश्वमेध गायत्री महायज्ञको तयारी अन्तिम चरणमा

प्रचार प्रसार समितिका पदाधिकारीद्धारा कार्यक्रम स्थलको निरिक्षण तथा अनुगमन

ज्यो. दीपक गुरुले दुर्घटना घट्नसक्छ भनेका थिए
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537297 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top