Krantidwar - रौतहटको बडहर्वामा तराई मधेस समृद्ध कार्यक्रमबाट ३ सय ५० मिटर सडक ढलान
समाज

रौतहटको बडहर्वामा तराई मधेस समृद्ध कार्यक्रमबाट ३ सय ५० मिटर सडक ढलान


समाज 402 पटक पढिएको क्रान्तिद्वार दैनिक


 रौतहटको बडहर्वामा तराई मधेस समृद्ध कार्यक्रमबाट ३ सय ५० मिटर सडक ढलान

पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ट नेता माधव कुमार नेपाललाई स्थलगत अनुगम गराई सो सडकलाई तराई मधेश समृद्धि कार्यक्रमबाट २८ लाख ७२ हजारको योजना पहल गरि उक्त बाटोलाई हिलो मुक्त बनाएका हुन
रौतहट, १६ चैत । रौतहटको दुर्गा भगवती गाउँपालिका वडा न। ५ बडहर्वा टोल स्थित तराई मधेस समृद्ध कार्यक्रमबाट सडक ढलान कार्य आज लगतार ६ दिन देखि भईरहेको छ ।रौतहट क्षेत्र न। १ को नेकपा निवर्तमान इन्चार्ज तथा दुर्गा भगवती गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार बिरेन्द्र साहको सक्रियतामा धेरै पिछडिएको बस्ती पुरै प्रख्यात दलित नगरीको रुपमा रहेको वडा नं ५ बडहर्वामा ३ सय ५० मिटर लामो दुरी सडक ढलान बागमती खोलाको छेउमा वडा कार्यालय देखि पश्चिम गौर पिपरा जाने बाटोको सडक ढलान कार्य सम्पन्न भएको छ ।बर्षो देखि अलपत्र सडक बन्दै आएकोले बस्तीमा बास गर्ने र रौतहट सर्लाही जोडने मुख्य सडकको रुपमा रहेको छ । गाउँपािलका र वडा कार्यालयमा कुनै कामकाजको लागि जाने क्रममा बर्षायामको बेलामा दुखैदुख खेप्न बाध्य हुदै आईरहेको आम जनताको बिचमा स्थानीय नेताको रुपमा सधै गुनोसो सुन्न नसक्ने नेता साहले पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ट नेता माधव कुमार नेपाललाई स्थलगत अनुगम गराई सो सडकलाई तराई मधेश समृद्धि कार्यक्रमबाट २८ लाख ७२ हजारको योजना पहल गरि उक्त बाटोलाई हिलो मुक्त बनाएका हुन ।सडक ढलान हुदा स्थानीय जनता धेरै खुसी देखिएको छ । आफुले सके सम्म जनताको दुख सुखमा सधै सार्थि बनेर सघाउने सोच बोकेर हिडने उदेश्यले मात्र राजनितिक गरिरहेको नेता साहले बताएका छन । मधेश र मधेशी जनताको लागि सधै माया गर्ने देशमा एक मात्र पार्टी नेकपा हुन । केही राजनितिक दलले आफनो स्वार्थ पुरा गर्न जनतालाई अफवाह फैलाएर अलमलमा राख्न खोज्दै छन तर अब मधेशी जनता सबै बुझिसकेका छन ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485531 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top