Krantidwar - यस्तो छ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पारिवारिक जीवनी
राजनीति

यस्तो छ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पारिवारिक जीवनी


राजनीति 14 पटक पढिएको भुमिराज अधिकारी क्रान्तिद्वार दैनिक


यस्तो छ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पारिवारिक जीवनी


काठमाडौ । खड्गप्रसाद शर्मा ओलीको जन्म वि।सं २००८ साल फागुन ११, प्रख्यात नाम केपी 

शर्मा ओली० नेपालका राजनीतिज्ञ तथा वर्तमान ९४१ औं० प्रधानमन्त्री हुन्। राष्ट्रपति विद्यादेवी भण्डारी बाट संविधानको धारा ७६ को उपधारा २ बमोजिम २०७४ फागुन ३ गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। माओवादी पार्टी र एमाले पार्टीको एकता भए पछि उनी अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा का वर्तमान अध्यक्ष पनि हुन्।

यिनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवंम् परराष्ट्रमन्त्री समेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए।

विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्र मन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि।सं २०७२ असोज २४ गते नेपालको ३८ औं प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए। अहिले उनी नेकपाको बहुमत प्राप्त शक्तीशालि प्रधानमन्त्रीका रुपमा चिनिन्छन्।

यस्तो छ ओलीको पारिवारिक जीवनीखड्गप्रसाद ओलीको जन्म बाबु मोहनप्रसाद ओली र मधु ओलीको पुत्रको रूपमा वि सं २००८ साल फागुन ११ गते शनिबार तेह्रथुम जिल्लाको इवा गाउँमा भएको थियो। २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।

२०२८ सालको झापा आन्दोलनका प्रमुखहरु मध्येका एक थिए, त्यही वर्ष उनी जेल परेका थिए। ओली तत्कालिन नेकपा ९माले० को संस्थापक मध्येका एक हुन्। पञ्चायती व्यवस्था विरुद्धको संंघर्षका क्रममा ओली २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन यापन गरेका थिए।

ओली २०४८, २०५१ र २०५६ का आम निर्वाचनमा झापा जिल्ला क्षेत्र नं ६ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। पहिलो संविधान सभा निर्वाचन २०६४ मा भने उनी झापाको क्षेत्र नं ७ बाट पराजित भए। वि।सं २०४९ सालमा नेकपा ९एमाले० को स्थायी कमिटी सदस्ये भएका उनी २०७१ असारमा पार्टीको अध्यक्ष निर्वाचित भएका थिए। दोश्रो संविधानसभा निर्वाचन २०७० मा उनी झापा क्षेत्र नं ७ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित भएका छन्। हाल उनी नेकपाको संसदीय दलका नेता पनि हुन्।

झापामा विद्यालय जीवन सुरु गरेर ओलीले कक्षा ४ सम्मको अध्ययन गाउँमा पूरा गरेका थिए। ओली झापाको आदर्श माध्यमिक विद्यालयबाट विक्रम संवत् २०२८ साल प्रवेशिका परिक्षा ९एसएलसी० उत्तिर्ण भएका थिए। उनी पहिले देखि नै भाषण गर्दा उखान(टुक्कालाई प्रयोग गरेर हाँस्यस्वर मिसाउन खप्पिस थिए। अहिले पनि नेपाली राजनीतिमा उखान(टुक्काका नेता भनेर चिनिन्छन् प्रधानमन्त्री केपी शर्मा ओली१

ओलीलाई नजिकबाट चिन्दा

जीवनका कयौँ राजनीतिक आरोह अवरोह पार गर्दै आएका ओली राजनीतिमा प्रवेश गरे देखि नै उनी खरो स्वभाव भएका ब्यक्ती हुन्। श्रीमती राधिका शाक्य हुन्। तर ओलीका सन्तान भने छैनन्।

संक्षिप्तमा यस्तो छ ओलीको विगत

लाभको पद

– २०७४ फागुन ३ गते मुलुकको ४१औं प्रधानमन्त्री

– २०७२ असोज २४ गते ३८औं प्रधानमन्त्री

– २०६३ जेठमा गठित मन्त्रिपरिषदको उप–प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री

– २०५१ मंसीर १४ गते गठित नेपालको पहिलो कम्युनिष्ट सरकारको गृहमन्त्री

राजनीतिक यात्रा 

– आवद्ध दल–एमाले

–पार्टी अध्यक्ष –९२०७१ असार १९–२५०मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित

– २०७४– प्रतिनिधिसभा सदस्य निर्वाचित– झापा क्षेत्र नम्बर–५

– २०७०–संविधानसभा सदस्य निर्वाचित – झापा क्षेत्र नम्बर– ७

–लगत्तै एमाले संसदीय दलको नेता निर्वाचित

–२०६४–संविधानसभा सदस्यमा पराजित– झापा क्षेत्र नम्बर– ७

– २०५६– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६ र २, ९एमाले० संसदीय दलको उपनेता चयन

– २०५१–प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६

– २०४८– प्रतिनिधिसभा सदस्य– झापा क्षेत्र नम्बर–६

– विभिन्न समयमा प्रतिनिधिसभा, मन्त्रिपरिषद् र संविधानसभाबाट गठित विभिन्न आयोग र समितिका जिम्मेवारी लिएको ।

–२०२५ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीसम्बद्ध विद्यार्थी फाँटको फ्र्याक्सन कमिटीको नेतृत्व ।

– २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त ।

– २०२६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीकोे उप–सचिवको जिम्मेवारी लिएको

– २०२९ सालमा तत्कालीन नेपाल कम्युनिस्ट पार्टी झापा आन्दोलन कमिटीको प्रमुखका रुपमा जिम्मेवारी लिएको ।

– २०४४ पुस २ गतेबाट धादिङमा बसेको तत्कालीन नेकपा ९माले० को बैठकबाट केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी लिएको ।

– २०४६ मा तत्कालीन नेकपा ९माले० लुम्बिनी अञ्चल प्रमुखको जिम्मेवारी लिएको ।

– २०४७ जेठ १ गते, तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपालको संस्थापक अध्यक्ष ।

– २०४९ देखि २०७१ असार मसान्तसम्म नेकपा ९एमाले० स्थायी कमिटी सदस्य ।

जेल जीवन

– २०२७ र २०३० का बीचमा पटक पटक गरी १० पटक बढी पक्राउ

– २०३० असोज २३ गतेबाट जेल जीवन प्रारम्भ

– पहिलो पटक रौतहटको गौर जेलमा २ दिन

– त्यस पछि वीरगञ्ज थाना वीरगञ्ज जेल चलान

– २०३० मंसीर ८ गते काठमाडौंको भद्रगोल जेल चलान

– ३ दिनपछि ११ गते केन्द्रीय कारागार–गोलघर चलान

– २०३० मंसीर ११ देखि २०३२ वैशाख १६ केन्द्रीय कारागार गोलघरमा र, त्यस पछि गोलघर बाहिर

– २०३३ साउनमा नख्खु जेल चलान

– २०३३ मंसीरमा केन्द्रीय कारागार गोलघरमै

– २०३६ जेठमा गोलघर बाहिर

– २०३७ चैतमा पुनः नख्खु जेल चलान

– २०३९ माघ ३ मा पोखरा जेल चलान

– २०४२ कात्तिकमा स्याङ्जा जेल चलान

– २०४३ मंसीर ८ मा हनुमान ढोका जेल चलान

– ०४३ माघ १२ मा भद्रगोल जेल चलान

– २०४४ असार ११ मा भद्रगोल जेलबाट रिहा

– पञ्चायती व्यवस्था विरुद्ध संंघर्ष गर्दा २०२८ देखि २०४४ सम्म १४ वर्ष जेल जीवन

– अन्तिम पटक तत्कालीन राजा ज्ञानेन्द्रले चालेको २०५८ माघ १९ को ‘कू’ मा नजरबन्द।

नेपाल(चीन सम्बन्ध कायम गर्नुमा ओलीको भुमिका महत्वपूर्णप्रधानमन्त्री केपी शर्मा ओलीले अगाडि बढाएको ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई चीन र भारतका दुवै सरकारले महत्वपूर्ण ठानेका छन्। दुवै मुलुकले सरकारी स्तरमै स्वीकारेका छन्। नयाँ संविधान कार्यान्वयनमा आए पछि तीन तहको निर्वाचन सम्पन्न भई बनेको सरकारका कार्यकारी प्रमुखका रुपमा उत्तरी छिमेकी मुलुक चीनले र भारतले नेपाल र चीनको सम्बन्ध असाधारण र अभूतपूर्व भएको बताएका थिए। नेपाल(चीन सम्बन्ध विस्तार गरी सम्बन्ध समधुर बनाउन प्रधानमन्त्री ओलीको भुमिका महत्वपूर्ण रहेको छ।

स्वाभाविक रुपमा चीन हाम्रो लगत्तैको मित्रराष्ट्र मात्र होइन, एउटा भर पर्दो तथा सधैँको सहयोगी मित्र राष्ट्र हो। कुनै समस्या नभएको मित्रराष्ट्र हो र हामीलाई सहयोग गर्दै आएको मित्रराष्ट्र हो। यस भन्दा अघि सन् २०१६ को मार्चमा मैले चीन भ्रमण गरेका बेला जुन सहमति भएको थियो, जुन संयुक्त प्रेस विज्ञप्ति प्रकाशित भएको थियो।

त्यस बेलाका कुरा नै ऐतिहासिक कुरा हुन्। नेपाललाई नयाँ युगमा प्रवेश गराउने र नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने ती सम्झौता संयुक्त विज्ञप्तिले देखाएका थिए। तीनै सम्झौतालाई आगडि बढाउने र अरु थप समयानुकूल लिने हाम्रा आवश्यकता हुन् । तद अनुसार नै हामीले कुराकानी गर्यौ, हामी यथार्थमा आशावादी नहुनु पर्ने कारण नै छैन ओलीले बताएका थिए।

हामी आशावादी भएका छौँ। हाम्राबीचमा भएका थुप्रै सहमतिहरु र संयुक्त रुपमा जारी गरेको प्रेस विज्ञप्तिमा त्यो विषय उल्लेख भएको छ। सरकारी क्षेत्र र निजी क्षेत्रको लगानी अभिवृद्धि र सरकारी क्षेत्रका सहयोगका पक्षहरु सबै कुरामा हामी अगाडि बढेका छौँ । त्यसमा कोही पनि असन्तुष्ट हुनु पर्ने कारण नै छैन।

अवश्य नै यो सर्वेक्षण गरि नसकेको विषय हो। अहिलेसम्म हाम्रो इच्छामा निर्भर रहेको विषय हो। चिनियाँ राष्ट्रपति सी चिनफिङले काठमाडौँसम्म रेल पुर्याउने आफ्नो भिजनका सम्बन्धमा स्पष्ट पार्नु भएको थियो। यो रेल सिगात्से पुगेको छ, अब त्यहाँबाट केरुङ हुँदै काठमाडौँ र पोखरा तथा लुम्बिनीसम्म पुग्ने हो। अहिलेको हकमा काठमाडौँ न्यूनतम गन्तव्य हो।

यसमा मानिसहरु अनौठो के मान्छन् भने दुनियाँ कहाँबाट कहाँ पुगि सक्यो, तर हामीले इनल्याण्ड वाटरवेज ९आन्तरिक जलमार्ग० को कुरा गर्दा, नदीको बाटोबाट पानी जहाज चलाउँदा पनि अनौठो माने मान्छेले, तर हामी काम गर्दैछौँ र हामी छिटो नै शुरु गर्दैछौँ। हामीले बन्दरगाह चलाउँछौँ, पानीजहाज चलाउँछौँ भन्दा पनि अनौठो माने। हामीले वैकल्पिक मार्गहरु र पारवहनको बन्दोबस्त गर्छौँ भन्दा अनौठो माने। अरु कतिपय हामीले नेपाललाई आधुनिक युगमा स्तरोन्नति गर्ने कुरा गर्दा अनौठो माने, तर यो अनौठो मान्नुपर्ने कुरा होइन।

अबको समयमा राजनीतिक र कूटनीतिक सम्बन्धका हिसाबले प्रणाली, सामाजिक प्रबन्धका हिसाबले, सुशासनका हिसाबले अथवा आर्थिक विकासका हिसाबले कसरी अगाडि जाने नेपालरु त्यसैले मैले समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको हो। त्यो अकारण छैन । त्यसै अन्तर्गत हाम्रो रेलको सम्बन्धमा कुनै देशबाट ल्याएर हाम्रो सीमानासम्म थुतुनो मात्र घुसार्ने रेलको कुरा गरेको होइन।

पूर्व–पश्चिम रेलको कुरा, राजधानीसम्म आउने रेलको कुरा, काठमाडौँ–पोखरा जाने रेलको कुरा, काठमाडौँ उपत्यकाभित्र चल्ने रेलको कुरा, अथवा थालकोट–धुलिखेल चल्ने रेल अथवा काठमाडौँ–वीरगञ्ज चल्ने रेलको कुरा नेपाललाई आधुनिक युगमा प्रवेश गराउने कनेक्टिभिटी ९सम्पर्क सञ्जाल० हो। सम्पर्क सम्बन्धका, आवागमनका, परिवहनका सबै माध्यम र सूचना र सम्बन्धका सबै क्षेत्रलाई आधुनिक ढंगबाट विकासका लागि प्रयोग गर्नुपर्छ। त्यसो भएकाले रेलमार्गसम्बन्धी प्रश्न फेरि उठेको छ र यसको अध्ययन टुंग्याउने र कामहरु अगाडि बढाउने अवधारणामा हामी गएका छौँ।

त्यो सहमति भएको छ। हामीलाई हाम्रै उत्तरी भेगमा एक ठाउँबाट अर्को स्थानमा पुर्याउनका लागि धेरै ठूलो समस्या थियो। अथवा, उत्तरी भू–भागको एक ठाउँबाट अर्को भू–भागमा जान मात्र होइन कि, औषधि पुर्याउनु परेमा, राहत तथा उद्धारका सामग्री पुर्याउनु परेमा, महामारीको बेलामा आवश्यक सामग्री पुर्याउनु परेमा, त्यस्ता बेलामा सामान पुर्याउन अप्ठ्यारो थियो । त्यस्तो बेलामा अस्थायी रुपमा आग्रह गरेर तिब्बती राजमार्ग प्रयोग गर्ने गथ्र्यौं।

जति बेला समस्या पर्छ त्यति बेला काम शुरु गथ्र्यौँ। अब त्यो अवस्था अन्त्य भएको छ। हामीले तत् सम्बन्धमा चीनको तिब्बतको राजमार्गलाई प्रयोग गर्न सक्ने र उत्तरी भेगको कुनै पनि भेगमा हामीले सामान पुर्याउन सक्ने भएका छौँ। धैरै अनुकूलता भएको छ। अब तिब्बत सरकारका प्रमुखसँग मैले दुई पल्ट कुरा गर्दा उहाँहरु यसमा अत्यन्त सकारात्मक हुनुहुन्छ। उहाँहरुको भावना सकारात्मक छ। उहाँहरुको सहयोग सकारात्मक ढंगले सहयोगी भावनाका साथ अगाडि बढ्छ।

यो त असाधारण छ, अपूर्व छ। सन् २०१६ को सहमति र संयुक्त विज्ञप्ति असाधारण थियो। त्यसै गरेर यसले त्यसैलाई अझ अगाडि बढाएको छ। असाधारण छ, यो अभूतपूर्व छ। अवश्य नै, चिनियाँ राष्ट्रपतिज्यूसँग मेरो ३५–४० मिनेट व्यक्तिगत कुराकानी भयो। त्यस पछि ३५–४० मिनेट जति समूहमा कुरा भए। त्यस पछि सम्माननीय प्रधानमन्त्री लि खछ्याङसँग एक घण्टा वार्तास्थलमा कुराकानी भयो। एक घण्टा भन्दा बढी व्यक्तिगत रुपमा कुराकानी भए। त्यसले सम्बन्धलाई बहुआयामिक ढंगले सुदृढ गर्न बहुतै महत्वपूर्ण भूमिका खेलेको छ।

यति बेला म भन्न चाहन्छु, नेपालले कुनै हल्काफुल्का क्षणिक कूटनीति गर्न चाहेको छैन, गरिरहेको छैन, गर्न चाहि रहेको छैन। कसैले कार्ड प्रयोग गर्ने भन्ने शब्दावली प्रयोग गर्छन्, उत्तरी कार्ड, दक्षिणी कार्ड भन्ने प्रयोग गर्छन्। हामी कार्ड प्रयोग गर्ने होइन, मित्रता अगाडि बढाउन चाहन्छौँ, दुवै छिमेकीसँग।

यस भित्र कुनै कार्ड खेल्न खोजिने हाम्रो मनसाय हुन पनि सक्दैन, छँदा पनि छैन। र, हामी त्यस्ता कुरामा विश्वास गर्दैनौँ। हामी मित्रतामा विश्वास गर्छौं। हाम्रो मित्रता र हामी हाम्रा छिमेकीसँग पनि मित्रता अभिवृद्धिका लागि हाम्रो मित्रता उपयोग हुन सकोस् । हामी अरुको मित्रतामा सहयोगी हुन सकूँ, त्यो भूमिका खेल्न सकूँ भन्ने चाहन्छौँ।

व्यावहारिक रुपमा त मैले भारत भ्रमण गरेँ। त्यस पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गर्नु भयो। त्यस पछि फटाफट काम हुन थाल्यो। त्यो व्यवहारमा देखिएको छ। चीन भ्रमणका उपलब्धि पनि क्रमश स् देखिँदै जाने छन्। रेल जस्तो कुरा आजको भोलि कुनै जादु होइन, तर सर्वे तुरुन्त प्रारम्भ हुन्छ। प्रक्रिया शुरु हुन्छ। विभिन्न जलविद्युत् आयोजना, औद्योगिक पार्कहरु र उद्योगहरु तथा सहयोगका क्षेत्रहरु विस्तार हुन्छन्, काम शुरु हुन्छ। र, द्रूतगतिले काम शुरु हुन्छ। त्यसैले यी सबै कुरा प्रमाणित हुन्छ।

मानिसहरु सोचि रहेका हुन्थे, कूटनीति भनेको नबोल्नु, चुप लाग्नु हो। कतिले जे गरेपनि सहनुलाई कूटनीति ठान्ने, कतिले एक तिर ढल्कनुलाई कूटनीति ठान्ने र कतिले चिप्ला कुरालाई कूटनीति ठान्ने होइन, हामी त राष्ट्रिय हितलाई केन्द्र भागमा राखेर न्यायोचित कुरालाई केन्द्रमा राखेर, अन्तर्राष्ट्रिय कानून र अब्लिगेसन ९प्रतिवध्दता० लाई केन्द्रमा राखेर न्यायोचित ढंगले अगाडि बढ्छौँ । र, मैत्रीभावलाई सबै भन्दा मुख्य स्थानमा राखेर अगाडि बढ्छौँ भने हाम्रा नीतिहरु ठीक छन्, सही छन् । हामी यी नीतिमा सफलताका साथ अगाडि बढेका छौँ, जो व्यवहारले देखाएको छ।

नेपालमा के चाहन्छ चीन ?

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा यातायात, ऊर्जा, सुरक्षा, शिक्षा जस्ता विभिन्न विषयमा समझदारी तथा सम्झौताहरू भएका थिए।

विश्वशक्ति बन्ने महत्वाकाङ्क्षा राखेको र विशाल अर्थतन्त्र भएको चीनको नेपालमा कुन विषय र क्षेत्रमा विशेष चासो छ तरु त्यसबारे विभिन्न विज्ञहरूले पृथक धारणा व्यक्त गरेका थिए। केही महत्त्वपूर्ण विषयमा यहाँ यसरी चर्चा गरिएको छ।

सुरक्षा

चीनसँग दौत्य सम्बन्ध स्थापना भएयता नै नेपाल ‘एक चीन नीति’ को पक्षधर रहि आएको छ।तर पनि नेपालमा बेलाबखत भइ रहने भनिएका स्वतन्त्र तिब्बत पक्षधर गतिविधि र तिब्बतमा हुन सक्ने घुसपैठले चिनियाँ पक्ष सशङ्क भएको देखिन्छ। नेपालमा गर्ने भनिएका लगानीहरूका लागि थप नाकाहरू खोल्दा त्यो चुनौती झन् बढ्ने देखिन्छ स्

गेजा शर्मा वाग्ले, सुरक्षा मामिला विज्ञ

‘नेपालमा गर्ने भनिएका लगानीहरूका लागि थप नाकाहरु खोल्दा त्यो चुनौती झन् बढ्ने देखिन्छ,’ सुरक्षा मामिला विज्ञ गेजा शर्मा वाग्लेले भनेका थिए।

त्यस माथि विश्वशक्ति बन्ने महत्वाकाङ्क्षा रहेको चीनलाई तिब्बतकै कारण देखाएर मानवाधिकार जस्ता विषयमा जति खेर पनि प्रश्न उठ्न सक्ने हुँदा उनीहरूको सुरक्षा चासो पहिले भन्दा पनि बढेको छ।’नेपाल(चीन सीमा १,४१५ किलोमिटर लामो छ। नेपालसँग जोडिएको चीनको सम्पूर्ण भूभाग तिब्बत हो।

बजार

चीनका तटीय सहरहरू अन्तर्राष्ट्रिय व्यापारका लागि नाकामा रूपान्तरित भएका छन्। त्यससँगै तिनको विकास पनि भएको छ। उन्नाइसौँ कङ्ग्रेसबाट भने अल्प विकसित मुलुकसँगका सम्बन्धलाई पुर्न परिभाषित गरेर अगाडि बढ्नुपर्छ भन्ने धारणा आएको छ।

टंक कार्की, चीनका लागि नेपालका पूर्वराजदूत

तर विशाल चीनका भित्री सहरहरू भने तटीय क्षेत्रका तुलनामा कम विकसित रहेको बताइन्छ।

गत अक्टोबरमा चिनियाँ कम्युनिस्ट पार्टी ९सीपीसी० को १९औँ कङ्ग्रेसमा दिइएको मन्तव्यमा समेत चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना भित्री र पश्चिमी भेगको विकासका लागि यथासम्भव काम गरिने बताएका थिए।

सीले इङ्गित गरेका क्षेत्रमा तिब्बत, सिचुवान, युनान लगायतका प्रान्त पनि पर्छन्। तिनसँग नेपालको व्यापार सबै भन्दा बढी छ।

अध्ययनहरूले देखाए अनुसार उत्तर भारतका सहरहरूमा पारवहन गर्न समुद्री मार्ग प्रयोग गर्नुभन्दा नेपालबाट हुने बाटो प्रयोग गर्नु चीनका निम्ति दूरीका हिसाबले करिब तीन गुणाले कम हुन्छ।

चीनले नेपालका अतिरिक्त भारतका धेरै जनसङ्ख्या भएका उत्तर प्रदेश, विहार जस्ता प्रान्तलाई समेत आफ्नो बजारको रुपमा हेरेको छ।

छिमेकमा प्रभुत्व

खुलापन पछिको एउटा कालख‌ण्डमा विश्वका ठूला शक्तिसँगको सहकार्यमा केन्द्रित रहेको चीनले विश्वशक्ति बन्ने दौडमा रहेको पछिल्लो समयमा भने ‘चीनको उदयसँग छिमेकीहरू जोडिने’ भन्दै उनीहरूलाई प्राथमिकतामा राख्न थालेको चिनियाँ सरकारी दस्तावेजहरूमा पाइन्छ।चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्की भन्छन्, ‘उन्नाइसौँ कङ्ग्रेसबाट अल्पविकसित मुलुकसँगका सम्बन्धलाई पुनर्परिभाषित गरेर अगाडि बढ्नुपर्छ भन्ने धारणा आएको छ।’ दक्षिण एशियामा समेत चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले नेपाल र अफगानिस्तानबाहेक अन्य देशमा भ्रमण गरिसकेका छन् जहाँ चिनियाँ सहयोग निकै बढेको पाइन्छ। भुटानसँग चाहिँ उसको दौत्य सम्बन्ध नै छैन।

सफ्ट पावर विस्तार

सन् २०१७ मा नेपालमा एक लाख चार हजार भन्दा बढी चिनियाँ पर्यटकहरू हवाईमार्गबाट आएको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ। एक दशक अघिसम्म सो सङ्ख्या तीन गुणा भन्दा कम थियो।

प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षी लीबीच बिहीवार भेटवार्ता भएको थियो

नेपालमा छायाङ्कन भएका चिनियाँ चलचित्र एवम् वृत्तचित्र, नेपालका लागि बढेको हवाई सञ्जाल र चिनियाँ भाषा जानेकाहरू नेपाली पर्यटन व्यवसायमा भित्रिरहँदा चीनको ‘सफ्ट पावर’ का पदचापहरू बढि रहेका छन्।चिनियाँ भाषाका स्वयंसेवकहरू मार्फत् काठमाण्डूका एक सयभन्दा बढी स्कुलका प्राथमिक तहमा मात्रै पनि चिनियाँ भाषा कक्षा चलि राखेको छ।

बेइजिङस्थित हल अफ दि पिपलमा चिनियाँ जनकङ्ग्रेसका स्थायी समितिका अध्यक्ष ली झाङ्सुसँग भेटवार्ता नेपालका प्रधानमन्त्री ओली नेपाल आउने भनिएको चिनियाँ रेल जस्ता ठूला पूर्वाधारले जनस्तरको सम्बन्धलाई अझ बढाउने विज्ञहरूले बताएका थिए।

मुलुक सङ्घीयतामा गए पछिको पहिलो प्रधानमन्त्रीको रूपमा सपथ लिएका केपी शर्मा ओलीले भारत र चीन जस्ता नजिकका छिमेकीसँगको सम्बनधलाई सन्तुलित बनाएका छन्। नेपाली जनताको सपना पुरा गर्दै देशमा सुसासन र समृद्धि ल्याएका छन्। नेपाली राजनीतिमा केपी शर्मा ओली युग पुरुष हुन्। अन्तत स् तिन करोड नेपाली जनताहरुको सपना पुरा गर्ने लक्ष्य लिएका ओलीले पुरा गर्दै आएका छन् ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



यस्तो छ प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको पारिवारिक जीवनी

कम खर्चमा बढी बिकास गर्ने लक्ष्य राखेको छु = नगरप्रमुख धीरेन्द्र कुमार सिंह

गाँस, वास, कपास एवं स्वास्थ्य शिक्षा जस्तो आधारभुत आवश्यक्ता पुरा गराउन कम्युनिष्टको प्रमुख सिद्धान्त नेता सिपी गजुरेल

नेकपा का पार्टी कार्यालय रौतहटका झण्डा झुकाइयो

सैधान्तिक तथा राजनीतिक आमसभाको लागि प्रचार प्रसार समिति गठन

इमान्दार भएर विकास निर्माणको कार्यमा लागौं, भ्रष्टाचार नगरौं- माधवकुमार नेपाल

गाडी किन्ने पैसाले नगरभित्रका फुसको छाना भएका घरमा जस्तापाता लगाईदिने अभियान शुरु

प्रधानमंन्त्रि केपी शर्मा ओलीको पुत्ला दहन

गुणस्तरीय शिक्षाका लागि विद्यार्थी, शिक्षक, अभिभावक र नेता बीच मित्रता अनिवार्य शर्त--सांसद प्रभु साह
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

628311 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top