Krantidwar - महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ ?
मनोरञ्जन

महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ ?


मनोरञ्जन 26 पटक पढिएको क्रान्तिद्वार दैनिक


महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ ?

अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ

काठमाडौं । समाजमा जव केटाकेटीको उमेर उर्किदै जान्छ तब आफ्ना अविभावकहरुलाई जिन्ता हुन्छकी आफ्ना छोराछोरीको बेलैमा विहे गरिदिन पाए आनन्द हुन्छ । उमेर पुगेका पुरुषहरु पनि आफ्नो जीवनसाथीको परिकल्पना गर्दन् । अप्सरा जस्ती चिटिक्क जिउडाल मिलेकी सुन्दरयुवती प्राय सबै पुरुषको रोजाइमा पर्ने गर्छन् ।

महिला पनि आफू सुन्दर देखिन कम खाना खाने अर्थात ‘डाइटिङ’ गर्छन् । तर मार्टेनियामा सुन्दरताको परिभाषा फरक छ । यहाँ मोटाघाटा महिला सुन्दर मानिन्छन् । विवाहका लागि पनि मोटीलाई नै रुचाइन्छ ।

अफ्रिकाको उत्तर पश्चिमी मुलुक मार्टेनियामा विवाहका लागि मोटी केटी पाउनुलाई भाग्यको रुपमा लिइन्छ । यसले विविह पछि सम्पन्नता ल्याउने विश्वास समेत गरिन्छ । त्यसैले यहाँका महिलालाई मोटाउन दवाव दिइन्छ ।

जव बालिका आठ, नौ वर्षका हुन्छन्, उनीहरुलाई विवाह योग्य बनाउन आवश्यक भन्दा धेरै खुवाउने गरिन्छ । यदि खान नमानेमा कुटेर भए पनि खुवाइन्छ । यहाँ महिला जति धेरै मोटी हुन्छन्, त्यति नै सुन्दर मानिन्छ । एघारौं शताब्दिेखि सुरु भएको यो मान्यता अहिले पनि कायम छ ।

महिला मोटो हुनुले उनीहरु सम्पन्न खानदानमा गनिन्छ । यो मान्यताले लोकप्रियता पाएको मार्टेनियामा विवाहका लागि पनि केवल मोटी केटीलाई नै मन पराईन्छ । यसक्रममा महिलालाई १६ हजार क्यालोरी खुवाइन्छ । –एजेन्सी




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1073033 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top