Krantidwar - जनकपुरधाममा पाग रैली, १० जिल्लाका व्राह्मणहरुको सहभागिता
समाज

जनकपुरधाममा पाग रैली, १० जिल्लाका व्राह्मणहरुको सहभागिता


समाज 443 पटक पढिएको क्रान्तिद्वार दैनिक


जनकपुरधाममा पाग रैली, १० जिल्लाका व्राह्मणहरुको सहभागिता

दूई हजार भन्दा बढीको सहभागिता रहेको सो रैलीको आयोजना मैथिली ब्राह्मण महासभाले गरेका थिए

जनकपुरधाम,  । मैथिल टोपीका रुपमा चर्चित पाग लगाएर जनकपुरधाममा रैली निकालिएको छ । दूई हजार भन्दा बढीको सहभागिता रहेको सो रैलीको आयोजना मैथिली ब्राह्मण महासभाले गरेका थिए ।जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरको प्रागंणबाट निकलिएको सो रैली नगरको विभिन्न भागको परिक्रमा गरी जनकपुर उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको थियो । मैथिली ब्राह्मण महासभाका अध्यक्ष भगवान झाको नेतृत्वमा निकालिएको सो रैलीमा पूर्व मन्त्री एवं राष्ट्रिय जनता पार्टीका नेता अनिलकुमार झा र पूर्वमन्त्री एवं नेकपाका नेता यदूवंश झाको सहभागिता रहेको थियो ।जनकपुरको हरेक समारोहमा पागले सम्मान गरिने केहीवर्षदेखि परम्परा शुरु गरिएको छ । बाहिरबाट जनकपुरधाम आउनेहरु पनि कोशेलीको रुपमा पाग लग्ने भएकाले यसलाई अझै बढाउन यसप्रकारको कार्यक्रम गरिएको मैथिली ब्राह्मण महासभाका अध्यक्ष भगवान झाले बताए ।समारोहमा पागको महत्व एवं मैथिली पहिचानको सबालमा वक्ताहरुले बोलेका थिए । पूर्व मन्त्री एवं राष्ट्रिय जनता पार्टीका नेतासबै जातीहरु संगठित भइरहेकाका बेला ब्रह्मणहरुपनि संगठित हुनु आवश्यक्त रहेको तर समाजमा रहेका बिक्रितीलाई समाप्त पार्ने दिशामा कार्य गर्नुपर्ने उल्लेख गर्नुभयो ।समारोहमा १० जिल्लाका मैथिल व्राह्मणहरुको सहभागिता रहेको थियो ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



दुर्गानन्द झालाई राष्ट्रिय विभूति घोषणा गर्न माग

सुन्दर सावित्री स्मृति पत्रकारिता पुरस्कार विजय कुशवाहालाई प्रदान

खुल्ला मञ्चमा २१४५ औं लोसार महोत्सव

खुल्ला दिसामुक्त क्षेत्रमा गरिएको लगानी बालुवामा पानी - चन्द्रीका सिंह

ज्योति डिष्टीलरीको इट्टा - इट्टा बोकेर ल्याउने - विधायक यादवको चेतावनी

स्थानिय तहमा प्रशुती गराउने वर्षौ देखीको चाहना पुरा हुने

मधेशमा न्यानो बाड्दै धुर्मुस

साहस नेपालको विभिन्न कार्यक्रमको गरिएको छ अनुगमन

महोत्तरीमा सन् २०१७ मा ३सय ४ मानव अधिकार उल्लंघनका घटना
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071271 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top