Krantidwar - प्रचण्डले भने प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्
समाज

प्रचण्डले भने प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्


समाज 149 पटक पढिएको क्रान्तिद्वार दैनिक


 प्रचण्डले भने प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन्

‘प्रदेश २ मा हाम्रो पार्टी नेकपा सबैभन्दा ठूलो पार्टी हो प्रचण्डले भने

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रदेश २ मा नेकपाले सरकार बनाउने बताएका छन् ।

ललितपुरको खुमलटारमा पार्टी प्रवेशको कार्यक्रमलाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले प्रदेश २ मा नेकपा सबैभन्दा ठूलो पार्टी भएको नेताले सरकार पनि नेकपाले नै बनाउनुपर्ने बताए । उनले प्रदेश २ मा बेथिति र अराजकता मौलाएको बताउँदै यसबाट बचाउन पनि नेकपाले सरकार बनाउनुपर्ने बताए ।प्रदेश २ को विकासका लागि नेकपाले अब नेतृत्व लिने उनको भनाइ थियो । ‘प्रदेश २ मा हाम्रो पार्टी नेकपा सबैभन्दा ठूलो पार्टी हो’, उनले भने, ‘प्रदेश २ को सरकार र मन्त्रीहरू भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । अब सरकारको नेतृत्व नेकपाले लिन्छ ।’प्रदेश दुईमा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपाल राजपाले संयुक्त रुपमा सरकार बनाएका छन् । मुख्यमन्त्री संघीय फोरमका नेता लालबाबु राउत रहेका छन् ।

प्रचण्डको यो अभिव्यक्तिले संघीय फोरमको नेतृत्वमा रहेको प्रदेश २ को सरकार ढल्ने खतरण बढेर गएको छ । पछिल्लो पटक मन्त्रीहरूले बजेट आफ्ना नातेदारहरूलाई नामै तोकेर दिएपछि विवाद र आलोचना हुँदै आएको थियो ।

केन्द्रमा उपेन्द्र यादव नेतृत्वमा संघीय फोरम कम्युनिस्ट सरकारमा सहभागी भएको छ । प्रदेश २ को समीकरणका बारेमा भने प्रचण्डले केही भनेका छैनन् । प्रदेश २ मा नेकपा एक्लैले सरकार बनाउन सक्दैन । सरकार बनाउन नेपाली कांग्रेस, संघीय फोरम वा राजपा नेपालको समर्थन आवश्यक पर्छ । कांग्रेसले सरकारमा नजाने यसअघि नै जनाइ सकेको छ ।

यसैबीच, तत्कालीन मधेसी जनअधिकार फोरम नेपालबाट अलग भएको मधेश तराई फोरम नेपाल र सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा बिलय भएको छ ।

प्रचण्डको निवासमा मंगलबार अमर यादव अध्यक्ष रहेको फोरम नेपाल नेकपमा बिलय भएको हो ।

मधेशका १७ जिल्लामा संगठित रहेको तराई फोरम नेपालले गत प्रतिनिधि सभा चुनावमा भाग लिए पनि कुनै ठाउँमा जित्न सकेको थिएन् । तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा कोषाध्यक्ष रहेका अमर यादव मधेश आन्दोलनमा सक्रिय भएर लागे पनि सत्ताको लागि दुरुपयोग भएको भन्दै उपेन्द्र यादव नेतृत्वको फोरम नेपाल छाडेका थिए ।

क्षेत्रीय राजनीतिबाट मधेसको समस्या समाधान नहुने भन्दै फोरम नेपालका अमर यादवले मधेशमा समस्या समाधानका लागि नेकपासँग पार्टी समायोजना गरिएको बताए ।

अमर यादवसहित ईशनाथ नगरपालिका रौतहट कांग्रेसका मेयर सन्तोष मेहत्ता र राजपाबाट रौतहट ३ का उम्मेदवार ओमप्रकाश जयसवाललगायतका स्थानीय नेताहरू पनि नेकपामा प्रवेश गरेका छन् ।

प्रचण्डले उनीहरूलाई टीका लगाई नेकपामा प्रवेश गरेका छन् ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071971 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top