Krantidwar - बिधालय भवन निर्माण गुुणस्तर हिन,प्रधानाध्यापक द्धारा लाखौ अनियमितता
समाज

बिधालय भवन निर्माण गुुणस्तर हिन,प्रधानाध्यापक द्धारा लाखौ अनियमितता


समाज 20 पटक पढिएको संजय मिश्रा क्रान्तिद्वार दैनिक




रौतहट । जिल्लाको मौलापुर नगरपालिका स्थित एक सामुुदायीक बिधालय भवन निर्माणमा गुणस्तरहिन सामग्रीको प्रयोग भएको छ ।

मौलापुर नगरपालिका ९ सोनरनिया माध्यामिक बिधालयमा हालै निर्माण भएको चारकोठे भवनमा गुणस्तरहिन सामग्रीको प्रयोग भएको छ भने प्रधाना ध्यापकले ठुलो अनियमितता गरेको स्थानियले आरोप लगाएका छन  ।

जिल्ला शिक्षा कार्यालय बाट जन शहभागिता सहीत प्राप्त ४२ लाख रुपैयाको लागतमा चारकोठे भवन निर्माणमा प्रधानाध्यापक रामएकवाल यादवले गुुणस्तरहिन सामग्रीको प्रयोग गरी लाखौं अनियमितता गरेको स्थानिय जन प्रतिनिधी तथा अभिभावकहरुले दावी गरेका छन ।

बिधालय ब्यवस्थापन समिति तथा भवन निर्माण समिति मार्फत बिधालयभवन निर्माण हुनुुपर्नेमा त्यसो नगरी प्रअ यादवआफै मालिक बनेर मनपरी गरेको बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले बताएका छन ।

अध्यक्ष यादवले चारकोठे भवन निर्माण बारे बिधालयले आफुुलाई कहिलै बोलाएन,कुनै सुचना दिएन र मैले कुनै निर्णयमा हस्ताक्षर पनी नगरेको बताए ।

भवनको निर्माणका लागी कहाँ बाट कती पैसा आयो कसरी निर्माण गर्ने बारे कुनै सलाह नगरी प्रधानाध्यापक यादव  भवन निर्माणको कमजोर काम गरेर लाखौंरकम अनियमितता गरेको समितिका अध्यक्ष यादवले टिप्पनी गरेका छन ।

  प्रधानाध्यापक यादवले बिधालय भवन निर्माणमा पुर्ण लापरवाही गरेको मौलापुर नगरपालिका ८ सोनरनियाका वडा अध्यक्ष बसन्त यादवले आरोप लगाएका छन ।

भवन निर्माणको स्टिमेट बिपरित गुणस्तरहीन सिमेन्ट,रड,बालुुवा,र कमजोर काठको झयाल ढोका प्रयोग गरेर भवन निर्माण गराएर आर्थिक अनियमितता गरेको वडा अध्यक्ष यादवको दावी रहेको छ ।

नव निर्मित भवनको कोठामा तल तल ठाँउ ठाँउमा पलास्टर चर्कि रहेको भरयांगमा पलास्टर छैन र ढोका झयालमा सालको काठ प्रयोग हुनुुपर्नेमा प्रधानाध्यापक यादवले  कुुकाठ प्रयोग गरेको वडा अध्यक्ष बसन्त यादवले बताए ।

वडा अध्यक्ष बसन्त यादव,बिधालय ब्यवस्थापन समितिका अध्यक्ष राजाराम यादवले भवनको स्तरियता छानबिन र भवन निर्माणमा भएको अनियमितता छानबिनका लागी नियमनकारी निकायले चासो लिनुुपर्ने आग्रह गरेका छन ।

बिधालयका प्रधानाध्यापक रामएकवाल यादवले जिल्ला शिक्षा कार्यालयले खातामा पैसा पठाई सकेपछी भवन निर्माणको जिम्मा बिधालयको हुन्छ । 

भवन निर्माणका लागी पटक पटक बोलाउदा बिधालय ब्यवस्थापन समितिका पदाधिकारीहरु न आएको कारण बाध्यभई आफनै अग्रसरतामा भवन निर्माण गराएको प्रअ यादवले बताए ।

भवन निर्माणमा कुनै प्रकारको गुणस्तरहिन सामग्रीको प्रयोग नगरेको उनको दावी छ । 





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1070930 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top