Krantidwar - पिता को घर जान ईशा देओललाई ३४ वर्ष लागे
मनोरञ्जन

पिता को घर जान ईशा देओललाई ३४ वर्ष लागे


मनोरञ्जन 19 पटक पढिएको क्रान्तिद्वार दैनिक


पिता को घर जान ईशा देओललाई ३४ वर्ष लागे

धर्मेन्द्रका जेठा छोरा सनी देओल अहिले अभिनेताबाट नेता भएका छन्

मुम्बई । आफ्नो पिता अभिनेता धर्मेन्द्रको घर जान ईशा देओललाई ३४ वर्ष लागेको खुलासा भएको छ । ईशा देओल धर्मेन्द्रकी कान्छी पत्नी हेमा मालिनीकी छोरी हुन् । कान्छीको रूपमा भित्रिएपछि हेमा छुट्टै फ्ल्याटमा बस्दै आएकी थिइन् । सौतेला दाजु सनी देओलले बहिनी ईशालाई घर ल्याउन चाँजोपाँजो मिलाएका थिए ।

धर्मेन्द्रका जेठा छोरा सनी देओल अहिले अभिनेताबाट नेता भएका छन् । उनले हालै भएको लोकसभाको निर्वाचनमा गुरदासपुर क्षेत्रबाट विजयी भएका छन् । जितको खुसीयालीमा ईशाले ट्विट गर्दै सनीलाई बधाई दिएकी छिन् । त्यसो त हेमाले पनि मथुरा क्षेत्रबाट लोकसभाको निर्वाचनमा दोस्रो पटक जितेकी छिन् ।

सनी देओलको आफ्नी सानी आमा हेमा र सौतेली बहिनीहरूसँग सम्बन्ध राम्रो नभएको बताइन्छ । तर समयक्रममा उनले रिस बिर्सिए । रामकमल मुखर्जीको पुस्तक ‘हेमा मालिनी स् बियोन्ड द ड्रिम गर्ल’ मा सन् २०१५ मा मात्रै ईशाले पिताको पुख्र्यौली घर टेकेको भनिएको छ । त्यसबेला उनी ठूलीआमा प्रकाश कौरसँग पनि भलाकुसारी गरिन् । परिवारका एक सदस्य गम्भीर बिरामी भएपछि भेटघाटको लागि समय जुरेको थियो ।

हेमा मालिनी भने धर्मेन्द्रको पुख्र्यौली घरमा अझैसम्म नगएको बताइन्छ । जबकि एलेभेन रोड हाउसस्थित हेमाको फ्ल्याट र धर्मेन्द्रको पुख्र्यौली घरको दूरी जम्मा पाँच मिनेटको छ । ईशा देओललाई पाँच मिनेटको दूरी पार गर्न ३४ वर्ष लाग्यो । ईशाको जन्म सन् १९८१ मा भएको थियो । तिनी २०१५ मा मात्रै पिताको घर गएकी थिइन् । ईशा देओलले ‘किल दैम यंग’, ‘केकवाक’लगायत केही सिनेमामा अभिनय गरेकी छिन् । 



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072636 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top