Krantidwar - गणतन्त्रको नाममा यो लुटतन्त्र कहिले सम्म ?
विचार/विश्लेषण

गणतन्त्रको नाममा यो लुटतन्त्र कहिले सम्म ?


विचार/विश्लेषण 45 पटक पढिएको सुर्य बराल क्रान्तिद्वार दैनिक


गणतन्त्रको नाममा यो लुटतन्त्र कहिले सम्म ?


 आज गणतन्त्र दिवस, देशमा राजतन्त्र फालेर गणतन्त्र ल्याएको पनि आज १२ बर्ष भईसकेको छ । तर गणतन्त्र आएको यत्तिका समय भईसक्दा पनि देशमा कुनै सुधारको संकेत छैन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउन स्वंय काँग्रेस कम्युनिष्ट भन्नेहरु नै लागेको देख्दा आम मानिसहरु दुःिखत छन् । अझ दुख लाग्दो कुरा त् जनताले रगत बगाएर ल्याएको यो ब्यबस्थामा पनि नेताहरुको चरित्र र कार्यशैली उहि पुरानै रहनु, राज्यसत्ताका तिनै अङ्ग कार्यपालिका(सरकार),ब्यबस्थापिका(संसद) र न्यायपालिकामा बिगतको भन्दा बढी भ्रष्ट्रचार मौलाउदै जानु, कर्मचारीतन्त्र, प्रहरी, प्रशासन लगाएतका सरकारी कार्यलयहरुमा घुसतन्त्र र लुटतन्त्र मौंलाउदै जानु, देशमा महङ्गी गरिबी, अभाव उस्तै रहनु मात्र होईन झन बिकराल बन्दै गईरहेको छ । शुसासन कुन चराको नाम हो सरकारलाई थाहै नभएको जस्तो देखिन्छ । देशमा बिधमान निती, नियमहरुमा सुधार गर्नुको साथै बेथितीलाई नियन्त्रण गर्नुपर्ने सरकारका मन्त्रीहरु, तिनका आसेपासे र सत्ताधारहिरुका अरिङ्गालहरु उल्टै कस्ले धेरै लुटने भन्ने प्रतिस्प्रधा गरिरहेका छन् । सरकार, प्रशासन, प्रहरी, कर्मचारी र समाजमा सबैभन्दा भ्रष्ट्र र बदनामहरुलाई पुरस्कृत गर्ने कार्यलाई ओली सरकारले बढवा दिएको प्रष्ट देखिन्छ । शान्ती प्रक्रियामा रहेको त्रुटीलाई सच्चाएर यो प्रक्रियाबाट बाहिर रहेका बैध, बिप्लब लगाएतका शक्तिहरुलाई राजनितीको मुलधारमा ल्याउन सरकारको कुनै स्पष्ट कार्ययोजना देखिदैन । बर्तमान सरकार र राजनितीक दलहरुलाई के हेक्का हुन जरुरी देखिन्छ भने बिगतको जनयुद्धकालिन सम्पूर्ण शक्ति यो प्रक्रियामा सामेल छैन् । शुरुबाटै प्रक्रियामा त्रुटी भएको बिषयमा बहसहरु भईरहेकै छ । त्यो शक्ति राजनितीको मुलधारमा नआएको अवस्थामा दिगो शान्तीको बाताबरण नै बन्न सक्दैन् । दिगो शान्ती बिना न त् यहाँ लगानी आउनेछ न त् हामीसँग भएको पुँजीलाई हामी निर्धकसँग लगाउन सक्छौं । यस्तो अवस्था रहे बाहिरबाट त् छाडौं देशमा रहेको पुँजी समेत बाहिरिने खतरा आँउछ ।  गणतन्त्रका यतिका बर्ष हामीले संबिधान र संघियतामा फालेका छौ जो त्यति धेरै अर्थपूर्ण देखिदैन् । यतिको संबिधान बनाउन केही बिज्ञको केही महिना नै काफी हुन सक्थ्यो तर राजनितीक खिचातानी र बेकारको नाटकमा समय बेतित गरेर बल्लतल्ल एक थान संबिधान त् ल्याए दलहरुले तर त्यस्ले पनि देशको बर्तमान समस्यालाई हल गर्ने अवस्था देखिदैन् । 

संघियता हाम्रो जस्तो सानो, गरिब र बिश्वका ठुला तथा शक्तिशाली राष्ट्रहरुसँगको खुला सिमा भएको र शक्तिराष्ट्रहरुको नजर परिरहेको मुलुकमा अफाफसिद्ध भईसकेको छ । जतिसक्दो छिटो संघियतालाई खारेज गर्नु देशको लागी हितकर देखिन्छ । यो मुद्धा आम जनजाती र केही राजनितीक दलका नेताहरुको बिचमा डलरबादीहरुले फैल्याएको  मृगतिष्णारुपी भ्रम मात्र हो भन्ने कुरा आज आम जनमानसको संघियताप्रतिको असन्तुष्टि र हाम्रो अहिलेसम्मको अभ्यासले प्रमाणित गरिसकेको छ ।  

अर्को गणतन्त्रमा आंलककारी राष्ट्रपतिलाई अनावश्यक सुबिधा र राज्यलाई भार पर्ने गरी जुन कार्यहरु भईरहेका छन् । त्यो गलत छ । मुख्य कुरा त् मदन भण्डारीको हत्यारा पत्ता नलागेको स्थितीमा बिधा भण्डारीको यदी नैतिक्ता थियो भने त्यो पदमा बस्न हुदैन थियो । बसिहाले पनि हत्यारा पत्ता लगाउनसक्नुपथ्र्यो तर पदलोलुपता दर्शाउदै बिधा भण्डारी ज्यू महामहिम दोश्रो कार्यकालको लागी समेत राष्ट्रपति बन्नु भो त्यो थप लज्जा र गणतन्त्रकै मजाक थियो जो ईतिहासले एक दिन पुष्टि गर्ने नै छ । राष्ट्रपतिको कारणले पनि गणतन्त्र बदनाम हुने अवस्थामा आईपुगेको आम बिश्लेषण छ । हुन त् मैले यो भन्दै गर्दा अरिङ्गालहरुले मलाई पनि डस्न सक्छन तर म प्रतिरोध मानसिक्ताको साथ यो निचोडमा पुगेको छु । 

बिगतका सरकारहरुको कारण पनि गणतन्त्र बदनाम भएको हो । त्यस्मा एक नम्बरमा काँग्रेश सभापति शेरबहादुर देउवा पर्दछन् । काँग्रेसजनहरु चुनावमा पछारिनुको एउटा कारण नै शेरबहादुर देउवाको सरकार हो । जस्ले भ्रष्ट्रचार र अनियमिततामा अहिलेको सरकारकै हाराहारीमा हर्कतहरु गरेको थियो । काँग्रेश पार्टीमा शेरबहादुरको नेतृत्वमा रहेसम्म थप पतनको खाडलमा जान्छ, जुन आगामी दिनले थप प्रष्ट पार्नेछ । 

मधेशवादी दलहरु पनि गणतन्त्रलाई बदनाम गराउने कार्यमा भुमिका खेलिरहेका छन् । हिजो राजाको शासन हुँदा कम्तिमा एउटा डर थियो जो खुलम खुल्ला देशको बिरुद्धमा बोल्न सक्दैन थिए तर आज कतिपय मधेशवादी दलहरु नाङ्गै बिदेशी मुख्यतः भारतीय सत्ताधारीको चाकडी गर्दै नेपाल बिरोधी गतिबीधी गरिरहेका छन् । 

अन्य दलहरु जसरी भारतीयलाई रिझाउन लागीपरेका छन्,यिनीहरु पनि नेहरु डक्ट्रीनको एक हिस्साको रुपमा काम गरिरहेका छन् । पुर्ब राजाका रुपमा राज्यको श्रोत साधन र सुरक्षा लिएर बसेका ज्ञानेन्द्र शाह र तिनका सर्मथक शुभचिन्तकहरु पनि जसरी हुन्छ गणतन्त्रलाई बदनाम गर्न लागीरहेका छन् । आफुलाई राजतन्त्रवादी भन्ने कमल थापाहरुलाई सरकारमा ल्याई राख्दा पनि गणतन्त्र थप बदनाम भएको हो । जेलमा कोच्नुपर्नेहरुलाई नै सम्मान, सुरक्षा र गणतन्त्रको महत्वपूर्ण पद दिएपछी गणतन्त्रको बदनाम हुनु स्वभाविकै हो । 





कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071368 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top