Krantidwar - अदृश्य शक्तिका कारण नगरपालिकाको विकास निर्माण कार्य प्रभावित : नगरप्रमुख धर्मेन्द्र पटेल
राजनीति

अदृश्य शक्तिका कारण नगरपालिकाको विकास निर्माण कार्य प्रभावित : नगरप्रमुख धर्मेन्द्र पटेल


राजनीति 45 पटक पढिएको क्रान्तिद्वार दैनिक २०७६ पौष २६ बिहिवार


अदृश्य शक्तिका कारण नगरपालिकाको विकास निर्माण कार्य प्रभावित : नगरप्रमुख धर्मेन्द्र पटेल


गौर,जेठ २५ गते ।रौतहटको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्र पटेलले अदृश्य शक्तिका कारण नगरपालिकाको विकास निर्माण कार्य प्रभावित   भएको बताउनुभएको छ ।

 रौतहटको गौरमा शनिवार आफनै निवासमा पत्रकार सम्मेलन गरी नगर प्रमुख पटेलले बढदो राजनितिक हस्तक्षेप तथा अदृश्य शक्तिका कारण नगरको विकास निर्माण कार्य प्रभावित भएको बताउनुभयो ।

नगरप्रमुख पटेलले सहमतिको वावजुद जनप्रतिनिधिहरु को विभिन्न शर्त पर शर्त तथा प्रमुख प्रशासकिय अधिकृत मनोज रज्जकको असहयेग कारण नपाको कामकाज प्रभावित हुदै गएको बताउनुभयो ।

 प्रमुख प्रशासकिय अधिकृत रज्जक जिल्लाको कटहरिया तथा देवाही नगरपालिका गरी दुइवटा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कार्यभार सम्हालदै आइरहेकोमा उहा“ले  देवाही गोनाही नपामा अधिकांश समय अनुपस्थित रहने गरेको तथा उनको त्रुटिपूर्ण कार्यका कारण नपाको विकास कार्य गति लिन सकिरहेको छैन उहा“ले भन्नुभयो ।

देवाही गोनाही नगरपालिकाको  खुल्ला सत्र वैशाख ६गते सम्पन्न भइ विभिन्न संधर्ष ,वाधा ,अवरोधको वावजुद बन्द सत्रको लागि सहमतिमा भएको योजनाहरु आफू अनुपस्थित रहेको बेला प्रमुख प्रशासकिय अधिकृत रज्जकले हटाएको आरोप लगाउदै नगरसभाको रजिष्टर उपमेयर तथा वार्ड अध्यक्षसंग मिलेर  सहमति विपरित योजनाहरु राखेर सही गराइ बन्द गराएर  गम्भिर समस्या उत्पन्न गराएको आरोप लगाउनुभयो ।

 अवरुद्ध विकास निर्माणलाइ सुचारु गर्नुपर्ने तथा बजेट फ्रिज हुने अवस्थाबाट जोगाइ विकास निर्माण अघि बढाउनुपर्ने तथा त्रुटिपूर्ण कार्य गर्ने प्रमुख प्रशासकिय अधिकृतसंग आफूले स्पष्टिकरण सोधेको बताउदै पटक पटक मंत्रालयसंग सरुवाकालागि आग्रह गर्दा पनि हुन नसकेको पत्रकार सम्मेलनमा बताउनुभयो 

पत्रकारहरु द्धारा सोधिएको एक प्रशनको जवाफ दिदै नगर प्रमुख पटेलले प्रमुख प्रशासकिय अधिकृत रज्जकको त्रुटिपूर्ण कार्य ,राजनितिक हस्तक्षेप ,तथा अदृश्य शक्तिका कारण देवाहीगोनाही नगरपालिकाको कामकाज अस्तव्यस्त रहेका आरोप लगाउनुभयो ।

 यस सम्बन्धमा प्रमुख प्रशासकिय अधिकृत रज्जकसंग टेलिफोनमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

 





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रधानमन्त्री रोजगार कार्यक्रम रौतहटमा पहिला परोहा नगरपालिकाले गरे शुरू

कर्मचारीलाई विना भेदभाव सेवा प्रवाह गर्न सांसद साहको निर्देशन

प्रदेश सभा सदस्य नागेन्द्र सिन्हाको बजेटबाट इशनाथ मन्दिरमा पर्खाल

लोकसेवाको विज्ञापन खारेज नगरे कसैलाई फाइदा हुँदैनस् अनिल झा

करारमा कर्मचारी भर्ना असम्भव -- मन्त्री पण्डित

अदृश्य शक्तिका कारण नगरपालिकाको विकास निर्माण कार्य प्रभावित : नगरप्रमुख धर्मेन्द्र पटेल

जनताको इच्छा ,आकांक्षा अनुसार काम भएको नगरप्रमुख विरेन्द्र प्रसाद यादव

प्रधानमन्त्री ओलिले वार्षिक २ करोड १६ लाखको पानी प्रयोग गर्छन

गौर नपाका प्रमुख प्रशासकिय अधिकृत कार्कीको विरुद्धमा जिल्ला प्रसाशन कार्यालय अगाडि विरोध प्रदर्शन
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072690 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top