Krantidwar - छाँया नेपालको सहयोगले विद्यालयको रुपै परिवर्तन
स्वास्थ्य/जीवनशैली

छाँया नेपालको सहयोगले विद्यालयको रुपै परिवर्तन


स्वास्थ्य/जीवनशैली 30 पटक पढिएको क्रान्तिद्वार दैनिक


छाँया नेपालको सहयोगले विद्यालयको रुपै परिवर्तन

सामाजिक संघसंस्थाहरु तथा स्थानिय बासीहरुको उदार एवं निरन्तर सहयोगको यहाँ एकदमै आवश्यकता देखिन्छ्र

संचारकर्मीहरुद्वारा गरिएको अवलोकनका क्रममा श्री सुदुरपश्चिम समावेशी आधारभूत विद्यालय  गोदावरी नगरपालिका(०२, अत्तरिया, कैलालीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री दानसिंह साउंदले कैलाली जिल्लामा रहेका विभिन्न विद्यालयहरु अपाङ्गता मैत्री नभएको र अपाङ्गता भएको बालबालिकाहरुलाई उनीहरुको हक र अधिकारबाट बन्चित गरिएको अवस्था देखिएकोले, २०६७ सालमा जिल्ला शिक्षा कार्यालय कैलालीबाट अनुमति प्राप्त गरि ८ जना शारीरिक अपाङ्गता भएका बालबालिकाहरुलाई अवासिय रुपमा पठनपाठन गर्न मिल्ने गरि उक्त विद्यालयको स्थापना गरिएको बताए तर अहिलेको समयमा स्थानिय निकायबाट आवश्यक सहयोग नपाउंदा विगतमा विद्यालयको अवस्था चिन्ताजनक रहेको बताए ्र प्रारम्भिक अवस्थामा विद्यालय निजि श्रोतबाट संचालन हुदै आएको थियो ्र हालको अवस्थामा सरकारी निकायहरुद्वारा आधारभूत संरचनामा केहि सहयोग र छाँ(या नेपाल नामक संस्थाद्वारा आधारभूत संरचना, विद्यालय व्यवस्थापन, शिक्षा र खेलकुद सामग्री, बालबालिकाहरुलाई पोषणयुक्त खानेकुराहरुमा सहयोग भएको साउंदले बताए ्र छाँया नेपालको सहयोगले विद्यालयको रुपै परिवर्तन भएकोछ ्र 

अन्तरक्रियाको क्रममा उक्त विद्यालयकी  प्रधानअध्यापक श्रीमती डम्बरी साउंदले १२ जिल्लाका गरिब, शारीरिक, बौद्धिक, सुस्त मनस्तिथि भएका बिद्यार्थीहरु विद्यालयले भर्ना लिने गरेको बताउंदै हालसालै विद्यालयमा ५२ जना अपाङ्गता भएका बालबालिकाहरु कक्षा १ देखि कक्षा ५ सम्म अध्ययन गरिरहेको अवगत  गराउनु भयो ्र विद्यालय स्थापना गरिएको ९ वर्षको समयावधीमा विद्यालयले विभिन्न व्यवस्थापकिय, सरकारी, सामाजिक र बित्तिय चुनौतीहरुको सामना गरेको थियो ्र छाँ(या नेपाल को विगत चार वर्ष देखिको सहयोगले हाल विद्यालय को संचालन तथा व्यवस्थापन सहज भएको छ ्र 

विद्यालयमा संचालित परियोजनाको बारे जानकारी माग्दा छाँ(या नेपालका कार्यकारी निर्देशक श्री कमल थापाले  विद्यालयमा छाँ(या नेपालको सहयोगमा १ जना दक्ष अंग्रेजी पढाउने शिक्षक, विद्यालयमा आवसिय रुपमा पठनपाठन गरिरहेका बालबालिकाहरुको हेरचाह गर्नकालागि १ जना छात्रावास परिचर, बालबालिकाहरुलाई पोषण युक्त खानेकुराहरु उत्पादन गर्नका लागि र सो संरचनाहरुको हेरचाह गर्नकालागि १ जना माली नियुक्त गरेको जानकारी गराउनु भयो ्र साथै आउदा दिनमा अपाङ्गता भएका बालबालिकाको स्वास्थ्य स्थितिमा सुधार गर्न डाक्टर तथा फिजियो थेरापीस्टबाट मासिक रुपमा स्वास्थ्य जांच गर्ने व्यवस्था पनि गर्ने योजना भएको बताउनु भयो ्र 

अन्तरक्रियामा  छाँ(या नेपालका परियोजना अधिकृत श्री निशान्त गौतमले ३ वर्ष अघि संस्थाले यस विद्यालयमा सहयोग गर्नु अगाडी विद्यालयको अवस्था निकै जिर्ण रहेको बताए ्र अपाङ्गता भएका बालबालिकाहरु उक्त विद्यालयमा रहेका संरचनाहरु अपाङ्गमैत्री नभएकाहुनाले बालबालिकाहरु एकदमै फोहोर शौचालय घिस्रिरिएर प्रयोग गर्नु पर्ने , खस्रो बाटोमा पिडा सहेर  घिस्रिरिएर हिड्ने, आवश्यक खाधान्न अपुग भएको हुनाले कहिले १ छाकमा मात्र खाएर सुत्ने, शैक्षिक गुणस्तर एकदमै कमजोर भएको हुनाले न्युनतम शिक्षा प्राप्त नभएको , पोषणयुक्त खानेकुराहरु नपाउदा बेला(बेलामा बिरामी भैराख्नु पर्ने जस्ता अवस्था देखाईपरेको उनले बताए ्र विद्यालयमा समस्याहरु धेरै भएको र संस्थाबाट जति सक्दो समस्याहरुको समाधान गरि बालबालिकाहरुलाई उनीहरुको हक र अधिकार सुनिस्चित गर्ने उद्देश्यले छाँ(या नेपालले  विद्यालयमा अतिआवश्यक अपाङ्गतामैत्री शौचालय र भान्सा कोठाको निर्माण गरिदिएको थियो साथै विद्यालयमा विभिन्न परियोजनाहरु जस्तैस् बालबालिकाहरुलाई पोषण युक्त खानेकुरा उत्पादनका तरकारी एवं फलफुलहरु उत्पादन हुने करेसा बारी र बगैचाको निर्माण, कुखुरा(बाख्राको लागि खोर, शारीरिक अपाङ्गता भएको बालबालिकाहरुको अपाङ्गता अवस्था सुधारको लागि  खेलकुद मैदान र खेलकुदको सामग्रीको व्यवस्था, विनाशकारी हावाहुरीका कारण नष्ट भएको भौतिक संरचनाको निर्माण तथा कर्मचारी सहयोग आदि कार्य गर्दै आएको जानकारी गराए ्र

अपाङ्गता भएका बालबालिकाहरुको हक, अधिकार र सुरक्षाका निम्ति  विभिन्न सरकारी निकायहरु,  सामाजिक संघसंस्थाहरु  तथा स्थानिय बासीहरुको  उदार एवं निरन्तर सहयोगको यहाँ एकदमै आवश्यकता देखिन्छ्र ्र 



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1071597 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top