Krantidwar - शिक्षामा जोड दिनुपर्छ----मेयर शेख वकिल
अन्तरवार्ता

शिक्षामा जोड दिनुपर्छ----मेयर शेख वकिल


अन्तरवार्ता 43 पटक पढिएको क्रान्तिद्वार दैनिक


 शिक्षामा जोड दिनुपर्छ----मेयर शेख वकिल

वातावरण संरक्षणका लागी गतबर्ष नै करीव ३ किलोमिटर बृक्षारोपण

रौतहटको परोहा नगरपालिका का मेयर शेख वकिल हुनुहुन्छ , उहा नेपाल नगरपालिका संघ प्रदेश २ का संयोजक पनि हुनुहुन्छ । रौतहट तथा प्रदेश २ का स्थानियतहमा भएका बिकास निमार्णका काम र जनप्रतिनिधीको भुमिका को बिषयमा मेयर शेख वकिल सग गर्नु भएको कुराकानी ।

तपाइको परोहा नगरपालिकामा बिकासका कस्ता योजनाहरु संचालनमा छन । के के लाइ प्राथमिकता दिनु भएको छ ?

बाटोघाटो, शैक्षिक सस्थाहरुको भौतिक पुर्वाधार, छात्राहरुलाय साइकल बितरण,सामुदायिक बिधालयका छात्रछात्राहरुलाइ निशुल्क पोशाक बितरण, उनीहरुलाइ खाजा कार्यक्रम, बिधालयको भौतिक पुर्वाधार निमार्ण, शिक्षक नियुक्ति जस्ता कामहरु भएका छन ।

परोहा नगरपालिकाले गौरवको योजना १२ किमी सडक बनाउदै छ रे नी ?

बिरेन्द्र राजमार्ग देखी जिगडवा, तेजापाकड, भोडीयाही हुदै भारतिय सिमा सम्म १२ किलोमिटर पिच सडक निमार्ण भैरहेको छ । लालबकैयामा पुल निमार्ण हुदैछ । २ बर्षमा निमार्ण सम्पन्न हुन्छ ।

अन्य भौतिक निमार्ण के के हुदैछन ?

सवै बाटोमा ग्रेभल गरेका छौ । ग्रेडर लगाएर सम्याउने काम भएको छ । नगरका सवै बाटो स्तरोन्नती भएका छन ।

स्वास्थ्यको अवस्था कस्तो छ ?

पहिले गाबिस हुदा ६ वटा स्वास्थ्य चौकी थिए । अहिले ३ वटा थप गरीएको छ । औषधीहरुको अभाव हुन दिइएको छैन । बिरामीहरुको चाप देखेर लौकाहामा सुबिधा सम्पन्न अस्पतालको निमार्ण हुदैछ । ३ करोडको लागतमा अस्पताल निमार्ण हुदैछ ।

अस्पतालले आउदो साउन देखी नै सेवा दिने तयारी गरीरहेको छ ।

सामाजीक सचेतना तर्फ के के गरीएको छ ?

बिभिन्न किसिमका चेतनामुलक कार्यक्रमहरु संचालन भएका छन । बेरोजगार युवायुवतीहरुलाइ लोकसेवा तयारी कक्षा संचालन भएका छन । सामाजीक बिकृती हटाउन चेतानमुलक कार्यक्रम गरीएको छ । धार्मिक सद्भाव कायम राख्न बिभिन्न सामाजीक सघसस्थाहरु संग समन्वय गरेर कार्यक्रमहरु गरीएका छन ।

वातावरणको संरक्षणमा कस्ता योजनाहरु अघि सारिएको छ ?

वातावरण संरक्षणका लागी गतबर्ष नै करीव ३ किलोमिटर बृक्षारोपण गरीएको थियो । यसबर्षमा नगरका सवै सडकको किनारमा बृक्षारोपण गर्ने योजना छ । फोहर व्यवस्थापनका लागी योजनाहरु अघि बढाइएको छ ।

जनप्रतिनिधीहरु प्रति जनताको गुनासो छ नी ?

वास्तवमा भन्ने हो भने, लोकतन्त्र आयो , संघियता आयो , तीनै तहको सरकार बनेको छ । नागरीकको इच्छा र आशा धेरै छन । जनप्रतिनिधीहरुले समग्ररुपमा हेर्दा जीम्मेवारी लिएकै छन । नकरात्मक रुपमा लिन मिल्दैन । बिकाशका काम भैरहेका छन । केही स्थानिय तहमा बिवादका कारण सोचेजस्तो कामहरु भएका छैैनन । संबिधानले जुन अधिकार दिएको छ त्यो अधिकारलाइ बचाउन जनप्रतिनिधीहरु पनि जिम्मेवार हुनु पर्दछ ।

जनप्रतिनिधीलाइ दिएको काम,कर्तव्य र अधिकार इमान्दारीताका साथ पुरा भएन भने जनतामा निराशा आउने र व्यवस्थाप्रति नै भोलीका दिनमा चिन्ता उब्जन सक्छ ।

भोलीका दिनमा जनप्रतिनीधीको पनि मुल्याकन हुनेहुदा जनताको इच्छा, आवश्यकता अनुसार नै योजनाहरु अगाडी ल्याउनु पर्छ ।

नागरीक र जनप्रतिनीधी बिचको समन्वय कस्तो हुनु पर्छ ?

दलका अगुवा , संघसस्थाका साथीहरुको भुमिका महत्वपुर्ण रहन्छ । समस्या आएमा छलफल गरी टुग्याउनु पर्दछ ।

धेरै तहमा प्रमुख उपप्रमुख बिच विवाद छ नी ?

जनप्रतिनिधी बिच विवाद हुदा बिकासको काम प्रभावित हुन सक्छ । सवै मिलेर बिकासको काम अगाडी बढाउनु पर्दछ ।

स्थानिय तहमा बिकासको गती कस्तो छ ?

विवादले बिकासका काम प्रभावित हुन सक्छन । केही स्थानियतहमा त्यस्तो अनुभुती भएको छ । जुन विषयमा बिवाद छ, त्यसलाइ छलफल गरेर मिलाएर अगाडी बढ्नु पर्दछ ।

रौतहटमा कुन क्षेत्रलाइ प्राथमिकता दिन जरुरी छ ? 

सवै भन्दा पहिले शिक्षामा जोड दिनुपर्छ । सचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्दछ ।

मैले आफ्नो नगरपालिकामा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाइ प्राथमिकतामा राखेर योजनाहरु संचालन गरेको छु ।

नागरीकको भुमिका कस्तो हुन जरुरी छ ?

बिकासको कुरामा सकारात्मक सोच राख्नु पर्दछ । सकारात्मक सोच राखेर जनप्रतिनिधीहरु लाइ सहयोग र सुझाव दिनुपर्दछ ।

प्रतिपक्षले पनि काममा सहयोग गर्नुपर्छ । कमीकमजोरी भए सल्लाह सुझाव दिनु पर्दछ ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



१५ कठा जग्गामा नगरपालिका कार्यालय बनाउने निर्णय गरी सकेको छु -नगर प्रमुख गोपाल राय यादव, फतुहा विजयपुर

तपाईले बहुत जटिल प्रश्न गर्नु भयो--नगर प्रमुख वीरेन्द्र प्रसाद यादव,माधव नारायण नगरपालिका

जनचाहना अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछौं ः नगर प्रमुख सन्तलाल चौधरी, गुजरा

संघीय सरकारको एकात्मक सोचका कारण प्रदेश २ सरकारको काम गति लिएको देखिदैन ः डा.डिम्पल झा

शिक्षामा जोड दिनुपर्छ----मेयर शेख वकिल

भारतको नयाँ सरकारले मधेस एजेन्डाप्रति स्नेह र सद्भाव राख्नुपर्छ--अनिलकुमार झा

मलाई पराजयको अलिकति पनि पिडा भएन--पिंकी यादव

प्रदेश सरकारबाट कार्यक्रम आएको छैन -- नगरप्रमुख सन्तोष कुमार मेहता,ईशनाथ नगरपालिका रौतहट

जनताको अपेक्षा धेरै छ, समस्याहरु धेरै छन्--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी
1 2 3 4 5 6 7 8 9 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485530 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top