Krantidwar - कर्मचारीलाई विना भेदभाव सेवा प्रवाह गर्न सांसद साहको निर्देशन
राजनीति

कर्मचारीलाई विना भेदभाव सेवा प्रवाह गर्न सांसद साहको निर्देशन


राजनीति 266 पटक पढिएको क्रान्तिद्वार दैनिक


कर्मचारीलाई विना भेदभाव सेवा प्रवाह गर्न सांसद साहको निर्देशन

नगरपालिकाले ऐस मौज गर्ने खालका योजना स.चालन नगरे बताउँदै पूर्वमन्त्री साहले आधारभूत आवश्यकता कै योजना संचालन भएकोमा जनप्रतिनिधिको कामको सराहना गर्नु भयो ।

रौतहट । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं.२ का अध्यष एवं रौतहट क्षेत्र नम्बर ३ बाट संघीय सांसद प्रभु साहले कर्मचारीलाई दलिय भेदभाव त्याग  गरेर काम गर्ने निर्देशन दिनु भएको छ ।रौतहटको मौलापुर नगरपालिका कार्यालयले आर्थिक वर्ष २०६६।०७७ का लागि आयोजना गरेको नीति तथा कार्यक्रम बजेट तर्जुमाका लागि सुझाव तथा परामर्श कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै सांसद साहले समाजमा सन्तुलन सामाजिक एकटा कायम गराउन जनप्रतिनिधि भन्दा कर्मचारीको भूमिका फरक र समन्वयकारी हुनु पर्नेमा जोड दिनु भयो । नेता साहले चुनाव भयो को को जिते को को हारे त्यसको पछाडी नलागी सबै जनताको हित कसरी गर्न सकिन्छ । विना भेदभाव कसरी सेवा प्रवाह गर्न सकिन्छ भने भावनाले काम गर्ने कर्मचारीलाई आग्रह गर्नु भयो ।

समाजको अत्न्यन्तै महत्वपूर्ण र आदरनीय व्यक्ति जेष्ठ नागरिक, अपांग, एकल महिला र बालबालिकाका लागि राज्यले व्यवस्था गरेको समाजीक सुरक्षा रकम वितरणमा कुनै प्रकारले ढिलाई नगर्ने कर्मचारीलाई सचेत         गराउनु भयो । सरकारले दिएको          रकम कसरी वहाँहरुको हात हातमा घर घरमा पुरयाउन सकिन्छ । व्यवस्था मिलाउन निर्देशन दिनु भयो ।

सामाजिक सुरक्षाको रकम लिन जेष्ठ नागरिक अपांग, एकल महिलालाई नपा कार्यालय धाई रहन नपरोस पूर्व मन्त्री समेत रहनु भएका साहले बोल्नु भयो ।

पूर्व मन्त्री साहले मौलापुर नगरपालिकाले आगामी योजनामा शिक्षा स्वास्थ्य र कृषिमा बढी जोड दिएर नीति तथा कार्यक्रम बनाउनु पर्ने, सोको लागि आवश्यक बजेट विनियोजित गर्न सुझाव दिनुभयो ।

नगरपालिकाले ऐस मौज गर्ने खालका योजना स.चालन नगरे बताउँदै पूर्वमन्त्री साहले आधारभूत आवश्यकता कै योजना संचालन भएकोमा जनप्रतिनिधिको कामको सराहना गर्नु भयो ।

उत्पादन मुलक र सीप मुलक योजनामा लगानी गर्न सुझाव दिँदै सांसद साहले मेवाखेती, हाँस पालन, भैसी पालन र गाई पालन जस्ता कार्य व्यवसायिक रुपले गर्ने किसानको प्रशंसा गर्नु भयो । 

मौलापुरमा बाहिरबाट तरकारी, दुध माछा, मासु, धान गहुँ, मकै अण्डा लगायतका समान आउँदैन । हामी बाहिर पठाउँछौं । यस किसिमका योजना बनाउर काम गर्न जरुरी रहेको वहाँले बोलनु भयो । 

सुशासन, सादाचार प्रबद्र्धन गर्ने भ्रष्टाचारलाई जिरोमा झार्ने नीति बनाई कम गर्न आजको प्रमुख आवश्यकता रहेको कुरालाई सबैलाई आत्मसाथ गर्न वहाँले अनुरोध गर्नु भयो ।

सुखी नेपाली समृत नेपाल बनाउने सरकारको अभियानलाई स्थानीय सरकारले हातेमालो गरी बढनु जरुरी रहेको बोल्नु भयो ।

मौलापुर नगरपालिकाका नगर प्रमुख रिना कुमारीसाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतद्धय सिकिन्दर साह र प्रमोद साह, वडा अध्यक्ष रामप्रवेश यादव, नगरपालिकाका नगर प्रमुख प्रत्याशीद्धय रामएकबाल यादव र दामोदर यादव, समाजसेवी भोला पाण्डे, लालबाबु जयसवाल, प्रधानाध्यापक, राजेन्द्र साह सहितले आवश्यक सुझाव सल्लाह दिनु भयो ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पीडितहरुको पिडा दुर गर्नको लागि आफू लागि परेको--राजेन्द्र महतो

सांसद अमरेशकुमार सिंहले गरे पार्टी अनुशासन विपरित कार्य

सांसद प्रभु साहले संसदमा गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

पर्सागढी नगरपालिकाले २०७६र६७ का लागी कुल ६० करोड ५४ लाख रुपयाँ बराबरको बजेट गरे सार्वजनिक

मोटरसाईकल दुर्घटनामा वडा अध्यक्ष कलशबहादुर चन्दको मृत्यु

सरकार जनताप्रति संवेदनशील नभएको देउवाको आरोप

शक्तिशाली विभागमा कसको पल्लाभारी, नेकपाको कार्यविभाजन

नेकपाको एकताले पुर्णता पाए

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चार जना मन्त्रीहरु लिएर गृह जिल्लामा
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485642 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top