Krantidwar - परोहा नगरपालिकाको भेडियाही देखि जिंगडवा कालोपत्रे भैइरहेकोमा स्थानियवासी उत्साहित
समाज

परोहा नगरपालिकाको भेडियाही देखि जिंगडवा कालोपत्रे भैइरहेकोमा स्थानियवासी उत्साहित


समाज 288 पटक पढिएको क्रान्तिद्वार दैनिक


परोहा नगरपालिकाको भेडियाही  देखि जिंगडवा  कालोपत्रे भैइरहेकोमा स्थानियवासी उत्साहित

निर्माणधिन सडक को गुणस्तर तथा स्टिमेट अनुसारको कार्यकालागि नगरस्तरिय अनुगमन तथा निरीक्षण टोलीले समय समयमा स्थलगत अनुगमन गरिरहेको परोहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादवले बताउनुभयो ।

गौर।रौतहटको परोहा नगरपालिकाको विरेन्द्र राजमार्ग अन्तर्गत भेडियाही  देखि जिंगडवा सडक कालोपत्रे कार्य  गतिमा भैइरहेको छ ।

 नगरस्तरिय विकास कार्यक्रम अन्तर्गत विरेन्द्र राजमार्गको भेडियाहीदेखि जिंगडवा सडक खण्ड कालोपत्रे कार्य  भैइरहेकोमा स्थानियवासी उत्साहित भएका हुन । 

  लामो समयदेखि जिर्ण रहदै आएकोमा नगरवासीलाइ आवतजावतमा समस्या हुदै आएकोमा उक्त सडक कालोपत्रे भैइरहेकोमा स्थानियवासी उत्साहित भएका छन ।जिर्ण सडकबाट वर्षयाममा हिल्लम हिलोले आवतजावतमा निकनै समस्या भोग्नुपर्ने बाध्यता रहदै आएकोमा नगरपालिकाले कालोपत्र गर्न लागेकोमा सराहनिय रहेको स्थानिय शेख अन्सारले बताउनुभयो

  परोहा नगरपालिकाको ८८लाख तथा जनश्रमदान गरी लगभग ९५ लाखको लागतमा साढे आठसय मिटर लामो तथा साढे पा“च फिट चौडा कालोपत्रे सडक उपभोक्ता समितिद्धारा आउ“दो अषाढ महिना भित्र सम्पन्न हुने योजना शाखाका प्रमुख अब्दुल रब अन्सारीले बताउनुभयो ।उहा“ले नपाको अधिकांश सडक ग्राभेल गरी अघिल्लो वर्ष ढलानकोलागि तयार गर्ने योजना रहेको शाखा प्रमुख अन्सारीले जानकारी दिनुभयो ।

 त्यसैगरी जिंगडिया देखि नरकटिया सम्मको सडक कालोपत्रे निर्मांण कार्यलाइ टेण्डर गरिएको नपाका इन्जिनियर दिपेन्द्र यादवले बताउनुभयो ।उहा“ले पूर्वाधार बिकास कार्यक्रम अनतर्गत १२किलो मिटर लामो कालोपत्रे सडक खण्डमा नाला ,कल्र्भट ढलान तथा सडकको दुबै छेउमा वृक्षारोपण कार्य गरिने बताउदै इन्जिनियर यादवले विरेन्द्र राजमार्गको भेडियाही देखि नरकटियासम्मको सडक कालोपत्रे सडक कार्य हुने उहा“ले जानकारी दिनुभयो । 

  निर्माणधिन सडक को गुणस्तर तथा स्टिमेट अनुसारको कार्यकालागि नगरस्तरिय अनुगमन तथा निरीक्षण टोलीले समय समयमा स्थलगत अनुगमन गरिरहेको परोहा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवनाथ यादवले बताउनुभयो ।

  नगरपालिकाको पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कालोपत्रे सडक निर्माण त्रिव गतिमा भैइरहेको तथा आउ“दो अषाढ महिना भित्र निर्माण कार्य सम्पन्न हुने परोहा नपाका नगरप्रमुख शेख वकिलले बताउनुभयो ।उहा“ले यसवर्ष नपाको लगभग सम्पूर्ण कच्ची सडकलाइ ग्राभेल गर्ने तथा आउ“दो वर्षमा ढलान तथा कालोपत्रे गर्ने योजना रहेको समेत नगरप्रमुख वकिलले जानकारी दिनुभयो ।

  ।




सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



भौतिक पूर्वाधार विकास मन्त्रालयले ब्रम्हलुट मच्चाए

बाढी प्रभावित क्षेत्रको निरिक्षणको नाममा नौटकी

आशा र चुनौती को सहयोगमा देवाही गोनाहीका बाढीपिडितलाई राहत वितरण

परोहा नगरपालिकाका नगर प्रमुख शेष वकिलको विशेष पहलमा २ सय ५० घर परिवारलाई ठुलो राहत

बडहरवाका करिब चार सय घर परिवारलाई राहत वितरण

निलम्बित डिएसपी कुमुद ढुंगेलको विषयमा छानबिन सुरु

सेवाग्राहीसँग लिएको घुससहितसव–इञ्जिनीयर उमा श्रेष्ठ पक्राउ

मेयर सियाराम कुशवाहाले सयकडौ परिवारलाई ग्यास चुल्हो वितरण गरे

मुख्यमन्त्री राउतले रौतहटको बाढी प्रभावित क्षेत्रको निरीक्षण गरे
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485881 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top