Krantidwar - प्रधानमन्त्री रोजगार कार्यक्रम रौतहटमा पहिला परोहा नगरपालिकाले गरे शुरू
राजनीति

प्रधानमन्त्री रोजगार कार्यक्रम रौतहटमा पहिला परोहा नगरपालिकाले गरे शुरू


राजनीति 320 पटक पढिएको क्रान्तिद्वार दैनिक


प्रधानमन्त्री रोजगार कार्यक्रम रौतहटमा पहिला परोहा नगरपालिकाले गरे शुरू

प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले, नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको, सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भए अनुसार नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५ र७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने यो कार्यक्रमको शुभारम्भ गरिएको जानकारी गराए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम जिल्लामा पहिला परोहा नगरपालिकाले आज देखि शुरू गरेको छ ।

रौतहटको परोहा नगरपालिका वडा नं ३ तेजापाकड टोलमा नाला, सडक सरसफाईको लागि २० जना सोही वडाका वेरोजगार व्यक्तिहरुलाई वडाकार्यालय बाट सरसफाई कार्य प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत काम शुरु गर्नुभएको छ ।उनीहरुलाई दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गरेवापत प्रति व्यक्ति रु ६३० का दरले ज्याला दिइने छ ।

परोहा नगरपालिकाले ९ वटा वार्डमा १ सय ४० जनालाई रोजगार दिने योजना आएको मध्ये चैत्र महिना सुचना जारी गरेको थियो । त्यसबाट वार्ड नं ३ का २० जना वेरोजगारहरुलाई स्वरोजगारको रुपमा सरसफाईको लागि आज देखि असार महिना सम्म १ महिनाको लागि रोजगारको शुभारम्भ गराईको छ ।

जरोगारदातालाई वडामा भत्काएका कुलो, धारा, खानेपानीका मुहान, सडक, बाटो, मठ मन्दिर, पाटीपौवा, विद्यालय, सार्वजनिक चौतारा लगायतको मर्मत सम्भारका काममा लगाइने मेयर शेख वकिलले बताएका छन ।परोहा नगरपालिकाका नगर मेयर शेख वकिलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सफल पर्न सवैमा आग्रह गर्नु भएको छ ।

परोहा नगरपालिकाकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम शुभारम्भ गर्ने कार्यक्रममा बोल्दै नगर प्रमुख शेख वकिलले आफनो नगरमा बेरोजगार भई घरमा बस्ने युवाहरुलाई प्रधानमन्त्री रोजगार कार्यक्रमबाट अवसर मिलेको छ । काम गरे वापतको रकम उहाँहरुले पाउने छ । यस कार्यक्रमलाई राम्रोसँग चलाउन सकेन भने पछी बन्द पनि हुन सक्छ । छिमेकी राष्ट भारतमा चलिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै हामी पर्ने यो कार्यक्रमलाई सफल ग¥यौ भन्ने हाम्रो देश राम्रो र समृद्ध देशको बन्ने मेयर शेखले बताएका छन ।यो कार्यक्रम सबै नगरपालिका भएपनि अन्य नगरपालिकाले विभिन्न समस्याका कारण शुभारम्भ गर्ने नसकेको छ तर परोहा नगरपालिकाले धेरै कठिनाई प्रस्थितिको सामना गरी शुरु गर्ने क्रममा केही कमि कमजोरी भएको छ भने यसमा सुधार ल्याउने सललाह दिन मेयर वकिलले आग्रह समेत गरेमा छन । न्यूनतम रोजगारीको प्रत्याभूति गरी मौलिक हकका रुपमा रहेको रोजगारीको हकको कार्यान्वयन गराउन रौतहट जिल्लामा पहिलो नगरपालिका परोहाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुभारमभ गरेको छ ।केन्द्री कार्यक्रम भएकोले हुनाले यस युवा बेरोजगार कार्यक्रमलाई चाहेर हामी परिवर्तन गर्न सक्दैनौ तर यहाँका शिक्षिक व्यक्तिहरुसँग बसेर छलफल गरी सराहनीय बनाउन पहल गर्ने मेयर शेखले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवनाथ यादवले, नेपालको संविधानको धारा ३३ ले रोजगारीको हकलाई मौलिक हकका रुपमा समावेश गरेको, सोही मौलिक हकको कार्यान्वयन गर्न रोजगारीको हक सम्बन्धी ऐन, २०७५ जारी समेत भए अनुसार नेपाल सरकारले चालु आर्थिक वर्ष २०७५ र७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत सार्वजनिक विकास निर्माणका कार्यहरूमा रोजगारीका अवसर सिर्जना गरी आगामी पाँच वर्ष भित्रमा कुनै पनि नेपाली नागरिकले वाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने यो कार्यक्रमको शुभारम्भ गरिएको जानकारी गराए ।

त्यस्तै कार्यक्रममा ईजिनियर दिपेन्द्र यादवले कामको मुल्यांकन र हाजिरी उपस्थिति अनुसारको पारिश्रमिक तलब दिने । बेरोजगार बनी घरमा बसिरहेको ज्ञान, सीप र क्षमतायुक्त प्रतिस्पर्धी श्रमशक्तिको विकास र उत्पादनशील आन्तरिक रोजगारी सिर्जनामार्फत श्रमशक्तिको स्वदेशमै पूर्ण उपयोग गरी आर्थिक समृद्धि हासिल गर्नु यस कार्यक्रमको दीर्घकालीन सोच रहेको हुनाले यस कार्यक्रमलाई सवै मिलि सफल पार्न आग्रह गरेका थियो ।

कार्यक्रममा वडाअध्यक्ष महेश सिंह, नेपाली काँग्रेसका नेता शेख जुमाई, संचारकर्मी लगायत स्थानीयबासीहरूको उपस्थिति रहेको थियो ।



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पीडितहरुको पिडा दुर गर्नको लागि आफू लागि परेको--राजेन्द्र महतो

सांसद अमरेशकुमार सिंहले गरे पार्टी अनुशासन विपरित कार्य

सांसद प्रभु साहले संसदमा गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

पर्सागढी नगरपालिकाले २०७६र६७ का लागी कुल ६० करोड ५४ लाख रुपयाँ बराबरको बजेट गरे सार्वजनिक

मोटरसाईकल दुर्घटनामा वडा अध्यक्ष कलशबहादुर चन्दको मृत्यु

सरकार जनताप्रति संवेदनशील नभएको देउवाको आरोप

शक्तिशाली विभागमा कसको पल्लाभारी, नेकपाको कार्यविभाजन

नेकपाको एकताले पुर्णता पाए

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चार जना मन्त्रीहरु लिएर गृह जिल्लामा
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485637 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top