Krantidwar - जनचाहना अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछौं ः नगर प्रमुख सन्तलाल चौधरी, गुजरा
अन्तरवार्ता

जनचाहना अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछौं ः नगर प्रमुख सन्तलाल चौधरी, गुजरा


अन्तरवार्ता 12 पटक पढिएको प्रेमचन्द्र झा क्रान्तिद्वार दैनिक


जनचाहना अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछौं ः नगर प्रमुख सन्तलाल चौधरी, गुजरा


रौतहटको गुजरा नगरपालिकाका नगर प्रमुख संतलाल चौधरी संग क्रान्तिद्धार दैनिकका लागि सम्पादक प्रेमचन्द्र झाले गर्नु भएको अन्तरवार्ता प्रस्तुत छ ।


० गुजरा नगरपालिकाले विकास निर्माण लगायतका काम कार्यवाही कसरी अगाडी बढाएका छन् ?

चालु आथिृक वर्षमा नगर सभा ढिलो गरी शुरु भयो । नगर सभा लगतै प्रशासकीय अधिकृतको सरुवा भएपछि अर्को प्रशासकीय अधिकृत आउन २ महिना ढिलाई भयो । जसको कारण विकास निर्माणको काम हामीले ढिल्लो शुरु गर्यो । 

० विकासको काममा बढी प्राथमिकता के ले पाएको छ ? 

बढी जसो काम भौतिक पूर्वाधार कै हो । जहाँ मुस्लिम बाहुल्यता छ । मस्जिद र मोकतममा गएका छन । पानी जम्ने ठाउँमा ढलान बाटो बीरहेका छन । गत वर्ष हिलो भएका बाटोमा माटो पुरेर ग्रेभल गर्ने काम भएका छन् । नाला निर्माण भएका छन । 

० जनतालाई आत्म निर्भर बनाउने, स्वरोजगार वृद्धि हुने खालका सीपमुलक÷आयमुलक तालिम दिने तर्फ नगरपालिकाले कतिको जोड दिएका छन ?

निश्चय पनि हाम्रो सोच त्यता तर्फ थियो । तर समयको अभावले गर्दा केही मात्रामा मात्रै गर्न हामी सफल भए । जस्तै बाखा्रापालन, बंगुर पालन, माछा पालन तालिम जस्ता कार्यक्रम संचालनमा भएका छन । विशेष गरेर महिलाहरुलाई लषित गरेर तरकारी खेती मकै खेती लगायत तालिम संचालन गरिएका छन । 

पुरुषहरुलाई त्यतिकै छोडिएका छैन । पुरुषहरुलाई पनि सिपमुलक तालिम दिएका छौं । जस्तो धानखेती, विउ उत्पादन सम्बन्धी तालिम दिएका             छौं । 

 मसुरो धान, मकै तरकारीको उन्नत विउ कसरी उत्पादन गर्ने सम्बन्धी तालिम चलाएका छौं । खास गरेर महिलाहरुको आय आर्जन बढाउन उन्नत जातको ४ वटा बोका वितरण गरिउको छ । वोयर जातको बोका जुन उन्नत जातको नवल परासीको गैडाकोटबाट किनेर ल्याई बाडेका छौं । ०गुजरालाई विकसित नगरपालिका बनाउन आगामी आर्थिक वर्षम ाकस्ता किसिमको योजना दिन सोचमा हुनु हुन्छ ? 

वितेको दुई वर्ष भन्दा पहिलेको अवस्थामा यो नगरपालिका जिरोमा थियो। हामी निर्वाचित भएर आएपछि बाटो बन्न शुरु भएको छ । मेन रोड कालो पत्र भएको छैन । ०७७ सम्म हुन्छ । नगरको भितरी क्षेत्रका बाटाहरु बन्ने क्रममा रहेका छन । आगामी आथिृक वर्ष २०७६।०७७ को लागि नगर सभा नभएको अवस्था छ । बैठकहरु जारी रहेका छन । राजस्व परामर्श समितिको बैठक बसेको छ । अनय कुराका लागि विज्ञहरु संग छलफल गरी रहेका छौं । हामी यही आसार २० गते भित्र नगर सभा सम्पन्न गछौं । निश्चय पनि हामी आगामी वर्षम ाविकासका काम समयमै शुरु गरेर बढी भन्दा बढी काम गर्नेछौं । बढी भन्दा बढी जनता लाभान्वित हुने योजना संचालन               गर्नेछौं । यो नगरपालिका समृद्ध हुने विश्वास लिएका छौं  ।

० गुजरा नगरपालिकाले गोरवका योजनाको रुपमा कुन काममलाई अगाडी बढाउन खोजी रहेका छन् ?

गुजरा फन पार्क चोचामा नगर गौरवका योजनाको रुपमा बढाउन खोजेका छौं । प्लानिगं प्रोसेसका काम भई सकेका छन । आगमी आथिृक वर्षमा यसलाई निर्माणको काम अगाडी बढाइने छ । अर्को होम स्टेका काम लाई नगर गौरवको योनजा संग जोडेर अगाडी बढाउने सोच बनाएका छौं । 

चोचा नहर पूर्व फन पार्व र पश्चिम खुल्ला चिडिया खाना स्थापना गर्ने काम अगाडी बढी सकेको छ । डिभिजन वन संग भएको सहमति अनुसार खुल्ला चिडियाखाना निर्माणमा हाम्रो सहकार्य हुने छ । पकै पनि यो काम नगरपालिका भित्र नमुनाको काम हुनेछ । 

० जवाफदेहिता, परादर्शीता, सुशासन र सदाचार जुनकुरा स्थानीय तहमा लागु गर्न योजना छनौट प्रक्रिया देखि विभिन्न क्रियाकलाप मार्फत गर्नु पर्ने देखिन्छ । गुजार नगरपालिकामा यी कुरा प्रबद्र्धन गर्न के के गर्नु भएको छ ? 

जनताको घर घरमा हामी वडा अध्यक्ष साथीसंग जानु पर्नेमा समय अभावले जान सके होला । केही कमिकमजोरी गरेर उपभोक्ता समिति गठन गर्नु भएको होला । तर अवब अगामी योजनामा सबैलाई सूचना गरेर डोर टु डोर गएर जनचाहना अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । 

०जनताबीच गरेको बाचा पुरा गर्नु कतिको सफल हुनु भएको छ । आफैले आफैलाई स्वः मूल्यांकनमा के भन्नु हुन्छ ?

— म एकदम सन्तुष्ट छु । मैले जनभावना अनुसार काम गरेको छु । त्यसैले जनता पनि सन्तुष्ट हुनु हुन्छ । दिल्लै भएपनि जनताले भने अनुसारको काम गरेर देखाएका छौं । 

० गुजारलाई समृद्ध बनाउन गुजारवासी जनतासंग तपाईलाई कस्तो सहयोग चाहियो ? 

— जनताजनता र जनप्रतिनिधि साथीको सहयोग विना समृद्धि सम्भव छैन । हामी सबै मिलेर अगाडी बढीरहेका छौं । 

०अन्तमा यहाँको जनतालाई के संदेश दिन चाहनु हुन्छ ?

बाटो पुलले गुजरा समृद्ध हुदैन । हामीले शिक्षा र स्वास्थ्यमा प्रगति गर्न सक्यो भने मात्र हामी समृद्धिको नजिक पुग्न सक्छौं । शिक्षामा जतिको विकास गर्नु पर्ने त्यति पुग्न सकेका छैनौं । 

आगमी दिनमा शिक्षा, स्वास्थय र कृषिमा विकसा गरेर अगाडी बढनु पर्ने हुन्छ ? यति गर्ने सके गुजरा नगरपालिकालाई समृद्ध बनाउन सकिन्छ । यसका लागि मेरो तर्फबाट हरदम प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दछु ।  



सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



१५ कठा जग्गामा नगरपालिका कार्यालय बनाउने निर्णय गरी सकेको छु -नगर प्रमुख गोपाल राय यादव, फतुहा विजयपुर

तपाईले बहुत जटिल प्रश्न गर्नु भयो--नगर प्रमुख वीरेन्द्र प्रसाद यादव,माधव नारायण नगरपालिका

जनचाहना अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछौं ः नगर प्रमुख सन्तलाल चौधरी, गुजरा

संघीय सरकारको एकात्मक सोचका कारण प्रदेश २ सरकारको काम गति लिएको देखिदैन ः डा.डिम्पल झा

शिक्षामा जोड दिनुपर्छ----मेयर शेख वकिल

भारतको नयाँ सरकारले मधेस एजेन्डाप्रति स्नेह र सद्भाव राख्नुपर्छ--अनिलकुमार झा

मलाई पराजयको अलिकति पनि पिडा भएन--पिंकी यादव

प्रदेश सरकारबाट कार्यक्रम आएको छैन -- नगरप्रमुख सन्तोष कुमार मेहता,ईशनाथ नगरपालिका रौतहट

जनताको अपेक्षा धेरै छ, समस्याहरु धेरै छन्--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी
1 2 3 4 5 6 7 8 9 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485940 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top