Krantidwar - नेकपा भित्र खटपटका गन्ध
राजनीति

नेकपा भित्र खटपटका गन्ध


राजनीति 85 पटक पढिएको क्रान्तिद्वार दैनिक


 नेकपा भित्र खटपटका गन्ध

यो गन्धले नेकपाभित्र भूकम्प ल्याउने विश्लेषणहरू पनि भएका छन्

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र खटपटका गन्धहरू आइरहेका छन् । यो गन्धले नेकपाभित्र भूकम्प ल्याउने विश्लेषणहरू पनि भएका छन् । केपी ओली नेतृत्वको सरकारलाई लिएर नेकपाभित्र उबडखाबड भएको हो ।

ओली सरकारलाई चारैतिरबाट आक्रमण भइरहेका बेला दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिएको अभिव्यक्तिले आशंकाहरू जन्माइदिएको छ । प्रचण्डले यो बेला किन उट्पट्याङ कुराहरू बाहिर ल्याएका छन् बुझ्न सकिएको छैन । प्रचण्ड सरकारलाई अस्थिर बनाएर नेतृत्व हत्याउन चाहन्छन् ।

प्रचण्डको यो कुरालाई ओलीले सजिलै बुझेका छन् । ओली पनि राजनीतिक खेलाडी हुन् । के गर्दा के हुन्छ भन्ने राम्रोसँग बुझेका ओलीले प्रचण्डले धम्काउँदैमा सत्ता र पार्टीको नेतृत्व छाड्दैनन् । ओलीलाई छक्काउनु भनेको प्रचण्डका लागि ठूलै युद्ध लड्नुपर्ने हुन्छ ।

पार्टीमा मिलेर जानुभन्दा अर्को बिकल्प प्रचण्डलाई छैन । ओली सरकारले मुलुकमा विकास र समृद्धिको नारा लगाएको छ । आफ्नै पार्टीको सरकारलाई प्रचण्डको असहयोगले ठूलो धक्का लाग्न सक्छ ।

अहिले नै ओलीलाई विस्थापित गर्ने क्षमता प्रचण्डले राख्दैनन् । अहिले सरकार ढाल्ने वा ढल्ने सम्भावना छैन । पार्टी नेतृत्व पनि पाउने सम्भावना प्रचण्डका लागि निकै कम छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेट गर्नुको अर्थ पनि छैन । ओलीले सबै जोडघटाउ गरेर सत्तामा बसेका छन् । अबको पाँच वर्ष आफूलाई कसैले चलाउन सक्दैन भन्ने बुझाइ ओलीलाई रहेको छ ।

प्रचण्ड पनि पूर्वसहमतिलाई देखाएर अबको एक वर्षपछि सरकारको नेतृत्व पाउँछुकी भनेर बसेका छन् । उनका लागि यो सम्भव छैन ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



पीडितहरुको पिडा दुर गर्नको लागि आफू लागि परेको--राजेन्द्र महतो

सांसद अमरेशकुमार सिंहले गरे पार्टी अनुशासन विपरित कार्य

सांसद प्रभु साहले संसदमा गराए जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता

पर्सागढी नगरपालिकाले २०७६र६७ का लागी कुल ६० करोड ५४ लाख रुपयाँ बराबरको बजेट गरे सार्वजनिक

मोटरसाईकल दुर्घटनामा वडा अध्यक्ष कलशबहादुर चन्दको मृत्यु

सरकार जनताप्रति संवेदनशील नभएको देउवाको आरोप

शक्तिशाली विभागमा कसको पल्लाभारी, नेकपाको कार्यविभाजन

नेकपाको एकताले पुर्णता पाए

पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल चार जना मन्त्रीहरु लिएर गृह जिल्लामा
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485549 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top