Krantidwar - १५ कठा जग्गामा नगरपालिका कार्यालय बनाउने निर्णय गरी सकेको छु -नगर प्रमुख गोपाल राय यादव, फतुहा विजयपुर
अन्तरवार्ता

१५ कठा जग्गामा नगरपालिका कार्यालय बनाउने निर्णय गरी सकेको छु -नगर प्रमुख गोपाल राय यादव, फतुहा विजयपुर


अन्तरवार्ता 27 पटक पढिएको प्रेमचन्द्र झा क्रान्तिद्वार दैनिक


१५ कठा जग्गामा   नगरपालिका कार्यालय बनाउने निर्णय गरी सकेको छु -नगर प्रमुख गोपाल राय यादव, फतुहा विजयपुर


रौतहटको फतुहा विजयपुर नगरपालिकाका नगर प्रमुख गोपाल राय यादवसंग क्रान्तिद्धार दैनिकका लागि सम्पादक प्रेमचन्द्र झाले गरेको कुराकानी प्रस्तुत छ ।

० नगरको विकास गतिविधि  बारे यहाँलाई के के जानकारी प्रापत भएको छ ? 

— हाम्रो नगर सभा २०७५ साल चैत्र २९ गते भयो । धेरै ढिल्लो भयो । जसका कारण विकास काममा समेत असर पर्न गयो । विकासका काम पनि ढिलो शुरु भयो । हाम्रो नगर पालिकामा ९० प्रतिशत जतिको काम सम्पन्न भई सकेका छन् । 

० कामको अनुगमन तथा निरषिणको लागि के विधि अपनाउनु भएको छ ?

— उपप्रमुख कान्ती देवी महतोको संयोजकत्वमा अनुगमन समिति गठन भएका छन । अनुगमनको प्राय जसो काम वहाँले नै गर्नु हुन्छ । 

बेलाबेलामा म स्वयं र प्रमुख प्रशासकीय अधिकृत रन्जना साह, सहितको टोली बनाएर गाउँ गाउँमा गएर कामको अनुगमन तथा निरीक्षण गर्ने गर्दछु । पटक पटक गएर काम हेरीरहेको हुन्छौं । 

इन्जिनियरलाई समेत हामीले निर्देशकन दिईसकेका छौं की काम जतिको मात्र विलिगं गर्नका लागि कम झाको बढी विल नबनाउन समेत गराएको छ ।

० तपाईहरु योजना स्थलमा जाँदा कामको गुणस्तर कस्तो पाउनु भयो ?

— धेरै राम्रो कामहरु भईरहेको छ । कामबारे गुनासो छैन 

० तपाईले हेर्नु भएको योजनाहरु मध्ये सब भन्दा राम्रो काम कहाँ देख्नु भयो ?

— हिमालीवासमा २४ लाख ५० हजार रुपैयाको लागतमा अदुवा खोलामा पुल बनेका छ न। खैरा टोलामा २४ लाख ५० हजारको लागतमा औरही खोलामा पुल बनेका छन । 

मौलापुर नगरपालिकाको मर्यादपुर देखि बारा जिल्लाको टेढाकटी सम्म ५ किलो मिटर बाटो बनाएको छु । हरेक वडा वडामा ढलान लगायतका धेरै राम्रा राम्रा विकासका काम भएका छन । 

० योजना संचालन गर्दा सुशासन, सदाचार र पारदर्शीतामा जोड दिनु नेपाल सरकारले भनेको छ । त्यसका लागि कुन विधि प्रकृया अपनाउनु भएको छ ? 

— यसका लागि नगर सभा गर्नु भन्दा पहिले देखिनै । वडा भेला गरेर वडा वडाबाट योजना छनौट गरेका छौं । नगरसभाबाट पारित योजनाका हकमा गाउँवस्तीमा भेला गरी उपभोक्ता समिति पारदर्शी रुपमा गठन गर्न लगाएको छु । विकासको काममा समुदायसंग साझेदारी गरी सबैलाई जानकारी गराई विकास निर्माणको काम अगाडी बबढाएका छौं । 

० जिल्लाको अधिकास नगरपालिकामा नगरपरिषद सम्पन्न भई सक्यो । तपाईको फतुहा विजयपुरमा कहिले हुने हो ? कि फेरी चैत्र मै गर्ने प्लान गर्दे हुनु हुन्छ ? 

— कार्यपालिका बैठक बसेर यही २०७६ आषार ३० गते नगरसभा गर्ने निर्णय गरी सकेका छौं ।

० नगर सभाबाट नगरमा गौरव गर्ने खालका कुन कुन योजना ल्याउने तयारी गर्नु भएकोछ ?

— वडा नम्बर एक देखि ६ सम्म मावि विद्यालय छैन । त्यसक ालागि सितलपुरमा मावि, क्याम्पस बनाउने योजना ल्याउन लागेका छौं । 

० नगरपालिकाको कामबाट जनता कतिको सन्तुष्ट छ ? 

— नगर सभा पछि ामी काममा जुटेको अवस्था छ । अरु नपा भन्दा फतुहा विजयपुर नपामा धेरै विकास भएका छन । जनता खुशी ने छन जस्तो मलाई लाग्दछ ।

० जनताबीच गरेका प्रतिबद्धता कतिको पुरा गर्न सक्नु भयो ?

— जनताबी भनेका धेरै काम गरी सके बाँकी कम गर्न तयार छु । सब भन्दा पहिले म माथि यहाँको जनताको आरोप थियो । नगर प्रमुख दक्षिण भेगका छन । नगरपालिका कार्यालय सारेर सितलपुर लै जान्छ । तर मैले विजयपुर बजारमा रहेको सहकारी संस्थाको १५ कठा जग्गामा                    नगरपालिका कार्यालय बनाउने निर्णय गरी सकेको छु । 

० जनतासंग के सहयोगको           अपेक्षा ?

— जताको हरेक खेत खेतमा सिंचाईको लागि विद्यतुको काम गराउँछु । २ सय ५० वटा मोटर ३ सय स्प्रे टंकी किसानलाई वितरण गर्न गईरहेको छु । 

० नगरपालिकाको काममा कर्मचारीबाट तपाईले कतिको सहयोग पाई रहनु भएको छ ? 

— नगरपालिकामा कर्मचारीको धेरै अभाव छ । ५६ वटा कर्मचारी चाहियो । तर आठ वटा कर्मचारीबाट काम चलिरहेको छ । कतिपटक संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयमा गई सचिव ज्यूलाई भेटेर कर्मचारी पूतिका लागि आग्रह गर्दा समेत पुरा नभएको अवस्था छ ।              मेरो कार्यकालको दुई वर्ष पुरा हुन लाग्यो । कर्मचारी थप्नु त परै जाओस भएको कर्मचारी सरुवा भएर गएका छन । नयाँ कर्मचारी आएको                   छैन ।

० यहाँ भएको कर्मचारीले सहयोग गरेको छ ? 

— सहयोग नभएको भए यति कामकाज कसरी हुन्थ्यो । थोरै कर्मचारी धेरै काम भ्याई नभ्याई अवस्था छ । 

० अन्तमा यो पत्रिका मार्फत के संदेश दिन चाहनु हुन्छ ? 

— हाम्रो कार्यकालमा नगरका जनताले जे अपेक्षा गरेका छन । त्यो पुरा गर्नका लागि पूर्ण रुपले प्रतिबद्धता जनाउन चाहन्छु । 

काम पुरा गर्ने हिसाबले लागेको जानकारी समेत दिन चाहन्छु । चुनावको बेला जनता बीच गरेका हरेक प्रतिबद्धता पुरा गर्न मैले लागि परेको छु । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



१५ कठा जग्गामा नगरपालिका कार्यालय बनाउने निर्णय गरी सकेको छु -नगर प्रमुख गोपाल राय यादव, फतुहा विजयपुर

तपाईले बहुत जटिल प्रश्न गर्नु भयो--नगर प्रमुख वीरेन्द्र प्रसाद यादव,माधव नारायण नगरपालिका

जनचाहना अनुसार योजना कार्यान्वयन गर्ने प्रतिबद्धता गर्दछौं ः नगर प्रमुख सन्तलाल चौधरी, गुजरा

संघीय सरकारको एकात्मक सोचका कारण प्रदेश २ सरकारको काम गति लिएको देखिदैन ः डा.डिम्पल झा

शिक्षामा जोड दिनुपर्छ----मेयर शेख वकिल

भारतको नयाँ सरकारले मधेस एजेन्डाप्रति स्नेह र सद्भाव राख्नुपर्छ--अनिलकुमार झा

मलाई पराजयको अलिकति पनि पिडा भएन--पिंकी यादव

प्रदेश सरकारबाट कार्यक्रम आएको छैन -- नगरप्रमुख सन्तोष कुमार मेहता,ईशनाथ नगरपालिका रौतहट

जनताको अपेक्षा धेरै छ, समस्याहरु धेरै छन्--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी
1 2 3 4 5 6 7 8 9 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485541 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top