Krantidwar - जनता प्रभु साहको कामले सन्तुष्ट छन् तर माधव कुमार नेपालको कामबाट असन्तुष्ट ः यूवा नेता डि.के.झा
अन्तरवार्ता

जनता प्रभु साहको कामले सन्तुष्ट छन् तर माधव कुमार नेपालको कामबाट असन्तुष्ट ः यूवा नेता डि.के.झा


अन्तरवार्ता 29 पटक पढिएको


जनता प्रभु साहको कामले सन्तुष्ट छन् तर  माधव कुमार नेपालको कामबाट असन्तुष्ट   ः यूवा नेता डि.के.झा


तपाई, गाउँ पालिकामा लडने   कुरा व्यापक चर्चा चलेको छ, वास्तविकता के हो ?

— राजनीतिमा लागेको व्यक्तिहरुको समयमा आकलन हुने गर्दछ । अहिलेको समस्यामा मेरो नाम त्यही शिलशिलामा आउनु स्वभाविक हो । हाम्रो समर्थक या पार्टीका कार्यकर्ताहरुले यो कुरा उठाएको होला । त्यति स्तरको कुरा हुनु मेरो लागि सकारात्मक हो । यसलाई मैले अन्यथा लिएको छैन । जहाँसम्म उम्मेदवार भई हाल्ने कुरा उम्मेदवारी दिने कुरा गर्ने हाम्रो लागि निर्णय लिने निकाय पार्टी हो । पार्टीको अधिकारीक निर्णय नभए सम्म आफू प्रमुखमा लडछु वा अनय पदमा लडछु भन्ने स्थितिमा म छैन । पार्टीको वफादार सिपाहीको रुपमा मैले आफूलाई ठानेको छु ।  मेरो हकमा पार्टीले जे निर्णय लिन्छ, मैले स्वीकार गर्नुपर्छ । त्यसैले अहिले म फलानो पदको उम्मेदवार भई हाले भन्ने स्थितिमा छैन । पार्टीले यसमा निर्णय नलिएसम्म भन्ने केही अवस्था हुँदैन ।

पार्टी लाग्यो कि यो गाउँपालिकाका लायक हुनु हुन्छ भने गाउँपालिकामा लडछु । यदी पार्टीले वडा लायक छ भन्यो भने वडामा वा अन्य लायक हुनु हुन्छ भने अन्यमा पार्टीले यही लडनुस निर्णय लियो भने चुनाव लडदैन पार्टीको जो उम्मेदवार हुन्छ वहाँलाई सहयोग गर्दछु ।

मेरो इच्छा छ र उमेर पनि कम भएकोले स्थानीय चुनावमा भाग लिनवचार छ । जनतालाई सेवा सुविधा घर समम पुरयाउने मेरो आफनो सोच छ । सोचको पुरा गराउने कुरा पार्टीको हातमा छ । पार्टीले जे निर्णय लिन्छ स्वकिार गर्न तयार छ । 

तपाई जनतामा गएर सेवा सुविधा घर सम्म पुरयाउने कुरा गर्नु भयो । तपाई जनतामा गएर काम समेत गरी रहनु भएको छ । तपाई प्रति जनताको रुझान कस्तो लाग्दछ ?

— यो बहुत जटिल प्रश्न गर्नु भयो, यो प्रश्नको जवाफ म भन्दा बढी स्थानीय जनतासंग हुने सबैबाट वास्तविक जवाफ आउदथ्यो । म प्रति कति को रुझान छ यसलाई तपाईहरु आफै पत्ता लगाउँदा वास्तविक फिगर आउँछ । जहाँ सम्म मेरो कुरा गर्दा म गाउँमा जाँदा त्यहाँ जो विपक्षी दलका या अन्य दल वा जो स्वतन्त्र हुनु हुन्छ । बुद्धिजीवि हुनु हुन्छ । वहाँहरुले मलाई सहयोग गर्ने बचन दिनु भएको छ । स्थानीय तहको जुन चुनाव भईरहेको छ । यस परिवेशमा कामको हिसाबले जनता आफ्नो प्रतिनिधिलाई चयन गर्ने छन् । जनताले काम गर्ने किसिमको प्रतिनिधिलाई अब चयन गर्दछ । यसमा निर्वाचन क्षेत्रबाट पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल निर्वाचत हुनु भएको छ । तर जनताले वहाँबाट जुन किसिमको विकासको अपेक्षा गरेको थियो । त्यो अनुभूती गर्न पाएन । संसदीय क्षेत्र विकास कोषको बजेटको अलावा क्षेत्रको जताले थप विकास बजेट वहाँको पहलबाट पाउन सकेको छैन । जसको कारण ठुलो व्याक्तिलाई चुनाव जिताएर के फाइदा हुन्छ भने प्रश्न उठन थालेका छन् । माघव नेपालको तुलनामा प्रभु साह जतिसुकै सानो स्तरको भएपनि त्यस क्षेत्रको जनता प्रभु साहको कामले सन्तुष्ट छन् । तर क्षेत्र नम्बर एकका जनता माधव कुमार नेपालको कामबाट सन्तुष्ट छ्रन । यही प्रभु साह संग जनता सन्तुष्ट नभएको भए देश भरमा नै माओवादी पराजय भोगी परि रहेको अवस्थामा प्रभु साहलाई त्यहाँको जनता ३ हजार बढी मत दिएर विजयी गराए । निशिचत रुपले जता विकास खोजी रहेका छन् । परिवर्तन खोजी रहेका छन् । जनता यस पालिको चुनावमा काम गर्नेलाई भोट दिने मनस्थिति बनाएको मलाई लागि रहेको छ। मैले ठाउँ ठाउँमा जाँदा के बुझि रहेको छु भने जतताले यूवाको चाहना गरेका छन् । काम गरेर देखाउने लाई मन पराउने छन् । जनता दागीको पक्षमा छैन । जनता इमान्दारको पक्षमा रहेका छन् । 

दुर्गा भगवती गाउँपालिकाको प्रमुख पदका लागि बढी जनताले मनपराएको व्यक्तिको रुपमा तपाईको नाम आउनु पछाडीको रहस्य के हो ?

— म पार्टीको नियम, निर्देशन र नेतृत्वलाई सममान गर्ने व्यक्ति हो । संगठनले गर्ने निर्णयलाई आत्मसाथ गरेर चल्ने गर्दछु । हाम्रो गाउँपालिकाको राजपुर तुलसी, सरुअठा पचरुखी, मत्सरी, यी सबै ठाउँमा पार्टी र म आफ्नो व्यक्तिगत पहलमा विकास निर्माणको काम गराई रहेको छु । जसको कारण जनताका लागि रहेको छ । माओवादी पार्टी विकास गर्ने पार्टी हो । यो व्यक्ति विकास प्रेमी हो । यी कुराहरु जनतामा पुगी सकेका छन् । जनताको दैनिक आईपर्ने काममा कुनै न कुनै रुपले मैले सहयोग पुरयाई रहेको छु । 

२४ सौं घण्टा जनता प्रति समर्पित भई सयोग गरी रहेको छु । जसको कारण जनतालाई लाग्न सक्छ । जस्तो व्यक्तिलाई हामीले गाउँपालिका प्रमुखमा ल्याउनु पर्छ । जनताको सुखदुःखमा साथ दिएका कारणले           मेरो नाम त्यहाँबाट आईरहेका छन् । पूर्व प्रधानमन्त्री एवं रौतहट एकका सांसद माधव कुमार नेपालको तर्फबाट १० लाख रुपैयाको काम क्षेत्रको गाउँ पिच्छे भईरहेका छन् । तर मत्सरीमा भईरहेको छ्रन । तर हाम्रो पहलमा मेरो प्रयासमा एउटा पचरुखीमा ५० लाखको गाविस भवन निर्माण भई रहेका छन् । स्वास्थ्य चौकी भवन ४० लाखमा निर्णय हुन गईरहेका छन् । पचरुखीमा खानेपानीको ओभरहेड टयांकी निर्माण हुन गईरहेका छन् । तयसमा पनि मेरो सहयोग रहेको छ । खानेपानी कार्यालय प्रमुख अनिल  केसरीको ठुलो सहयोग रहेको छ । सात करोडको लागतमा पनि टंयाकी निर्माण हुन गईरहेका छन् । 

हाम्रो पहलमा एउटा सानो पार्टीले प्रयास गर्दा पचरुखीमा १० करोड भन्दा बढीको काम हुन गईरहेका छन् । पूर्वप्रधानमन्त्री एवं रौतहट एकका सांसद माधव कुमार नेपालले चाहेको भए सबै गाउँमा १० करोडको काम हुने सम्भव थियो तर वहाँले सक्नु भएन । वहाँले कुन मानसिकताले              गराउनु भएन जताले बुझि सकेका छन् । 

हामीले काम गारई रहेको देख्दाँ जताले बुझी सकेका छन् । गर्नेलाई दिनु पर्छ । जसले गर्न सकछ । ठुलो नेताले काम गराउन सक्दैन । त्यसको असर गाउँपालिकाको चुनावमा पर्छ । 

जनता काम गराउनेलाई मतदान गर्ने पक्षमा रहेका छन् ।

पचरखीमा काम गराएको बताउनु भयो । गाउँपालिकाको अरु गाउँमा तपाईको पहलबाट के के काम भईरहेका छन् ? 

—सरुअठा र राजपुर तुलसीमा सामुदायिक भवन निर्माण भईरहेका छन् । वडहर्वा, भलोहिया, भेडियाहीमा सामुदायिक भवन बनाउका लागि प्रयासरत छौ्र्ं ।कुनै ठाउँमा वडा भवन, ट्रान्सफमर, पाल स्वास्थ्य चौकी, सडक, नाला लगायतका काम गराउन प्रयासरत छौं । मेरो गाउँपालिकाको पचरुखी मत्सरी गंगापिपरा लगायतका गाउँमा भईरहेका काम डिके झाको प्रयासबाट भईरहेका छन् भने कुरा जनताले बुझिसकेका छन् । 

मिथिला आर्ट सम्बन्धी दुई सय जनता महिलालाई तालिम भईरहेको छ । त्यसबाट घरमा पेन्टिगं गरी आम्दानी गर्ने कार्यक्रम रहेको छ । अरु गैर सरकारी संस्थाको काम भन्दा फरक किसिम काम पचरुखी, मत्सरी, भलोहियाको महिलाको लागि काम भईरहेका छन् । 

वडा कार्यालय सम्पूर्ण जनताको          सरोकारको विषय हो । हामी जनतालाई प्रत्यक्ष फाइदा हुने काम गरिरहेका छौं । 

तपाई गाउँपालिका प्रमुख भएपछि के के गर्नु हुन्छ ?

— गाउँपालिका भरी शिक्षा, स्वास्थ्य शुद्ध खानेपानी तथा सरसफाईको स्थितिमा सुधार ल्याउनुको साथै जनचाहना अनुसारको काम गर्दछु ।

अन्तमा मार्फत के सन्देश दिन चाहनु हुन्छ ?

— मैले अन्तमा यही आग्रह गर्न चाहन्छु की काम गरेर देखाउने लाई निर्वाचित गराउनु होस । काम गर्ने मान्छे निर्वाचित गराउनु भएन भने पश्चाप गर्न नपरोस भन्ने आदारनीय जनसमुदायलाई अनुरोध गर्दछु । 




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



जनताको अपेक्षा धेरै छ, समस्याहरु धेरै छन्--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी

विकासमा जनप्रतिनिधि एकजुट नभएको देख्दा दुःख लाग्दछ- नगर प्रमुख रामचन्द्र चौधरी

हामी संघीयता, लोकतन्त्र र गणतन्त्रलाई बचाउने अभियानमा छौं-आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव

सीके राउतको आत्म कथा

उहाँको सपना पूरा भएको छ, त्यसमै खुशी छु -काशीदेवी झा

नेकपा प्रवेशका लागि हामी आतुर छैनौं - हृदयेश त्रिपाठी संयोजक, स्वतन्त्र राजनीतिक समूह

नेपाल र भारतका भक्तजनहरुको आकर्षण जनकपुरप्रती बढी

सुशासन प्रबद्र्धन गर्दछौं--प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थी,गरुडा नगरपालिका रौतहट

प्रअ नै पहिला ‘मोडल’ बनौं ---मीना कोइराला
1 2 3 4 5 6 7 8 NEXT

क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

848115 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top