Krantidwar - शान्ति सद्भाव र विकास मेरो एजेण्डा ः शेख वकिल
अन्तरवार्ता

शान्ति सद्भाव र विकास मेरो एजेण्डा ः शेख वकिल


अन्तरवार्ता 1268 पटक पढिएको


शान्ति सद्भाव र विकास मेरो एजेण्डा ः शेख वकिल


गाउँपालिकाको अध्यक्ष पदका लागि तपाईको नाम नेपाली कांग्रेसको उम्मेदवार हुन लाग्दाँ कस्तो लागि रहेको छ?

— म राजनीतिमा जनताको सेवा गर्नका लागि आएको छु । लागातार २०।२२ वर्ष देखि सेवा गरिरहेको छु । शान्ति सद्भाव र विकास            मेरो एजेण्डा हो । म जनताको               हरेक सुख दुःखमा साथ छु । अरुको गाउँको तुलनामा मेरो गाउँको           हरेक किसिमले विकास भएको छ । मेरो परोहा गाउँ पालिका विरेन्द्र राजमार्ग देखि भारतको सिमाना संग जोडिएकोृ ६ वटा गाविस                    रहेका छन् । यसमा यति विकास होस की रौतहटमा मात्र होइन नेपालमा उदाहरणको रुपमा प्रस्तुत होस ।

परोहा गाउँपालिकामा के—के विकास गर्नुपर्ने जरुरी तपाईले देख्नु भएको छ ?

— जनु किसिमको विकास लौकाहामा विकास भएको छ । यस्तो विकास परोहा गाउँपालिकाको सबै गाउँमा जरुरी छ । मेरो बुवा सात पटकट लौकाहा गाविसको अध्यष हुनु भयो । वहाँले आफ्नो जीवनमा कहिल्यै पनि चुनाव हार्नु भएन । वहाँकै प्रेरणाले म पनि                       राजनीतिमा लागेको छु । मेरो उद्देश्य धेरै पैसा कमाएर ऐस, मौज गर्ने होइन । मैलु दुःख, सुख काटेर जनताको   हरेक सुख, दुःखमा साथ दिएको छु । बजेट नरहेको बेलामा आफ्नो स्तरबाट सानो तिनो काम हामीले                     गरीरहेका हुन्छौं । गाउँमा धार्मिक सद्भाव बनाएर राख्ने गर्दछु । 

म मुस्लिम इस्लाम धर्म मान्दछु । तर हिन्दु धर्मको सबै को सबै चाडपर्वलाई सफल बनाउन भूमिका निर्वाह गर्दछु । अरु गाउामा जातिय विवाद भएपनि मेरो गाउँमा हुँदैन । मेरो बुवाको पाला देखि लौकाहामा जनमाष्ठमीको अवसरमा धुमधामका साथ मेला लाग्दछ । मेरो अग्राणी भूमिका हुन्छ । 

परोहा गाउँपालिकामा अरु दलको तुलनामा नेपाली कांग्रेसको स्थिति कस्तो रहन्छ ?

— परोहा गाउँपालिकामा नेपाली कांग्रेस धेरै मजबुत छ ।                  त्यसकारणले धेरै जसो पार्टी उम्मेदवार घोषणा गर्न सकिरहेको छैन । सब तालमेलको चक्करमा लागेका छन् । मेरो गाउँ पालिकामा भवन लगायतका पूर्वधार तयार भएका छन् । 

जिगडवा, लौकाहा बीच लालवकैया नदीमा हाम्रो पहलमा ३३ करोडको लागतमा पक्की पुल निर्माण                भईरहेका छन् । सोही बाटो लौकाहा, बसन्तपट्टी, नरकटीया हुँदै बोर्डर सम्म जान्छ । 

अन्तमा के सन्देश दिन चाहनु हुन्छ ?

— गाउँपालिकाको सबै जनतालाई क्रान्तिद्धार दैनिक पत्रिका मार्फत अनुरोध गर्न चाहन्छु की एक पटक मलाई मौका दिनुहोस । मेरो विगतको काम र चत्रिर छ । त्यसलाई आम जनसमुदायले पत्ता लगाई मेरो पक्षमा निर्णय लिन अनुरोध गर्दछु । आम जनसमुदायलाई स्वतन्त्र, निष्पक्ष भएर मतदान गर्न अनुरोध गर्दछु । मलाई विश्वास छ । परोहा गाउँपालिकाको जनता मलाई धेरै भन्दा धेरै मत दिएर निर्वाचित             गराउँदछ  । म विजयी हुन्छु । मलाई पूर्ण विश्वास छ ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

537155 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top