Krantidwar - संघीय प्रेस फोरमद्वारा प्रेस काउन्सिल अध्यक्ष बराललाई शुभकामना
समाज

संघीय प्रेस फोरमद्वारा प्रेस काउन्सिल अध्यक्ष बराललाई शुभकामना


समाज 1282 पटक पढिएको


संघीय प्रेस फोरमद्वारा प्रेस काउन्सिल अध्यक्ष बराललाई शुभकामना

काठमाडौं, २० जेठ । संघीय प्रेस फोरमले प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी बराललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ ।

संघीय प्रेस फोरमका अध्यक्ष गोबिन्द छन्त्याल, महासचिव सरोज मिश्र (खिलाडी) सचिव विजय चाम्लिङ, सदस्य देबेन्द्र खापुङ लगायतको टोलीले शनिबार सञ्चारग्राम तिलगंगास्थित बरालको कार्यकक्षमै पुगेर उनलाई बधाइ तथा शुभकामना दिएका थिए ।

बरालसँग भेट भएको अवसरमा संघीय प्रेस फोरमका पदाधिकारीहरूले पछिल्लो समय प्रेस काउन्सिलले विभिन्न मिडियाहरूलाई समाचारको विषयलाई लिएर पत्र पठाएको विषयलाई गम्भीर बनिदिन आग्रह गरेका थिए ।

केही दिनअघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बोलेका कुरालाई एक पत्रिकाले ‘बुलेटको जवाफ व्यालेटले दिन्छौ र व्यालेटबाटै सत्ता कब्जा गर्छौ’ शीर्षकमा समाचार छापेपछि काउन्सिलले सो पत्रिकालाई आचारसंहिता उल्लंघन भएको भन्दै पत्र पठाएको थियो ।

सो अवसरमा अध्यक्ष छन्त्यालले सस्तो लोकप्रियता कमाउने नाममा काउन्सिलले जथाभावी ढंगले मिडियाहरूलाई पत्र काट्दै जाँदा काउन्सिलको विश्वसनीयता गुम्न सक्ने भन्दै ध्यानाकर्षण गराएका थिए ।

काउन्सिलका अध्यक्ष बरालले आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलितलगायत समुदायप्रति राज्यको व्यवहार र दृष्टिकोणमा सुधार गर्नका लागि आफूले सबैलाई विश्वासमा लिएर काम गर्न खोजेको बताएका थिए ।

प्रेस काउन्सिलले सुरक्षित प्रेस स्वतन्त्रताको क्षेत्रमा काम गर्ने भएकोले सबै पत्रकारहरूको पक्षमा काम गर्न काउन्सिल प्रतिबद्ध रहको र सोही अनुसार कार्य योजनाहरू बनिरहेको समेत बरालले बताए ।




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1072895 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top